देशैभरका जसपाका नेता \कार्यकर्ता कांग्रेसमा प्रवेश गर्दै – Naya Bikalpa
February 15, 2026, Sunday      Epaper

देशैभरका जसपाका नेता \कार्यकर्ता कांग्रेसमा प्रवेश गर्दै

काठमाडौं : आज नेपाली काङ्गेस पार्टि कार्यालयमा जसपा नेपालका नेता तथा कार्यकर्ता काङ्गेस प्रवेश गर्दै उनीहरुले देसैभरका नेता तथा कार्यकर्ता काङ्गेस भित्र प्रवेस गर्न लागेको वताएका छन । केहिदिन अगाडि मात्र उक्त पार्टिका केन्द्रय महामन्त्री नै काङ्गेस प्रवेस गरेका थिए ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले पछिल्लो समय कांग्रेसप्रति जनविश्वास उल्लेख्य रूपमा बढ्दै गएको बताएका छन् । नागरिकले चाहेको जस्तो परिवर्तन भएको कांग्रेसप्रति जनताले सकारात्मक प्रतिक्रिया दिइरहेको उनको भनाइ छ ।

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई कांग्रेसमा स्वागत गर्दै उपसभापति शर्माले देशभरको राजनीतिक माहोल कांग्रेसको पक्षमा उन्मुख बन्दै गएको दाबी गरे । आगामी प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा कांग्रेसप्रतिको लहर झनै उत्साहपूर्ण बनेको उनले बताए ।

उनका अनुसार हालकै अवस्थालाई हेर्दा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने स्थितिमा पुगेको छ । “यही गतिमा जनमत बढिरह्यो भने आगामी एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्छ,” उनले ठोकुवा गरे ।

शर्माले नागरिकले खोजेको नयाँपन कांग्रेसमा देखिएको उल्लेख गर्दै भने, “नागरिकले नयाँ खोज्नुभएको हो भने जेन–जी मुभमेन्टपछि नयाँ भएको कांग्रेस हो । परिवर्तन खोज्नुभएको हो भने परिवर्तन हुँदै आएको कांग्रेस हो ।”

दैनिकजसो विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूको संख्या बढिरहेको उल्लेख गर्दै उनले कांग्रेस अघिल्लो समयभन्दा थप बलियो बनेको बताए । कांग्रेस आफैँ बदलिएर समाज र देश बदल्न अग्रसर भएको उनको भनाइ छ ।

“कसैले आफूलाई बदल्न नसकी देश बदल्छु भन्छ भने त्यसलाई पनि सुनौँला,” शर्माले भने, “तर जो आफूलाई बदल्न सक्छ, उसैले देश बदल्न सक्छ भन्ने मान्यताअनुसार कांग्रेस अहिले जनताको विश्वास जित्ने दिशामा अघि बढेको छ ।”

चितवनबाट सुरु भएको संगठन सुदृढीकरणको यात्रा पश्चिमका जिल्लाहरू हुँदै काठमाडौं फर्किएको जानकारी दिँदै शर्माले हल्लाका भरमा नभई जरा मजबुत बनाउने काममा नेता–कार्यकर्ता एकताबद्ध भएर लागेको बताए ।

यसैबीच, कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा जसपा नेपालका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । उनीहरूले देशभरका नेता–कार्यकर्ता क्रमशः कांग्रेसमा समाहित हुने क्रम बढिरहेको बताएका छन् । केही दिनअघि मात्र जसपा नेपालका केन्द्रीय महामन्त्री पनि कांग्रेस प्रवेश गरिसकेको जनाइएको छ ।

पार्टीले बुधबार जनकपुरधामबाट आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारीसमेत गरेको छ ।

सम्बन्धित समाचार

अबको चुनाव देश जलाउने कि बनाउनेहरूको बीचको चुनाव हो- ओली
अबको चुनाव देश जलाउने कि बनाउनेहरूको बीचको चुनाव हो- ओली
  • २०८२ फाल्गुन ३, १६: १०

झापा ।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको...

जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति थापा
जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति थापा
  • २०८२ फाल्गुन ३, १६: १०

सर्लाही : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन् । सर्लाही...

नुवाकोटलाई समृद्ध बनाउन जगदीश्वरले गरे यस्तो प्रतिबद्धता
नुवाकोटलाई समृद्ध बनाउन जगदीश्वरले गरे यस्तो प्रतिबद्धता
  • २०८२ फाल्गुन ३, १६: १०

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांगे्स पार्टीको तर्फबाट नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको उम्मेदवारको...