
उदयपुर : नेपाली कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीले पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गरेको भनिएको भेलामा सहभागी नहुन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरेका छन्। शुक्रबार जारी विज्ञप्तिमार्फत उनले सामाजिक सञ्जालमार्फत प्रचार भइरहेको उक्त भेला नेपाली कांग्रेसको आधिकारिक कार्यक्रम नभएको स्पष्ट पारेका हुन्।
सभापति कार्कीले पार्टीको विधान, २०७५ (संशोधनसहित) तथा आधिकारिक निर्णय र निर्देशन विपरीत हुने कुनै पनि गतिविधि मान्य नहुने उल्लेख गरेका छन्। उनले यस्ता अनधिकृत भेलामा सहभागी नहुन तथा पार्टी अनुशासन कायम राख्न सबै सदस्यलाई आग्रह गरेका छन्।
त्यस्तै, पार्टीको निर्णयविपरीत उक्त भेलामा सहभागी भएको पाइएमा विधानअनुसार अनुशासनको प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएका छन्। उनले यस विषयमा सम्बन्धित सबैलाई जानकारी गराइसकिएको पनि जनाएका छन्।

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबारदेखि सुरु भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार...
काठमाडौं : सरकारले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीलाई सामान्य प्राकृतिक बाढीभन्दा फरक घटनाका रूपमा परिभाषित गर्दै...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...