पैदलयात्रु कुट्ने कार चालक पक्राउ – Naya Bikalpa
February 17, 2026, Tuesday      Epaper

पैदलयात्रु कुट्ने कार चालक पक्राउ

काठमाडौं : कार चालकले पैदलयात्रु कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै सो कार चालक  पक्राउ परेका छन् ।

आज बिहानैदेखि भाइरल भएको उक्त भिडियोबारे सर्वत्र आलोचना भएपछि प्रहरीले खोजी गरी पक्राउ गरेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यसरी कुटपिट गर्ने व्यक्ति वैतडी घर भई हाल बालुवाटार बस्ने ४२ वर्षीय पारस बम रहेको र उनलाई नियन्त्रणमा लिएको बताए ।

पक्राउ परेका व्यक्ति पेसाले इञ्जिनियर रहेको खुलेको र उनलाई थप कारबाहीका लागि केहीबेर अघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाइएको उनले जानकारी दिए । उनले काठमाडौंको चक्रपथ क्षेत्रमा गाडी रोकिएका बेला कारबाट ओर्लिएर सडकमा हिँडिरहेका एक व्यक्तिलाई कुटेको भिडियोमा देखिएको छ ।

सम्बन्धित समाचार

विश्वकपमा १२ वर्षपछि नेपालको जित
विश्वकपमा १२ वर्षपछि नेपालको जित
  • २०८२ फाल्गुन ५, १९: ३५

काठमाडौं : आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि जित दर्ता गरेको छ। मंगलबार भएको समूह सी को...

प्रतिनिधिसभा निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था
प्रतिनिधिसभा निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था
  • २०८२ फाल्गुन ५, १९: ३५

काठमाडौं : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको...

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
  • २०८२ फाल्गुन ५, १९: ३५

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई...