सबै क्षेत्रलाई साथ लिएर अघि बढे अर्थतन्त्रमा सुधार – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

सबै क्षेत्रलाई साथ लिएर अघि बढे अर्थतन्त्रमा सुधार

विमल सुवेदी– कतार दोहा

देश भर्खरै मात्र संघीय नेपालको संरचनामा बामे सर्न लागेको छ । बिशेष गरी तीन तहको निर्वाचन पछि स्थानीय, प्रादेशिक र केन्द्रिय सरकार गठन भई सकेको छ । अब देशको एक मात्र आर्जुन दृष्टि, देशको आर्थिक बिकास हुनुपर्दछ । यसमा कसैको दुई मत हुनु हुँदैन । सरकार आर्थिक बिकासको अंक गणना गरेर बसेको छ देशको आर्थिक बिकास पक्कै चिप्लो भाषामा ब्यक्त गर्नु जस्तो सजिलो अवश्य हुँदैन ।

सरकार अहिले दुई अंक को आर्थिक बिकास गर्छु भनेर भनी रहेको छ । तर बोल्दैमा आर्थिक बिकास हुने हो ? देशको सम्वृद्धिको लागि जति महत्वपुर्ण आर्थिक प्रगती हुनु जरुरी छ त्यतिकै महत्वपूर्ण आर्थिक बिकासको लागि आर्थिक अनुशासनको आवश्यकता पर्दछ । केन्द्रदेखि स्थानिय तहसम्म आर्थिक क्षमता अभिवृद्धि हुने गरी प्रभाबकारी सामान्य गर्दै आर्थिक अनुशासन कायम गर्न सक्यौं भने मात्र यो सम्भब छ । बिना आर्थिक अनुशासन हामीले आर्थिक बिकास गर्छु भन्नु डोकोमा दुध दुहेर भरिन्छ भने जस्तै हो ।

मुलत कम्युनिष्ट सरकार भनेर चिनिने बर्तमान सरकामा अर्थमन्त्री देशको मौद्रिक नीति अर्थ नीति बुझेका अनुभबी ब्यक्तित्व भएका गरेको भनेर सबै तिर प्रसंशा भइरहेको छ । समालोचना को मसी सुक्न नपाउँदै उहाँकै अभिब्यक्तिका कारण बजारमा तहल्का पनि मच्चिएको छ । बिशेषत एकाधिकार बजारको वकालत गर्ने कम्युनिष्ट अर्थनीति मान्ने सरकार भएकोले लगानी कर्ताहरु पर्खेर हेर्ने वा सशंकित हुनु स्वाभाबिकै हो । युरोप, अमेरिका, कोरिया, जापान लगायतका देशले खुला अर्थनीतिको माध्यमबाट आर्थिक समृद्धि हासिल गरिसकेको र त्यहाँको आर्थिक बिकासको रहस्यहरु मध्य बैकिङ प्रणालीको बिकास महत्वपूर्ण छ किनकी आर्थिक साधनहरुको परिचालन र उपभोग हरुमा बैंकहरुको महत्वपूर्ण भूमिका हुन्छ ।

विश्वबजारमा सेयर मार्केटलाई देशको आर्थिक सुचकको महत्वपूर्ण कडिको रुपमा लिइन्छ र सेयर मार्केटमा सानो हलचल हुँदा सरकारलाई निकै ठुलो चुनौती देखिन्छ । तर अर्थमन्त्रीले पद लिए लगत्तै अर्थतन्त्रलाई गतिदिन आर्थिक अनुशासन कायम गर्न आर्थिक सुधार कार्यक्रम ल्याउन सरकारी योजना सार्वजनिक गर्नुपर्नेमा ब्यक्तिगत प्रचारात्मक शैलीमा सेयर मार्केट र घरजग्गा कारोबारका सम्बन्धमा उत्पादक र अनुत्पादक क्षेत्र भन्ने अभिव्यक्ति दिए । जसरी देशकै अर्थतन्त्रमा टेवा पु¥याउने क्षेत्र सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेर आयो यसले लगानी कर्तालाई विश्वासमा लिने भन्दा चिडाउने काम गरेको छ । उता बर्तमान अवस्थामा देशमा राम्रो स्कोपमा बैंक फाइनान्स र बितिय संस्थाहरु छन र यिनै बितिय संस्था विश्वास नेपालको सेयर बजार अघि बढेको छ ।

राष्ट्र निर्माण र आर्थिक बिकास एक बर्ग वा समुहको प्रयासबाट मात्र सम्भब हुने कुरा होइन सरकार, निजी क्षेत्र, गैर सरकारी संस्था, जनसहभागीता लगायतका क्षेत्रका समग्र सीप र क्षमतालाई परिचालित गर्न सक्नु पर्दछ । अर्थमन्त्रीबाट धितो पत्र बजार र घरजग्गा कारोबारको बिषयलाई लिएर भएको टिप्पणीले नेपाली अर्थतन्त्रमा चासो राख्ने र लगानी कर्ताहरु जोकोहिमा नकारात्मक असर पर्नु स्वाभाबिकै हो । प्रत्यक्ष असर पूँजी बजारमा देखिसकेको छ । देशको आर्थिक बिकासमा अरुको मोडल हेर्नु भन्दा आफूसँग भएको श्रोत साधनको उचित परिचालन गरेर आफ्नै मोडल बनाएर अघि बढ्नुनै नै बुद्धिमानी हुन्छ ।

१९८८ को देङ स्याओ पिङ को चीनको आर्थिक योजना र प्रधानमन्त्री हुँदा के गरे त्यो दोस्रो पाटो हो । तर १९९० मा भारतको अर्थमन्त्री भएपछि मनमोहन सिंहले भारतमा बनाएको अर्थनीतिलाई लिन सकिन्छ । तसर्थ अर्थमन्त्रीमा योग्यता भन्दा नेपालको अर्थतन्त्रलाई राम्रोसँग बुजेको व्यक्ति हुनुपर्दछ । हाम्रो अर्थतन्त्रको बिकास तब सम्भब हुन्छ जब कृषि अर्थतन्त्रलाई राम्रोसँग बुझेर कृषिमा आधुनिकीकरण गर्न सकिन्छ ।
बर्तमान सरकारले पहिले आँफैले लगानी कर्तालाई र अर्थबिद्हरुको विश्वास जित्नु पर्ने आवश्यकता छ । साथै २०४८ साल देखिको आर्थिक उदारिकरणको नीतिमा समय अनुसार पारीमार्जन गर्दै लैजानुपर्दछ ।

आर्थिक बिकासको चरणमा प्रवेस गर्दै गर्दा युवालाई बिदेश पठाउने कार्य रोक्न सक्ने अबसर को र्सिजना गराउन सक्ने गरी आर्थिक बिकासको योजना सरकारले ल्याउन सक्नुपर्दछ । तसर्थ सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्ने गरी बिशेष नीति र क्षेत्रहरुलाई प्राथमिकता को साथ अगाडि बढाउन जरुरी छ । नीतिगत रुपमा भष्टाचार नियन्त्रण शान्ति सुरक्षाको प्रत्याभुती, दण्ड हिनताको अन्त्य निष्पक्ष प्रशासन, मानव बिकास र सामाजिक सुरक्षामा ध्यान दिएर कृषि, उर्जा, पर्यटनलाई बिशेष प्राथमिकतामा राख्दै औद्योगिक बस्तु उत्पादनमा जोड दिन सक्नुपर्दछ । कम्तिमा परम्परागत सोच र शैली बाट बाहिर निस्किएर आर्थिक योजना तर्जुमा अर्थमन्त्रीले गर्न सक्नुपर्दछ ।

स्वभाबिक हो आर्थिक बृद्धि कुनै एउटा मुलुकको लक्ष्य वा क्षमताबाट मात्र सुनिश्चित हुँदैन यसलाई प्रभाब पार्ने विविध आन्तरिक बाह्र्य फ्याक्टरहरु हुन्छन् । आर्थिक बृद्धिको लक्ष्य हासिल गर्न सक्नु वा नसक्नुमा सरकारको अक्षमता भन्न मिल्दैन किनकी बिगतको सरकारले शान्ती प्रकृयालाई तार्किक निस्कर्षमा पुर्याएर आर्थिक क्रान्तिको ढोकामा देशलाई पुर्याएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरेको छ । यो समयमा पूँजीगत खर्च भन्दा नि संबैधानिक अड्चनलाई कार्यान्वयन गर्ने जिम्मेवारी बढी थियो र र त्यो पुरा पनि भएको छ ।

अन्त्यमा, अर्थमन्त्रीले अर्थतन्त्रको बागडोर आँफैले सम्मालेर अगाडि बढ्नु पर्दछ, बजेट कार्यान्वयनको क्षमता बुझेर, मुद्रास्फीर्ती निश्चित सीमामा राखेर, आर्थिक योजनाको लक्ष्य बृद्धिदर कायम गर्न सक्नुपर्दछ । अर्थतन्त्रबारे गम्भिर हुने र सरोकारका संस्थाहरु राष्ट्र बैंक, बीमा क्षेत्र, पूँजी बजार क्षेत्र, र निजी क्षेत्र हुन् । यि निकायलाई विश्वासमा लिएर उपलब्ध साधन श्रोतको उचित सदुपयोग गर्ने दिशामा अर्थमन्त्री अगाडि बढ्न सके देशको आर्थिक बिकास अबको २० बर्षभित्र सम्भब छ । अर्थमन्त्रीको कार्यकाल सफल होस उहाँको नेतृत्वमा देशले आर्थिक बिकासकाको ढोका उघार्न सफल हुनुहोस् भन्ने शुभकामना छ ।

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७४ फाल्गुन २८, ०९: १२

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७४ फाल्गुन २८, ०९: १२

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७४ फाल्गुन २८, ०९: १२

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...