श्रमिक मैत्रीः एनआरएनको महत्वपूर्ण काम – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

श्रमिक मैत्रीः एनआरएनको महत्वपूर्ण काम

विमल सुवेदी– कतार दोहा

गैर आवासिय नेपाली संघभित्र करिब चालिस लाख नेपाली आबद्ध रहेको देखिन्छ । बैदेशिक रोजगारीको सिलसिलामा सार्क राष्ट्र बाहेक अन्य देशमा रोजगारी र ब्यवसायमा दुई बर्षभन्दा बढी बस्ने नेपालीहरु स्वःतह रुपमा एनआरएन हुन सक्छन् । यो संस्थाको स्थापना भएको १६ बर्ष भई सकेको छ ।

प्रबासमा रहने हरेक नेपालीलाई एउटै मालामा आबद्ध गर्दै देशको आर्थिक विकासका लागि सामूहिक र संस्थागत लगानी भित्र्याउने पवित्र उद्देश्यले एनआरएनएको अवधारणा आएको हो । प्रवासमा नेपाली पहिचान नेपाली भाषा संकृतिलाई जगेर्ना गराउनदेखी दोहोरो नागरिकता जस्ता गम्भिर विषयको उठान गर्न पनि एक शसक्त संस्थाको आवश्यकता थियो । त्यसका लागि प्रवासमा रहेका नेपालीहरुको साझा संस्थाको रुपमा गैर आवासिय नेपाली संघको स्थापना गरिएको हो ।

प्रवासमा रहदा बस्दा नेपालीहरुको विभिन्न किसिमका जातजाति, धर्म संस्कृति, रितीरिवाज, आ–आफ्नै तरिकाबाट बचाइ राख्न नसक्ने अवस्था स्वभाविकै थियो । त्यसलाई कमी हुन नदिन हाम्रा छिमेकी मुलुकहरुले गैर आवासियहरुको सस्थाबाट लाभ लिई रहेको अवस्थामा संस्थागत अवधारणा महसुस गरी स्थापना भएको कुरामा दुइमत छैन । गैर आवासिय नेपाली संघको सञ्जाल आज विश्वका ७८ राष्ट्रहरुमा फैलिएको छ । नेपाल सरकारले दुताबास नभएको मुलुकमा सद्भावना दुतको रुपमा मान्यता दिएको छ ।

दुताबास रहेको मुलुकमा पनि नेपाल सरकारले गैर आवासिय नेपालीहरुको रोहबरमा श्रम डेस्क राखेको छ । यस्ता कार्यले गैर आवासिय नेपाली संघको गरिमा बढ्दै गएको छ । त्यसैले आफ्नो मुलुकमा कुनैपनि दैवी प्रकोपहरु पर्दा सक्दो सहयोग आउन सकेको छ । एनआरएनएको १६ बर्षे ईतिहासमा ४ जना अध्यक्षहरुले काम गरीसक्नु भएको छ । त्यसैले उहाँहरुले यो संस्थाको गरिमा बढाउन फरक फरक तरिकाले संस्थालाई अगाढी बढाउनु भएकोले संस्था लोकप्रिय र जीवन्त रहदै आएको छ ।

गैर आवासिय नेपाली संघको आठौ विश्वसम्मेलनमा विश्वभरि छरिएर रहेका नेपाली दाजुभाइहरु करिब दुइहजार प्रतिनिधिको उपस्थितीमा महाअधिबेशन गरी लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिएको सर्वबिदितै छ । बर्तमान नेतृत्वसँग पनि विगतको नेतृत्वको झै संस्थाभित्र आत्मियता सद्भाब सम्मानजनक व्यबहार, एनआरएनसँग आबद्ध साथीहरुले चाहनु राख्नु स्वभाविकै हो । चाहे केन्द्रिय प्रतिनिधिको रुपमा काठमाडांै पुगेका हुन वा नहुन विविध कारणले नेपालीहरु जहाँ गए पनि, जहाँ रहेपनि यो शक्ति नेपाल र नेपालीका लागि भन्ने सोचका साथ स्थापना भएको संस्थाले ४० लाख भन्दा बढी प्रवासीको पिरमर्कालाई सम्बोधन गर्न हिच्किचाउनु हुँदैन । गैरआवसीय नेपाली संस्थाभित्र हुनेखानेदेखी, गरीखाने नेपालीहरु सबै संलग्न रहेका छन् ।

खाडी लगायत मलेसिया र एसियाका देशहरु जहाँ ग्रीन कार्ड र पि.आर लागु हुँदैन, त्यहाँ अधिकांस श्रमिकहरु कार्यरत छन् । यदी एनआरएनएबाट यो समुहका मान्छेहरुलाई झिकी दिने हो भने संस्थाभित्र अटाउन सक्ने एक दुई लाख मान्छे बाहेक कोही रहने छैनन् । तर त्यसो हुँदा एनआरएनएलाई संस्थागत रुपमा कम्मोर बनाउँछ ।

श्रमिक मैत्री एनआरएनएको अर्को महत्वपूर्ण काम हो । प्रबासमा रहेका श्रमिकहरुको हकहितको पक्षमा उभिनु । एनआरएनले आँफैभित्र मुंल्याकन गर्ने बिषय रहेको छ कती प्रबासी श्रमिकको हितमा काम गरिरहेको छ भनेर । यस गैरआवासिय नेपाली संघले प्रबासी नेपाली श्रमिकलाई हेर्ने भनेर छुट्टै टाक्सफोर्स पनि नबनाएको हैन हरेक अधिबेशनपछी आउने कमिटिले टाक्सफोर्स बनाउने तर काम के भयो भएन भनेर मुंल्याकन नगरिदा यस्ता टाक्सफोर्सहरु सुतेर बसेको कारण दुःख पाउने श्रमिकले दुःख पाएकोपाई हुने हुँदा संस्थाको गरिमामा आँच आउन सक्छ ।

वर्तमान अवस्थामा लामो समयको राजनैतिक खिँचातानी पछि देशमा राजनैतिक स्थायित्व प्राप्त भएको आवास मिलेको छ । तर आर्थिक सम्वृद्धिको बाटोमा लान सकेको खण्डमा मात्र विश्वभरी छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरी देशमा लगानी थप गर्न सकिन्छ । त्यसैले गैरआवसीय संस्था कटिबद्ध भएर लाग्नुपर्ने आजको आवश्यकता हो । आर्थिक विकासको ऐतिहासिक अवसरमा गैरआवासीय नेपालीहरु पनि एक हिस्सा भएको हुँदा हाम्रो ध्यान यसतर्फ जान जरुरी छ । त्यसैले नेतृत्व वर्गले अबका दिनमा देशमा आर्थिक सम्बृद्धिका लागि उत्साहका साथ आर्थिक अभियानलाई तीव्रता दिनुपर्दछ ।

विश्वमा सूचना तथा सञ्चारको क्षेत्रमा आएको परिवर्तनले एनआरएनलाई विश्वमानचित्रमा आफ्नो पहिचान, संस्कृति, नेपाली मन नेपाली पनको अनुभूति गराउनु आजको मुख्य चुनौती हो । यस्ता पहिचान र सस्कार एवं सस्कृति जोगाउने काममा पनि एनआरएनले महत्वपुर्ण फड्को मार्नुपर्ने छ । एनआरएनले विनासकारी भूकम्पका बेला देशका लागि देखाएको सद्भाव सहयोग र त्यसैको निरन्तरता स्वरुप शुरु भएको पुननिर्माणले नेपालको विकासमा साझेदारीको भुमिका खेल्न सक्छ भन्ने प्रमाणित बिगतमा गराइ सकेको छ । वर्तमान समितिले यो भन्दा अगाडी बढेर देश विकासको अभियानमा लाग्न सक्नुपर्दछ ।

बैदेशिक लगानी बिना कुनै पनि देशको आर्थिक विकास सम्भब नदेखिएकोले बैदेशिक लगानी भित्र्याउने पूर्बाधार निर्माणको सारथी बन्न सक्नुपर्दछ एनआरएनए । देसको आर्थिक सम्मृद्धि जस्तो महत्वपुर्ण कामलाई हामीले गम्भिर ध्यान दिएर अग्रसरता लिनुपर्ने हुँदा दीर्घकालिन सोच र दुदर्शि र अभियन्ताहरुलाई उचित सम्मान र मुंल्याकन साथ खोजी खोजी अगाढी बढाउन सक्नुपर्दछ ।

चन्द्र छुने लक्ष्य लिनुपर्ने समयमा नराम्रा खेल किन खेलिन्छ ? विश्वभरी रहेका नेपाली मजदुरप्रति आवाज उठाउन संस्थाले आफ्नै मजदुर कर्मचारी माथि अन्याय किन गर्दछ ? आज सस्थाको कुरो अदालत पुगिसकेको छ बिभिन्न कार्यहरुप्रती औंला उठाउने अवस्था किन आएको छ ? किन सस्थाको सस्थागत संरचना खल्बल्याइदै छ ? नेतृत्व बर्गले आगरे अलान्कार बुझेर हजारौ हात साथसाथ अभियानलाई दौडाउन किन सकिरहेका छैनौ ? सबैले सोचौ, सबैले मनन गरौ, नेतृत्वमा रहने साथीहरुले संस्थागत गरिमा, बिधी, पद्दतिलाई फलो गर्दै अग्रज एनआरएन सबैलाई स–सम्मान साथ गरिमामा संस्थाभित्र काम गर्ने बातावरण र अवसरको सिर्जना गरौ । नयाँनयाँ साथीहरुलाई माया दिन सकौ । स्नेही हातहरु अगाढी बढाई इज्जत गर्न सिकौं । यसैमा हामी सबैको भलाई छ । जय एनआरएन !

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७४ फाल्गुन २१, ०९: ०९

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७४ फाल्गुन २१, ०९: ०९

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७४ फाल्गुन २१, ०९: ०९

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...