बिर्तामाड । बिर्तामोडबाट ‘बिर्तामोड सन्देश’ त्रैमासिक बुलेटिनको प्रकाशन शुरु भएको छ । बिर्तामोडको सेरोफेरो र उद्योग व्यवसायसँग सम्बन्धित विषय समेट्ने गरी बिर्तामोड उद्योग वाणिज्य संघले उक्त बुलेटिनको प्रकाशन शुरु गरेको छ ।
बिर्तामोड नगरपालिकाका मेयर धुवकुमार शिवाकोटी, बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतले उक्त बुलेटिनको सामुहिक रुपमा विमोचन समेत गरे ।
उद्योग व्यवसायको प्रबद्र्धनमा टेवा पु¥याउन र संघका गतिविधि हरेक उद्योगी व्यवसायीमाझ सम्प्रेषण गर्न बुलेटिन प्रकाशन गरिएको अध्यक्ष भट्टराईले बताए । बुलेटिन प्रकाशनका लागि संघले सञ्जीव घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएर काम शुरु गरेको छ ।
जसको सदस्यहरुमा खगेन्द्र खरेल, उर्मिला विमली खरेल, राजकुमार साह र कुशल खतिवडा समेत रहेका छन् ।
बिर्तामोड सन्देश बुलेटिनको सम्पादकमा एकराज गिरी, फोटो पत्रकार विनोद पाण्डे ‘कमल’, डिजाइनमा सन्तोष अधिकारी तथा प्रतिनिधिहरुमा राजु गौतम र सुनिल विश्वकर्मा रहेका छन् । रंगीन क्लेबरमा रहेको बिर्तामोड सन्देशको पहिलो अंक ४० पृष्ठको रहेको छ । बिर्तामोडको सेरोफेरो तथा उद्योग व्यवसायसँग सम्बन्धित विविध लेख, रचना उपलब्ध गराउन घिमिरेले आग्रह समेत गरेका छन् ।
काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत काठमाडौं चाबहिल सिटी क्लवका संस्थापक अध्यक्ष एवंम २०२६/०२७ का DG Elect लायन अजय...
ललितपुर । नेपाली कांग्रेस ललितपुरले यही १ गतेवाट ललितपुरमा पार्टी संगठन सुद्धीकरण तथा संगठन विस्तारको लागि जरा अभियान अन्तर्गत जिल्ला,...