बिमल सुवेदी
प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमण सपन्न गरी स्वदेश फर्किनुभएको छ । देशका प्रधानमन्त्री भारत गएर फर्कदा धेरै ठुलो कुरो भएको जस्तो गरेर जानुभन्दा अगाडि देखिनै मिडिया प्रधानमन्त्री के.पी ओली शर्मा सेलेब्रेटी झै छाहिरहनु भयो । भ्रमण पश्चात प्रधानमन्त्रीले उत्साहित शैलीमा भन्नुभयो तस्बिर आँफै बोल्दछ, सायद ऐतिहासिक भयो भन्न खोज्नु भएको होला । तस्बिर आँफै बोल्दछ भन्दै गर्दा छिमेकी देस भारतले आफ्नो कारणले भविष्यमा नेपाल भारत सम्बन्ध सुधिएको भनेर शन्देस दिन खोज्नुभएको होला ।
भारका प्रधानमन्त्री नरेन्द्र मोदीले हतारमा बोलाउनुभयो त्यसैले हामी विना तयारी भ्रमण ग¥यौ भनेर भनिरहँदा हामी प्रवासमा बसेर आफ्नो देशको माया गर्ने प्रवासी नेपालीहरुले के बुझ्ने ? प्रधानमन्त्री के.पी. शर्मा ओलीले भारतबाट के लिएर आउनुभयो र नेपालले के दिने भयो भन्ने कुराको संकेत त नेपाली जनताले पाएका छैनन् । तरपनि हामी के कुरामा आशावादी छँैं भने छिमेकी राष्ट्र भारतले नेपाली जनतालाई कुनैपनि किसिमको दुःखकष्ट पर्न दिँदैन भन्ने विश्वास दिलाएमा पुग्छ । त्यसैको संयुक्त हस्ताक्षर भयो कती सौहार्दपूर्ण वातावरणमा, तर यस्ता संयुक्त हस्ताक्षर विगतमा नभएका होइनन्, कतै प्रधानमन्त्रीले त्यही संयुक्त हस्ताक्षरलाई उपलब्धीको रुपमा मानेर तस्वीर आफैँ बोल्छ त भन्नु भएको होइन ?
रह्यो कुरा भ्रमण सफल असफल भन्ने कुरा संयुक्त हस्ताक्षर पछि गरीने कार्यान्वयनले देखाउनेनै छ । नेपालबाट अहिलेसम्म धेरै प्रधानमन्त्रीले भारत भ्रमण गरिसकेका छन् । भारत भ्रमण गरिसकेका प्रधनमन्त्रीहरुले फर्किसकेपछि एउटै शब्द हो उपलब्धी मुलक भयो । वर्तमान प्रधानमन्त्रीले चाँही फरक शैलीलाई अपनाएर तस्बिर आँफै बोल्छ भनेर भनिदिनुभयो । मिडिया कर्मीहरुमा थप कौतुहलता जाग्ने नै भयो । त्यसैले परराष्ट्रमन्त्रीको भनाइ आफ्नै ठाउमा थियो, अब मिडियाले कुन–कुन तस्बिर हेरेर समाचार बनाउने हो त्यो सञ्चारकर्मीको कलमको कुरा होला । सगरमाथादेखि सागरसम्म जोड्ने भन्ने कुराले सबै नेपालीलाई उत्सुकता थपे पनि प्राविधिक कुरो नेपालीले सबैले बुझ्ने कुरो भएन ।
नेपाल भारत सम्बन्ध एक छिमेकी मुलुकको मात्र नभएर रोटी बेटी सम्मको सम्बन्ध हुँदै धार्मीक एवम् सांस्कृतिक सम्बन्ध रहेको नेपाल भारतको ऐतिहासिक सम्बन्धलाई हेर्ने हो भने बीचबीचमा नेपाल भारत सम्बन्धमा केही चिसोपन देखा पर्दा नेपाल र भारतका दुवै देशका जनता पिडित हुने गर्दछन् । त्यस्तो चिसोपन हटाउन दुवै देशका प्रधानमन्त्रीले प्रतिबद्धता जाहेर गरेको संयुक्त हस्ताक्षरले विगतमा भएको सम्बन्धलाई प्रगाढ बनाउन मद्दत गरेको हुनुपर्छ ।
भारतको स्वतन्त्रतामा समेत नेपाली राजनेताहरुले महत्वपूर्ण भूमिका खेलेको इतिहास रहेता पनि भारतका प्रधानमन्त्रीले नेपालको भ्रमण बिरलै गरेको पाइन्छ, तर नेपालमा जो प्रधानमन्त्री भएपनि भएपनि नियुक्ती हुनासाथ ओहदाको प्रमाणपत्र बुझाउन गरेझैको प्रचलन प्रधानमन्त्री के.पी शर्मा ओलीले निरन्तरता दिनुभएको हुनुपर्छ । लामो समयपछि नेपालमा बहुमतको सरकारको शक्तिसाली प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा जानु भएका के.पी शर्मा ओलीले उच्चस्तरीय वार्ता र भेटघाटबाट नेपाली जनताले नेपाल–भारत सम्बन्धमा सुधार भएको हो भनेर बुझेर मात्र के गर्ने ? हिजोका दिनका तितामिठा अनुभव हामीसँग अझै हराएको छैन ।
वर्तमान अवस्थामा बहुमतको सरकारको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले भारत र चीनलाई असल छिमेकीको रुपमा लिएर दुवै ठूला राष्ट्रबाट फाइदा लिने काम गर्न सक्नुपर्दछ । हिजोका तितामिठा कमीकमजोरीहरुलाई हटाउँदै देशको आर्थिक अवस्थालाई मजबुत बनाउन सक्नुपर्दछ । अहिले विश्व परिवेशमा चिन पनि आर्थिक क्रान्तिको लागि निकै अगाडी बढेको अवस्थामा दुई छिमेकी राष्ट्रसँगको सम्बन्ध प्रगाढ बनाउन एउटालाई चिढ्यायर अर्कोसँग फाइदा लिन्छु भनेर एउटालाई उचाल्ने र अर्कोलाई थचार्ने काम कदापी गर्नु हुँदैन ।
त्यसैगरी भारत पनि दक्षिण एसियामा मात्र नभई विश्वकै मानचित्रमा शक्तिशाली बन्दै गएको अवस्थामा भारतसँग ढिलोचाडो सम्बन्ध यो भन्दा पनि प्रगाढ बनाउनै छ । त्यसैले भारतका पध्रानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्रीबीच दुई पक्षीय सहमति पत्रमा हस्ताक्षर गरेपछि उधारो सहमति नुहुनुपर्छ । जेजस्तो सहमति भएपनि नेपालका प्रधामन्त्रीले संसदमा जे बोलेर जानुभयो त्यही कार्यान्वयन गर्नुभएको होला भन्ने हामीले बुझेका छौं । उहाँले संसदमा बोल्ने क्रममा सार्वभौम संसदमा ‘नयाँ सहमति हुने छैन’ पुरानै सहमति कार्यान्वयन गरेर आउँछु भन्नु भएको थियो ।
भ्रमणका क्रमसँगै संयुक्त वक्तव्यमा पुराना सहमतिहरु कार्यान्वयन गर्ने र नयाँ विषयले प्रवेस पाउनुलाई नेपाली जनताले त्यति सजिलोसँग लिन सकेका छैनन् । समग्रमा प्रधानमन्त्रीको भ्रमण सौहाद्रपूर्ण रुपमा रहेको नेपाली जनताले बझेका छन् । समकक्षीको आतिथ्यतालाई नेपाली भ्रमण टोलीले बडो उत्सुकताका साथ प्रचारप्रसार गरेको अवस्थामा भ्रमण सफल भएको मान्नुपर्छ । तर हामी सत्तामा पुग्ने बितिकै भारतलाई फकाउन सके मात्र सता टिकाउन सकिन्छ भनेर मनगणन्ते हावाले छोएको छ । त्यसैले पनि पहिलो उच्चस्तरीय सरकारी भ्रमण छिमेकी राष्ट्र भारतलाई बनाउँदै ।
१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...
१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...
१. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...