चुनदेवी कांग्रेसलाई लाग्यो झड्का- सर्वोच्च अदालतद्वारा फैसला सच्याउन अस्वीकार – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

चुनदेवी कांग्रेसलाई लाग्यो झड्का- सर्वोच्च अदालतद्वारा फैसला सच्याउन अस्वीकार

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाद्वारा दायर गरिएको फैसला/आदेश संशोधन सम्बन्धी निवेदनलाई अस्वीकार गरेको छ ।

अदालतको पूर्वआदेशमा प्रत्यर्थी (विपक्षी) खण्डमा उल्लेख भएको ‘गगन कुमार थापाको अध्यक्षतामा प्रचारित नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति’ भन्ने व्यहोरा त्रुटिपूर्ण रहेको र त्यसलाई सच्याउनुपर्ने भन्दै देउवाका तर्फबाट दिइएको निवेदनमा (रिट पेस गर्दा नै निवेदकले नै गल्ती लेखेको हुँदा) सर्वोच्चले संशोधन गर्न नमिल्ने निर्णय सुनाएको हो ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार उक्त आदेश जारी गर्दै निवेदक देउवाको माग बमोजिम आदेश सच्याउन कानूनी रूपमा नमिल्ने स्पष्ट पारेको छ । नेपाली कांग्रेसभित्रको आन्तरिक वि वाद र विशेष अधिवेशनलाई लिएर शेरबहादुर देउवाले निर्वाचन आयोग समेतलाई विपक्षी बनाई उत्प्रेषण मुद्दा दायर गरेका थिए ।

सोही रिट निवेदनमा सर्वोच्च अदालतले गत वैशाख १४ गते एक आदेश जारी गरेको थियो । उक्त आदेशको प्रत्यर्थी (विपक्षी) खण्डमा ‘नेपाली कांग्रेसको असंवैधानिक विशेष अधिवेशनबाट निर्वाचित भएको भनिएको गगन कुमार थापाको अध्यक्षता भनी नामाकरण गरी प्रचारित गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति’ भन्ने व्यहोरा उल्लेख भएको थियो ।

रिट निवेदक देउवाका तर्फबाट उक्त विवरणमाथि प्रश्न उठाउँदै आफूले विपक्षी नबनाएको व्यक्तिको नाम फैसला/आदेशमा उल्लेख हुन पुगेकाले उक्त त्रुटि सच्याई पाउन भनी सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको थियो ।

देउवाको निवेदनमाथि अध्ययन गर्दै संयुक्त इजलासले मुद्दाको मिसिल अध्ययन गरेको थियो । मिसिल हेर्दा निवेदकको हकमा रिट निवेदनमा उल्लेख भएबमोजिमकै नाम, थर, वतन र पद उल्लेख भएको अदालतले जनाएको छ ।

सम्बन्धित समाचार

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०८३ भाद्र १०, २०: २०

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ भाद्र १०, २०: २०

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
३२ हजारभन्दा बढी प्रत्यक्ष प्रभावित, ५५ किलोमिटर सडक र १०५ वटा पुलमा क्षति
  • २०८३ भाद्र १०, २०: २०

काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...