
१. कोभिड–१९ महा व्याधिको महामारीमा सबैभन्दा लथालिङ्ग भएको क्षेत्र भनेको स्वास्थ्य र शिक्षा नै हो । मानिसहरुको आवत जावतमा बाधा पुगेपछि रोजगारीमा पनि नकारात्मक असर परेको देखियो । यसको असर अझै कहिलेसम्म हुने हो भन्ने अनुमानसमेत लगाउन सकिएको छैन ।
२. नेपालमा पनि कोरोना महामारीले विकराल रुप लिन थालेको पाइयो । कुनै पनि प्रकारले संक्रमितसंगको सम्पर्क नदेखिएका, कुनै नयाँ ठाउँबाट नआएका र कुनै त्यस्तो बाहिरबाट आउनेसंग सम्पर्कसमेत नभएकाहरुलाई कोरोना भाइरसले गाँज्न थालेको छ । त्यसको व्यापक र प्रत्यक्ष असर परेको क्षेत्र भनेको शैक्षिक क्षेत्र हो ।
लाखौँ विद्यार्थीहरु घरमा बस्न बाध्य छन् । शिक्षकहरु घरमा बसेर भने पनि वैकल्पिक शिक्षाको व्यवस्था गरिरहेका छन् । तर हाम्रो देशको भौगोलिक तथा आर्थिक अवस्थाले पनि सबै विद्यार्थीहरुमा विद्युतीय साधनहरुमा पहुँच पुग्न सकेको छैन ।
अनि प्रत्यक्ष रुपमा देखादेख गरेर पढ्ने पढाउने बानी परेको विद्यालय तह, क्याम्पस तह अनि विश्व विद्यालय तहमा त्यसको परिणाम कस्तो आउने हो, यो भयको समयमा खासै मूल्याङ्कन गर्न मुस्किल पनि छ ।
३.अचम्भ लाग्ने कुरा त के हो भने विद्यालय तहमा पनि दूर शिक्षाको प्रचलन , अनौपचारिक शिक्षाको चलन पहिलेदेखि नै हो । झन अहिले त खुला विश्व विद्यालयसमेतको स्थापना भएको छ । तर किन वैकल्पिक तरिकाले शिक्षा दिने कुरामा समस्या परेको हो ?
४. हामीसंग एक दर्जनभन्दा बढी विश्व विद्यालय र सोही स्तरका संस्थाहरु स्थापित छन् । शिक्षाले दिने भनेको नै कसरी बाँच्ने र बचाउने भन्ने ज्ञान हो जसलाई हामीले विभिन्न नाउँमा तह या कक्षा वा विषयको नाममा पठन पाठन गराइ रहेका हुन्छौँ । आखिर मानवीय आवश्यकता पूरा गर्नका लागि मानवलाई तयार गर्नु हो ।
मानवलाई मानवतासहितको असल प्राणी बनाएर समाजमा पठाउने हो । एकीकृत रुपमा नै मान्छेका आवश्यकता पूरा गर्नु हो । मान्छे भनेको एकातिर एक्लो पनि हो, अर्कोतिर सामाजिक हो । उसका व्यक्तिगत आवश्यकता पूरा गर्दा सामाजिक आवश्यकता पनि पूरा हुनुपर्छ अनिमात्र मानिस सामाजिक प्राणी भएको अर्थ रहन्छ ।
शिक्षाले त्यही कुरालाई सानैदेखि मानव मस्तिष्कमा प्रभाव पार्नेगरी सिकाएको हुन्छ , समाजले के चाहन्छ, के ठिक हो, के बेठिक हो ।
५. यसका लागि प्रयास गर्ने पनि मानिसले हो, कसलाई के जरुरी छ र के के गर्नुपर्छ भनेर मानिसले अनुसन्धान गर्ने पनि मानिसले नै हो । यसरी अनुसन्धान गरेका विधिले मान्छेका आवश्यकता पूरा गर्न सकिन्छ । नभए फेरि अनुसन्धान गरिन्छ र अरु आवश्यकता र पूरा गर्ने तरिकाको आविष्कार गरिन्छ ।
६. तर पनि अहिले नेपालमा कोरोना कहरसंगै वैकल्पिक रुपमा विद्यालय र क्याम्पसका कक्षाहरु भइरहेका छन् । कति प्रभावकारीरुपमा सञ्चालित छन् कति चलेकै मात्र छन् । यसो हुनुमा हामी वैकल्पिक तरिकाले पठन पाठन गर्ने कुनै तयारीमा नहुँदै कोरोनाको बन्दाबन्दी सुरु भयो ।
विश्वव्यापीरुपमा अन्यौल हुँदै जुमका माध्यमबाट, माइक्रोसफ्टको टिमका माध्यमबाट वा मेसेन्जसबाट समेत कक्षा भएका छन् । रेडियो र टेलिभिजनबाट, इमेलबाट जानकारी दिने लिने काम पनि भएकै छन् । यदि यो अवस्था अझै लम्बिने भएमा कसरी आगामी दिनमा पठन पाठन सहज र प्रभावकारी बनाउने भन्ने चुनौती छँदैछ ।
७. म काठमाडौँ शिक्षा क्याम्पसमा, सतुङ्गगलमा अध्यापनरत छु । यो क्याम्पसको स्थापनाकालमा पनि म सक्रिय रहेँ । मूलतः यो क्याम्पस शिक्षाको औपचारिक कक्षाका लागि र अनुसन्धानका लागि हो ।
अहिले शिक्षाबाहेक अरु विषयहरु पनि पढाइ हुन्छन् र पनि पढाइलाई कसरी निरन्तरता दिने भन्ने कुरामा हाम्रो ध्यान गएकै हो र विगत ६ महिनादेखि नै हामी जुममाध्यमबाट कक्षा लिइरहेका छौँ । जुनबेलामा त्रिभुवन विश्व विद्यालयले यसवारेमा चासो व्यक्त ग¥यो, त्यो बेलासम्ममा हाम्रो क्याम्पसले कक्षालाई निरन्तरता दिइरहेको थियो ।
८. अहिले आएर त्रिभुवन विश्व विद्यालयले अनौपचारिक माध्यमबाट हुने पठन पाठनलाई औपचारिक मान्यता दिएको छ र भावी परीक्षासमेत यसैगरी लिन सक्ने अवस्था सृजना भएको छ ।
९. हाम्रो क्याम्पस सामुदायिक क्याम्पस हो । हामीले स्थापना गरे पनि त्यो क्याम्पसलाई समुदायमा हस्तान्तरण गरेका थियौँ । अहिले हाम्रो क्याम्पस बडो मुस्किल समयबाट गुज्रँदै छ किनभने एकातिर विद्यार्थीहरुको प्रत्यक्ष भेटघाट नहुने अनि अर्कोतिर कक्षालाई जसरी पनि निरन्तरता दिनैपर्ने बाध्यता । बाध्यता भनेको हाम्रो नैतिक बन्धनको कुरा थियो ।
यसैक्रममा हाललाई स्नातकोत्तर तहमा पढाउनु हुने शिक्षक साथीहरुलाई ढिलै भए पनि वैकल्पिक माध्यमको कक्षा सञ्चालनार्थ अत्याधुनिक तरिकाले तयार गरिएको अनि अनुसन्धानका लागि समेत प्रयोग गर्न मिल्नेगरी ल्यापटप वितरण गर्न सक्यौँ ।
१०. सायद सामुदायिक क्याम्पसहरुमध्ये तत्कालै यो वैकल्पिकरुपमा कक्षा सञ्चालनका लागि परेको समस्याको समाधान गर्न ल्यापटपको वितरण गरिएको पहिलो नै हुनुपर्छ । यसका लागि विश्व विद्यालय अनुदान आयोगको ४० प्रतिशत, शिक्षकको तर्फबाट ४० प्रतिशत र क्याम्पसका तर्फबाट २०प्रतिशत लगानी गरिएको छ ।
११.सो कामका लागि असोज १७ गते एक समारोहमा हाललाई १८जनालाई वितरण गरियो । करिब १लाख मूल्यको एच पी ब्रान्डको ल्यापटप वितरण गर्दै काठमाडौँ जिल्ला क्षेत्र नंबर १०का सांसद तथा पूर्व युव तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले सामुदायिक क्याम्पसमा यसरी शिक्षकहरुको वृत्ति विकास र कक्षा सञ्चालनार्थ सामग्री बाँडिएको यो पहिलो घटना हुनुपर्छ यो महामारीका बिचमा भन्दै आगामी दिनमा यस क्याम्पसका लागि भौतिक तथा शैक्षिक विकासका लागि आफूले पनि सांसद विकास कोषबाट र व्यक्तिगतरुपमा समेत सहयोग निरन्तर गरिरहने बताउनु भयो ।
स्मरणीय छ, काठमाडौँ शिक्षा क्याम्पसको भौतिक सुविधा वृद्धि गर्न केसीले भर्खरैमात्र रु १०लाखको सहयोग गर्नु भएको थियो ।
१२.सोही अवसरमा पोखरा विश्व विद्यालयमा उप कुलपतिको रुपमा नियुक्त पाउनु भएका त्यसै क्याम्पसका संस्थापक तथा संस्थापक क्याम्पस प्रमुख प्राध्यापक डाक्टर प्रेमनारायण अर्याललाई वधाइ ज्ञापन गरिएको थियो ।
१३. ल्याप टप वितरण र वधाइ ज्ञापन समारोहको प्रमुख अतिथि माननीय सांसद राजेन्द्र केसी हुनुहुन्थ्यो भने सो कार्यक्रमको अध्यक्षता क्याम्पसक सञ्चालक समितिका अध्यक्ष प्राध्यापक डाक्टर माधव भट्टराईले गर्नु भएको थियो ।
१४. सबैलाई स्वागत गर्दै आफूले यसप्रकारको वृत्ति विकासका लागि विश्व विद्यालय अनुदान आयोगसंग गरेको अनुरोधलाई स्वीकार गरी शिक्षक साथीहरुलाई ढिलै भए पनि सहयोग जुटाउन सकेकोमा क्याम्पस हर्षित रहेको कुरा क्याम्पस प्रमुख शत्रुघ्नप्रसाद गुप्ताले बताउनु भएको थियो ।
१५. र अन्त्यमा, यसप्रकारले शिक्षक साथीहरुलाई प्रेरणा दिन र आवश्यक भौतिक साधनको उपलब्धता गराउन सक्दा पक्कै नै अहिलेको वैकल्पिक शिक्षाका लागि निरन्तरता हुन सक्ने र यसमा सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुलाई प्राविधिक सहयोग गर्न सके यसले समाजमा सकारात्मक असर पु¥याउने कुरामा विश्वास गर्न सकिन्छ ।
जसरी काठमाडौँ शिक्षा क्याम्पस शिक्षा विषयको पहिलो क्याम्पस हो, त्यसैगरी वैकल्पिकरुपमा औपचारिक कक्षाहरु सञ्चालन गर्ने पनि पहिलो क्याम्पसका रुपमा देखापरेको थियो ।
शिक्षक साथीहरुलाई अरु प्राविधिक तथा शैक्षिक सहयोग दिन सके सबै क्याम्पसका शिक्षकहरुको स्थिति मजबुत हुने र सामुदायिक संस्थाहरुले दिइरहेको योगदानमा अरु थप मद्दत हुन सक्ने कुरामा पर्यवेक्षकहरु विश्वस्त छन् ।
१. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...
१. भदौ १०को महाविपत्ति चाहे त्यो हिमालको भयानक हिमाली चट्टान तल ल्हेन्दे नदीमा बज्रेर होस् या भूकम्पीय झड्काले हिमनदी...
काठमाडौं । नेपालको राष्टिय राजनीतिमा नेपाली कांग्रेसको पहिचान एउटा राजनीतिक दलका रूपमा मात्र सीमित नभएर मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण...