जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति थापा – Naya Bikalpa
February 15, 2026, Sunday      Epaper

जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य हो : सभापति थापा

सर्लाही : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन् ।

सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका सभापति थापाले आगामी पाँच वर्षमा जन भावना अनुसार सरकारले काम गर्नुपर्ने चुनौती रहेको बताए ।

उनले भने, “अब सिंहदरबार पनि जल्नु हुँदैन, गोली पनि चल्नु हुँदैन । हामीले कर्तव्यबोध गरेर काम गर्नुपर्छ । सुशासन कायम गर्नुपर्छ । जनता कुशासनले आजित भएका छन्, हामीले सुधार गर्नुपर्ने धेरै कुरा छन् । युवालाई रोजगारी चाहिएको छ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विषयमा काम गर्नुपर्ने छ । त्यसैले देश सम्हाल्न राष्ट्रिय दलले कर्तव्य बोध गरेर काम गर्नुपर्ने हुन्छ ।”

सभापति थापाले देशमा जोशसँगै होसका साथ र उत्साहसँगै अनुभवका साथ आगामी दिनमा काम गर्नुपर्ने दायित्व रहेको बताए । जनतालाई परिणाम दिनुपर्ने समय आएको उल्लेख गर्दै उनले अब आनाकानी गर्ने छुट नभएको बताए । सबै दललाई साथमा लिएर स्थायित्व हुने काम गर्नुपर्ने सभापति थापाको भनाइ थियो ।

कांग्रेसले नतिजा दिने गरी काम गर्ने सभापति थापाले बताए । सर्लाही–४ का मतदातासँग भेटघाट गर्दै उनले प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार

अबको चुनाव देश जलाउने कि बनाउनेहरूको बीचको चुनाव हो- ओली
अबको चुनाव देश जलाउने कि बनाउनेहरूको बीचको चुनाव हो- ओली
  • २०८२ फाल्गुन ३, २०: २३

झापा ।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको...

नुवाकोटलाई समृद्ध बनाउन जगदीश्वरले गरे यस्तो प्रतिबद्धता
नुवाकोटलाई समृद्ध बनाउन जगदीश्वरले गरे यस्तो प्रतिबद्धता
  • २०८२ फाल्गुन ३, २०: २३

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांगे्स पार्टीको तर्फबाट नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको उम्मेदवारको...

राजनीतिक दललाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन (पूर्णपाठ)
राजनीतिक दललाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन (पूर्णपाठ)
  • २०८२ फाल्गुन ३, २०: २३

काठमाडौं : निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उम्मेदवारहरूका लागि ६४ बुँदे निर्देशन...