४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता – Naya Bikalpa
February 15, 2026, Sunday      Epaper

४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा ४० अर्ब २८ करोडबराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।

उद्योग विभागकाअनुसार चालु आ.व.को साउनदेखि माघसम्म ५ सय २४ परियोजनामा ४० अर्ब २८ करोड ३३ लाख रुपयाँको लगानी प्रतिबद्धता आएको हो । सबैभन्दा धेरै साना उद्योगमा लगानी प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ ।

सात महिनामा सबैभन्दा धेरै कृषिका १४ परियोजनामा २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।  पर्यटन क्षेत्रका १ सय ५० परियोजनामा १० अर्ब ८६ करोड २० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने उत्पादनमूलक ३५ परियोजनामा दुई अर्ब ४० करोड ६६ लाख ४४ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

त्यस्तै सेवामूलक ३४ वटा परियोजनामा तीन अर्ब ५४ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने सूचना प्रविधिमूलक २ सय ८८ परियोजनामा एक अर्ब २५ करोड ९४ लाख ३६ हजार रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।

उद्योग विभागका अनुसार २ वटा खनिजजन्य परियोजनामा ११ करोड ५० लाख र एउटा ऊर्जामूलक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

माघसम्मको अवधिमा अटोमेटिक रुटबाट ३ अर्ब २५ करोड र एप्रुभल रुटबाट ३७ अर्ब ३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो अघिल्लो आ.व. सोही अवधिको तुलनामा साढे १३ अर्ब रुपैयाँले धेरै हो । गत आव माघसम्म २६ अर्ब ८४ करोड १७ लाख बराबर त्यस्तो लगानी स्वीकृत भएको थियो ।

विभागकाअनुसार माघसम्म वैदेशिक लगानीका कुल ५ सय २५ उद्योग दर्ता भएको छ ।

सम्बन्धित समाचार

अबको चुनाव देश जलाउने कि बनाउनेहरूको बीचको चुनाव हो- ओली
अबको चुनाव देश जलाउने कि बनाउनेहरूको बीचको चुनाव हो- ओली
  • २०८२ फाल्गुन ३, ११: ४५

झापा ।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको...

जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति थापा
जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति थापा
  • २०८२ फाल्गुन ३, ११: ४५

सर्लाही : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन् । सर्लाही...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • २०८२ फाल्गुन ३, ११: ४५

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेलमा तीन रुपैयाले वृद्धि भएको नेपाल आयल...