प्रतिनिधिसभा निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था – Naya Bikalpa
February 17, 2026, Tuesday      Epaper

प्रतिनिधिसभा निर्वाचन : ९० हजार मतपेटिकाको व्यवस्था

काठमाडौं : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौं र ललितपुरका मतदान केन्द्रका लागि आवश्यक मतपेटिका आयोगको केन्द्रीय कार्यालयमै राखिएको छ । दुवै जिल्लाका निर्वाचन कार्यालयमा राख्ने ठाउँ नभएकाले केन्द्रीय कार्यालयमै राखिएको थियो । चितवनमा भने भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा मतपेटिका जलाइएकाले आयोगको केन्द्रीय कार्यालयबाट दुई हजार ५०० थान मतपेटिका पठाइएको प्रशासन शाखा प्रमुख एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।

भक्तपुरमा जिल्ला निर्वाचन कार्यालयले मतपेटिका राखेकाले त्यसैबाट मतदान केन्द्रसम्म पठाउने व्यवस्था गरिएको छ । अन्य ७४ जिल्लामा पनि २०७९ सालमै पठाइएको मतपेटिकाको मौज्दातबाट पठाइने गरी व्यवस्था गरिएको उनले बताए । यसपटकको निर्वाचनका लागि ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

विश्वकपमा १२ वर्षपछि नेपालको जित
विश्वकपमा १२ वर्षपछि नेपालको जित
  • २०८२ फाल्गुन ५, १९: ३१

काठमाडौं : आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि जित दर्ता गरेको छ। मंगलबार भएको समूह सी को...

पैदलयात्रु कुट्ने कार चालक पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
  • २०८२ फाल्गुन ५, १९: ३१

काठमाडौं : कार चालकले पैदलयात्रु कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै सो कार चालक  पक्राउ परेका छन् । आज बिहानैदेखि...

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
  • २०८२ फाल्गुन ५, १९: ३१

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई...