दामोदरप्रसाद दवाडी, जुबा (साउथ सुडान)
जुवा, साउथ सुडान । अन्त
र्राष्ट्रिय जगतमा इमान्दार र बहादुर सेनाको उपाधी पाएको नेपाली सेना करिब १७५० जनाको हाराहारीमा साउथ सुडानको राजधानी जुवा, रुम्बेक र अवेलमा संयुक्त राष्ट्रसंघको शान्ति सेना अन्तर्गत यूएन मिसनमा सुडानी जनताको सुरक्षामा खटिरहेको छ । उच्च जोखिमको सामना गर्न नेपाली सेना सक्षम छ भन्ने कुरा साउथ सुडानको फोर्स रिजर्भ बटालियनले देखाई दिएको छ ।
साउथ सुडानमा तापक्रम निकै बढी रहेको र हिलसाईडमा चिसो हुने गर्दछ भने लामो दुरीको सडकको दु्र अवस्थामा पनि नेपाली सेनाले जनतालाई सेवा प्रदान गर्दै आईरहेको छ । जसअनुसार राजधानी जुवा विमानस्थलबाट १९ कि.मी दूरीमा रहेको यूएनको टम्पीङ्ग क्याम्पमा १५० जना नेपाली सेना २४ घण्टा तयारी अवस्थामा परिचालित भईरहेको छ ।
यो १५० जनाको फौजलाई संयुक्त राष्ट्रसंघले राम्रो काम गरे वापत दिएको एक किसिमको पुरस्कार जस्तै हो । किनकी ८०० जना जुवामा र ७०० को हाराहारीमा रुम्बेकमा शान्ति स्थापनाका लागि नेपाली सेना परीचालित भएता पनि यो टोली भने विषेश खालका भएका कारण यसको कामको प्रकृति पनि अलि फरक देखिन्छ । यो फौज आवश्यकता अनुसार साउथ सुडानभरी नै परीचालित हुन्छ र जुनसुकै हाई रिस्कको काम पनि यसले सम्पन्न गरेर फर्कन्छ । यो मिसन साउथ सुडान (अनमिस) को रिजनल प्रेटिक्सन फोर्स डिप्लोम्याट (आरपिएफ) अन्तरगत सञ्चालित छ । उच्च स्तरको तालिका प्राप्त यो फौजले दुरुपी वेस्टमा छुटै नयाँ क्याम्प खडा गरेर काम गर्ने तयारीमा रहेको फौजका गुल्मपति एवंम् प्रमुख सेनानी युवधिरमान सिंह अधिकारी बताउँछन् ।
साउथ सुडानमा संयुक्त राष्ट्रसंघको मिसन अन्तर्गत साउथ सुडानको हेडक्वार्टरले नेपाली सेनाको विश्वास र इमान्दारीताको कदर गर्दै छ महिनामै प्रशंसा पत्र प्रदान गरेको छ भने यो फोर्स अर्थात् “हाई रेडिनेस कम्पनी खडा गरेर थप हौसला प्रदान गरेको छ । संयुक्त राष्ट्रसंघ साउथ सुडानको बुझाईमा चुनौती पूर्ण काम र रिस्की काम गर्न नेपाली सेना अग्रसर हुन्छ र काम सम्पन्न गरेर देखाउन सक्छ भन्ने विश्वास छ ।
राजधानी जुवादेखि वरपरका शहरहरुमा जुनसुकै बेला सरकारी र विद्रोही सेना पक्षबीच काट्मार भईरहेको हुन्छ ।
सरकारी पक्षका सेना “एसपिएलए” अर्थात् सुडान पिपुल्स लिवरेसन आर्मी र विद्रोही सेना “एसपिएल आई” अर्थात् सुडान पिपुल्स आर्मी आईबीचको झगडाले कहिले काँही उग्र रुप लिँदा निकै तनाव हुने हुँदा फायरिङ्ग लगायतका कार्य गर्न अनुमति लिनुपर्छ । “एसपिएलए” अर्थात सुडान पिपुल्स लिवरेसन आर्मीसँग । साउथ सुडानको कुनै पनि भागमा हातहतियार सहित जाँदा एसपिएलएसँग अनुमति लिनुपर्ने र कुनै एक हाईवे सडकमा एसपिएलयको एउटा सेनाले यूएन मिसनको पूरा समूहलाई बाटो रोकेर फर्काउने र धम्काउने गर्ने गरेको बताउँछन् नेपाली सेनाका अधिकृतहरु । प्रमुख सेनानी युवधिरमान सिंह अधिकारीका अनुसार यस्तो चुनौतीपूर्ण अवस्थामा पनि नेपाली सेना नै अगाडी लागेको हुन्छ यूएन मिसन साउथ सुडानमा ।
यो कम्पनीको मुख्य काम चुनौती पूर्ण लगायत नागरिकका रक्षा, मानव अधिकार उल्लंघनको घटनाको अनुगमन लगायत मानविय सेवा गर्दै आईरहेको नेपाली सेना संयुक्त राष्ट्रसंघ यूएन मिसन अन्तर्गत साउथ सुडानमा महत्वपूर्ण अंग बनेको छ । समग्रमा भन्ने हो भने गौरवमय इतिहास बोकेको नेपाली सेनाभित्र, कडा अनुशासन र “चेन अफ कमाण्डको” “रुल एण्ड रेगुलेशन” लाई अक्षरस पालना गर्दै आएको एक मात्र संस्था नेपाली जनताको मात्र भरोसाको केन्द्र बिन्दु नभै विश्वको जुनसुकै मुलुकमा शान्ति स्थापनामा नेपाली सेनाको उल्लेखनीय भूमिका रहँदै आएको छ । त्यसैले वर्षेनि ५००० को हाराहारीमा विश्वका विभिन्न देशहरुमा संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सेना मिसनमा भाग लिँदै आएको छ । शान्ति सेनाको मिसनमा जाने जो कोही सेनाको सकल दर्जामा जो कोही व्यक्तिले पनि रोलक्रम अनुसार सेवा अवधिभर कम्तिम एक पटक अवसर पाउने गर्दछन् ।
१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...
१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...
१. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...