सुनको मूल्य घट्यो, चाँदीको बढ्यो – Naya Bikalpa
February 17, 2026, Tuesday      Epaper

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं : आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मूल्य भने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु ९०० ले घटेको छ भने चाँदी रु २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८८५ निर्धारण भएको छ ।

हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८६० निर्धारण भएको छ । साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन रु तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी रु चार हजार ९८५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

विश्वकपमा १२ वर्षपछि नेपालको जित
विश्वकपमा १२ वर्षपछि नेपालको जित
  • २०८२ फाल्गुन ५, १२: ३६

काठमाडौं : आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि जित दर्ता गरेको छ। मंगलबार भएको समूह सी को...

पैदलयात्रु कुट्ने कार चालक पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
  • २०८२ फाल्गुन ५, १२: ३६

काठमाडौं : कार चालकले पैदलयात्रु कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै सो कार चालक  पक्राउ परेका छन् । आज बिहानैदेखि...

प्रतिनिधिसभा निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था
प्रतिनिधिसभा निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था
  • २०८२ फाल्गुन ५, १२: ३६

काठमाडौं : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको...