नेपालको आर्थिक समृद्धिमा छिमेकी राष्ट्रहरुको सद्भाव आवश्यकता – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

नेपालको आर्थिक समृद्धिमा छिमेकी राष्ट्रहरुको सद्भाव आवश्यकता

बिमल सुवेदी दोहा कतार

नेपालको राजनीतिमा मात्र होइन सदयौदेखि नेपाल र भारतबीचको आपसी सम्बन्ध, सद्भाव र समुधुर सम्बन्ध रही आएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकेर शनिबार मात्र स्वदेश फर्कनुभएको छ । यस पटक भारतका प्रधानमन्त्रीले विशुद्ध रुपमा तीर्थाटनलाई प्राथमिकता दिएता पनि नेपालको राजनीतिक हिसाबमा निबै महत्वपूर्ण क्षण मानिएको यो भ्रमण हामी नेपालीको लागि राम्रै हो भन्ने लाग्छ । तर विगतमा नेपाल र भारतबीच जनु किसिमको गतिरोध थियो, त्यसलाई पुर्न भने सकिरहेको अवस्था देखिदैन ।

छ महिना लामो नाकाबन्दीले नेपाली जनता भारतमाथि अविश्वास प्रकट गरिरहेका छन् । त्यो अविश्वासलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधनको क्रममा केही कुरा चाहेर त गर्नुभयो तर त्यसलाई पुरै चिर्न भने सक्नुभएन । नेपालका प्रधानमन्त्री के.पी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री भएकार भारत जाँदा पनि १९५० को सन्धिदेखि नाकाबन्दीसम्मको कुरामा छलफल भएको भन्ने प्रचारबाजी गरिएतापनि अहिलेसम्म त्यसको बारेमा केकति प्रगति भए नेपाली जनताले देख्न पाएका छैनन् । दुवै देशका प्रधानमन्त्री वान्ट टु वान वार्ता बसेको समाचार आउँछ । तर त्यो वान्ट टु वान वार्ता केका लागि भयो ? कुन उद्देश्यका लागि भयो ? विगतमा भएका सहमति कार्यान्वयन गराउने पक्षमा के–के भयो भनेर पादर्शी ढङ्गले दुवै देशका प्रधानमन्त्रीले निर्धक्कसाथ बताउन भने सकिरहेका छैनन् ।

सदियौंदेखि नेपाल भारत सम्बन्ध बन्दै आएको हुँदा नेपालको साँस्कृतिक, धार्मिक क्षेत्रले समेत भारतमा विशेष स्थान पाउँछ भने, त्यसैगरी भारतीय जनताले पनि नेपालको धार्मिक, साँस्कृतिक क्षेत्रमा त्यतिकै स्थान पाएको पाइन्छ । नेपालको राजनीतिक परिवर्तनपछि संविधान निर्माणको क्रममा भारतले नेपालप्रति देखाएको असंहिष्णुताले नेपाली जनता र भारतीय जनताबीच केही चिसोपन उब्जिएका कारण करीब छ महिना लामो नाकाबन्दीका कारण नेपालको आर्थिक क्षेत्रसमेत तहसनहस भएको परिसूचक हामीले पनि देखेका हांै ।

एउटा असल छिमेकी राष्ट्रले अर्को असल छिमेकी राष्ट्रमाथि गर्ने व्यवहार असहिष्णुता भयो भने त्यसले निकै लामो समयसम्म नकारात्मक सन्देस प्रवाह गरिरहन्छ । त्यसैले वर्तमान प्रधानमन्त्री के.पी शर्मा ओलीको निमन्त्रणामा दुई दिने तीर्थाटनलाई मुख्य उद्देश्य बनाएर गरिएको राजकीय भ्रमणलाई नेपाली राजनीतिमा निकै अर्थपूर्ण हेरिएता पनि हामी नेपाली सोझासाझाले बुझ्ने के हो भने नेपालको भौगोलिक अवस्थाको कारण प्राकृतिक महाविपत्ती लगायत आपतकालीन अवस्थामा असल छिमेकीले देखाउनुपर्ने गुण असल नै हुनुपर्दछ ।

