उद्धार र राहत कार्यमा तत्काल जुट्न कांग्रेस सभापति थापाको अपिल – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

उद्धार र राहत कार्यमा तत्काल जुट्न कांग्रेस सभापति थापाको अपिल

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा आएको आकस्मिक बाढीका कारण स्थिति गम्भीर बनेको भन्दै भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

सभापति थापाले सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै बाढी प्रभावित तथा जोखिममा रहेका क्षेत्रमा सावधानी अपनाई सुरक्षित रहन आग्रह गरेका हुन्।

उनले विपद्को यस अवस्थामा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी सबै तहका सरकारसँग समन्वय गरेर उद्धार तथा राहतका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

विपद् व्यवस्थापनका लागि सरकारका तर्फबाट हुने प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

थापाले नेपाली कांग्रेसका सबै तहका समिति, विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका नेतृत्व तथा सदस्यहरूलाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा सार्न तथा उद्धार र राहत कार्यमा तत्काल जुट्न अपिल गरेका छन्।

रसुवामा आएको ठुलो बाढीका कारण जनजीवन प्रभावित बनेपछि जोखिमयुक्त नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई थप सतर्कता अपनाउन थापाले आग्रह गरेका हुन्।

सम्बन्धित समाचार

बाढीपीडितको उद्धार र राहतमा लागौं, आन्तरिक विवादमा अल्झिएर समय खेर नफालौं : उपसभापति शर्मा
बाढीपीडितको उद्धार र राहतमा लागौं, आन्तरिक विवादमा अल्झिएर समय खेर नफालौं : उपसभापति शर्मा
  • २०८३ भाद्र १०, १४: ४९

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भिडियो सन्देशमार्फत रसुवामा आएको बाढीले सिर्जित विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै अहिलेको पहिलो...

तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
  • २०८३ भाद्र १०, १४: ४९

काठमाडौं : तिब्बत क्षेत्रमा पुनः पानीको ड्याम फुटेको सूचना आएपछि नेपालका सुरक्षा निकायले तटीय बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह...

चन्द्रागिरिका मेयर गिरीले दक्षिण कोरियामा स्थानीय विकास मोडेलको बारेमा प्रशिक्षण दिँदै
चन्द्रागिरिका मेयर गिरीले दक्षिण कोरियामा स्थानीय विकास मोडेलको बारेमा प्रशिक्षण दिँदै
  • २०८३ भाद्र १०, १४: ४९

काठमाडौं : चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले दक्षिण कोरियामा आयोजित अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यक्रममा स्थानीय विकास मोडेलबारे प्रस्तुति दिएका छन् ।...