होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने ट्रम्पको दाबी, इरानले भन्यो– ‘भ्रम’ – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने ट्रम्पको दाबी, इरानले भन्यो– ‘भ्रम’

xr:d:DAFiBz15YzM:43,j:46831984904,t:23051006

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुजलाई ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने बताएका छन् । दक्षिण क्यारोलिनाको मर्टल बीचमा आयोजित एक ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले होर्मुज क्षेत्रमा अमेरिकाले ‘पूर्ण नियन्त्रण’ कायम गरेको दाबीसमेत गरे ।

सम्बोधनका क्रममा ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न चाहिरहेको दाबी गर्दै उसलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न नदिने बताएका छन् । उनले इरानले परमाणु हतियार विकास गरे त्यसको परिणाम निकै गम्भीर हुने चेतावनी दिए ।

यसअघि संयुक्त आधार एन्ड्र्युजमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिकी नाकाबन्दीका कारण होर्मुज क्षेत्रमा पूर्ण नियन्त्रण रहेको दाबी गरेका थिए । उनले स्ट्रेट अफ होर्मुजलाई अमेरिकी क्षेत्र घोषणा गर्ने विचारप्रति समर्थन जनाएका थिए ।

तर, ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेको छ । इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले ट्रम्पको भनाइलाई ‘भ्रम’ को संज्ञा दिँदै परिस्थितिले वा इरानले नै त्यसलाई सच्याउने चेतावनी दिएका छन् ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले पनि ट्रम्पको अभिव्यक्तिको आलोचना गरेका छन् । अमेरिकाले होर्मुज खोल्न नसक्ने अवस्था र त्यसको स्वामित्व दाबी गर्ने कुराबीच ‘७ हजार माइलभन्दा ठूलो दूरी’ रहेको उनको टिप्पणी छ ।

विश्वको ठूलो परिमाणमा तेल तथा ग्यास आपूर्ति हुने प्रमुख जलमार्ग स्ट्रेट अफ होर्मुजलाई लिएर पछिल्लो समय अमेरिका र इरानबीच तनाव बढ्दै गएको छ । ट्रम्पले हालै इरानविरुद्ध ‘इतिहासकै सबैभन्दा कठोर अभियान’ सञ्चालन गरेको दाबी गर्दै तेहरानलाई आर्थिक वा सरकारी सहयोग गर्ने मुलुकले समेत कडा आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

यसैबीच, इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले अमेरिकाले १४ बुँदे समझदारीअनुसार नाकाबन्दी हटाउने, रोकिएका इरानी सम्पत्ति फुकुवा गर्ने तथा तेल प्रतिबन्ध खुकुलो बनाउने प्रतिबद्धता पूरा नगरेसम्म स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा नखोलिने बताएका छन् ।

सम्बन्धित समाचार

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
  • २०८३ भाद्र ६, ०९: ५६

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा गरेपछि सोमबार तेलको मूल्यमा गिरावट आएको छ । एसियाली बजारमा...

अमेरिकाले नेपाली पुरातात्त्विक तथा सांस्कृतिक सामग्री आयातमा कडाइ गर्दै
अमेरिकाले नेपाली पुरातात्त्विक तथा सांस्कृतिक सामग्री आयातमा कडाइ गर्दै
  • २०८३ भाद्र ६, ०९: ५६

काठमाडौं ।  अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले नेपालबाट पुरातात्त्विक तथा सांस्कृतिक सामग्री आयातमा कडा प्रतिबन्ध लगाउने अन्तिम नियम जारी...

वेस्ट बैंकमा १ हजार २३४ नयाँ बस्तीका घर निर्माणको तयारी, पश्चिमा देशद्वारा विरोध
वेस्ट बैंकमा १ हजार २३४ नयाँ बस्तीका घर निर्माणको तयारी, पश्चिमा देशद्वारा विरोध
  • २०८३ भाद्र ६, ०९: ५६

काठमाडौँ ।  इजरायलले कब्जामा रहेको वेस्ट बैंकको रणनीतिक रूपमा महत्वपूर्ण ‘ई–१’ क्षेत्रमा नयाँ बस्ती विस्तारका लागि १ हजार २३४ घर...