मिश्रप्रति मिलन पाण्डेको आरोपः उहाँ पार्टी फुटाउनतर्फ लाग्नुभयो – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

मिश्रप्रति मिलन पाण्डेको आरोपः उहाँ पार्टी फुटाउनतर्फ लाग्नुभयो

नयाँ विकल्प,

काठमाडौं- विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र पार्टी विभाजनको गतिविधिमा लागेको आरोप लगाएका छन्।

एकताको महाधिवेशन अघिसम्म अध्यक्ष र संयोजक दुवैको सहमतिमा बैठक बोलाउनु पर्ने विधानमा व्यवस्था भए पनि मिश्रले एकलरूपमा बैठक बोलाएर पार्टी विभाजनको बाटो लिएको आरोप पाण्डेको छ।

‘दुवै पार्टी एकीकरणका लागि बनाइएको विधानको धारा २० मा महाधिवेशनसम्म अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने उल्लेख छ,’ पाण्डेले भने, ‘तर संयोजकको सहमति बिना नै उहाँले एकलरूपमा बैठक बोलाउनु भयो, जुन अधिकार उहाँलाई छँदै थिएन।’

उनका अनुसार एकीकरणको मर्म, उद्देश्य तथा विधानविपरीत बैठक आह्वान गरेर पार्टीलाई विभाजन गराउने काम मिश्रले सुरुवात गरेका छन्।

पाण्डेले विधानको व्याख्या गर्ने अधिकार अध्यक्षलाई नभई संयोजकलाई दिएको पनि दावी गरेका छन्। उनका अनुसार मिश्रले पार्टीको उद्देश्यमाथि पनि कुठराघात गरेका छन्।

गत २५ मंसिरमा तत्कालीन साझा र विवेकशीलबाट ६५र६५ जना केन्द्रीय समिति सदस्य रहने गरी एकीकृत भएका थिए। तर, एकीकरण भएको एक वर्ष नपुग्दै मिश्र र पाण्डे दुवै पक्षले अलग(अलगरूपमा १७ भदौका लागि केन्द्रीय समिति बैठक आह्वान गरेका छन्।

सम्बन्धित समाचार

चन्द्रागिरिका मेयर गिरीले दक्षिण कोरियामा स्थानीय विकास मोडेलको बारेमा प्रशिक्षण दिँदै
चन्द्रागिरिका मेयर गिरीले दक्षिण कोरियामा स्थानीय विकास मोडेलको बारेमा प्रशिक्षण दिँदै
  • २०७८ भाद्र १६, ०९: ३६

काठमाडौं : चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले दक्षिण कोरियामा आयोजित अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यक्रममा स्थानीय विकास मोडेलबारे प्रस्तुति दिएका छन् ।...

भोटेकोशी बाढी : ४६९ जनाको शव फेला, १५४५ को उद्धार
भोटेकोशी बाढी : ४६९ जनाको शव फेला, १५४५ को उद्धार
  • २०७८ भाद्र १६, ०९: ३६

काठमाडौं : रसुवा बाढीमा परी आज बिहानसम्म मृत्यु हुनेको संख्या ४६९ पुगेको छ । नेपाल प्रहरीका अनुसार हालसम्म रसुवामा १२, नुवाकोटमा...

आज जनैपूर्णिमा पर्व मनाइँदै
आज जनैपूर्णिमा पर्व मनाइँदै
  • २०७८ भाद्र १६, ०९: ३६

काठमाडौं : आज जनैपूर्णिमा पर्व मनाइँदैछ। जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर...