मतपत्र छपाइ सकियो – Naya Bikalpa
February 17, 2026, Tuesday      Epaper

मतपत्र छपाइ सकियो

भक्तपुर : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिए । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उनले बताए ।

प्रबन्ध निर्देशक पौडेलले भने, “प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइकार्य सोमबार साँझबाट सम्पन्न गरेका छौं । ४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौं । अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याउँछौं ।”

केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।

प्रबन्ध निर्देशक पौडेलले कर्णाली र सुदुरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुर्‍याउने गरी काम भइरहेको जानकारी दिए ।

सम्बन्धित समाचार

विश्वकपमा १२ वर्षपछि नेपालको जित
विश्वकपमा १२ वर्षपछि नेपालको जित
  • २०८२ फाल्गुन ५, १२: २७

काठमाडौं : आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि जित दर्ता गरेको छ। मंगलबार भएको समूह सी को...

पैदलयात्रु कुट्ने कार चालक पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
  • २०८२ फाल्गुन ५, १२: २७

काठमाडौं : कार चालकले पैदलयात्रु कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै सो कार चालक  पक्राउ परेका छन् । आज बिहानैदेखि...

प्रतिनिधिसभा निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था
प्रतिनिधिसभा निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था
  • २०८२ फाल्गुन ५, १२: २७

काठमाडौं : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको...