संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’ – Naya Bikalpa
September 19, 2026, Saturday      Epaper

संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

काठमाडौं : नेपाल टेलिकमले ‘संविधान दिवस २०८३’ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डाटा अफर ल्याएको छ । कम्पनीले संविधान दिवसको अवसरमा ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराउने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीका अनुसार रु ४९९ (करसहित) मा उपलब्ध ‘अनलिमिटेड लाइट ४९९’ प्याकेजअन्तर्गत ग्राहकले ३० दिनसम्म दैनिक पाँच जिबी डाटा प्रयोग गर्न सक्नेछन् । दैनिक पाँच जिबीको सीमा पूरा भएपछि पनि बाँकी समय दुई एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।

त्यसैगरी, बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि रु ६९९ (करसहित) मा ‘अनलिमिटेड प्रो ६९९’ प्याकेज उपलब्ध गराइएको छ । यस प्याकेजमा ३० दिनसम्म दैनिक १० जिबी डाटा प्रयोग गर्न सकिनेछ । दैनिक १० जिबीको सीमा पूरा भएपछि बाँकी समय तीन एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि भने रेन्टल शुल्कसमेत प्याकेजमै समावेश गरिएको कम्पनीले जनाएको छ । नेपाल टेलिकमका अनुसार संविधान दिवस अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन मात्र उपलब्ध हुने टेलिकमले जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : देशभर वडा अधिवेशन सुरु
कांग्रेसको १५औं महाधिवेशन : देशभर वडा अधिवेशन सुरु
  • २०८३ आश्विन २, १५: ४०

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार...

भोटेकोशी बाढीलाई छुट्टै नाम दिन वैज्ञानिक अध्ययन गरिँदै
भोटेकोशी बाढीलाई छुट्टै नाम दिन वैज्ञानिक अध्ययन गरिँदै
  • २०८३ आश्विन २, १५: ४०

काठमाडौं : सरकारले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीलाई सामान्य प्राकृतिक बाढीभन्दा फरक घटनाका रूपमा परिभाषित गर्दै...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ आश्विन २, १५: ४०

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...