महाभुकम्प पछिको नाकाबन्दीका कारण हरेक नेपालीलाई भारतप्रति नकारात्मक सन्देश प्रवाह भएको छ । यो नकारात्मक सन्देशलाई पूर्ण रुपमा निस्तेज पार्नका लागि भारतले नै पहल गर्न आवश्यक छ । सत्तासिन भइसकेपछि भारतका प्रधानमन्त्रीले तीन पटक नेपालको भ्रमण गरिसक्नु भएको छ । नेपाललाई नजिकबाट चिन्ने मोदी सत्तासीन भइसकेपछि नेपाली जनताले दुःख पाउनु भारतका लागि सुहाउदो कुरा होइन । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी नेपालको राजकीय भ्रमणमा आउँदा अति सम्मान दिनु स्वाभाबिक नै हो ।

एक देशको प्रधानमन्त्री अर्को देशको भ्रमण गर्न आउँदा अति सम्मानका साथ स्वागत गर्नु कुनै नौलो कुरो होइन, हाम्रा प्रधानमन्त्री के.पी शर्मा ओली पनि भारतको भ्रमण गर्दा अति सम्मान पाएको हामीले देखेका छौं । सम्मानार्थ डाक्टर उपाधी समेत लिएर आउनु भएको छ । छिमेकी छिमेकीबीच भेट घाट आवत जावत लाई अन्यथा मान्नु हुँदैन स्वभाभिक रुपमा लिनुपर्दछ । ‘अथिति देबो भब’ भन्ने मन्त्र लाई आत्मसात् गर्ने हामी नेपाली सबै श्रद्धा सत्कार गर्न पछि हट्दैनौं । यो भ्रमणलाई लिएर नेपालमा विभिन्न खाले सकारात्मक नकारात्मक कुरा जे जति आए त्यसलाई हामीले सहज रुपमा लिनुपर्दछ । एक आपसमा दोषारोपण गर्ने बानी त्याग्नु पर्दछ । मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकीय भ्रमणमा आइरहँदा विभिन्न नकारात्मक प्रचार नभएका होइनन् । यसले हामीलाई नै अपठ्यारोमा पार्दछ ।

किनकी विगतलाई सम्झेर वर्तमानलाई अगाडी बढाउँदा सहमति सहकार्य अगाडी बढ्दैन । त्यसैले हामीले विगतमा भएका कमिकमजोरीलाई सुधार्दै नयाँ चरणमा प्रवेश गर्नुपर्दछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपालमा आउँदा जसरी जनमानसबाट पनि हाइहाइ भएका थिए । यस पटक त्यस्तो अवस्था रहेन । त्यस्तै अवस्थाको सिर्जना गर्न अव नेपाल मात्रै कस्सिएर हुँदैन । भारतलेनै तदारुकता देखाउनुपर्दछ ।

ज–जसले जहाँ जेजसरी शंका उपशंका लिएपनि नेपालको सार्वभौमिकता, अखण्डतालाई अक्षुण राख्न नेपाली नै काफि छन् भन्ने कुरो प्रमाणित भइसकेको अवस्थामा एक असल छिमेकीसँग आर्थिक समृद्धिका बारेमा, विकास निर्माणका बारेमा एक आपसमा सहकार्य गर्ने र ठूला राष्ट्रबाट सहयोग प्राप्त गरी राष्ट्र निर्माणमा लाग्नु नै हाम्रो उद्देश्य हुनुपर्दछ । नेपालीको सुरक्षा, नेपालको सुरक्षा गर्न हामी आफैं सक्षम छौं भनेर देखाउन सक्नुपर्दछ । नेपालका वर्तमान प्रधानमन्त्री के.पी शर्मा ओलीको सत्तारोहपछि भनाई र गराईमा निकै फरक आएता पनि छिमेकी राष्ट्रलाई सत्तोसराप गर्नुपर्छ भन्ने मान्यताबाट टाढा रहनुपर्छ ।

एक असल छिमेकी राष्ट्रसँग नोलजस्तो भुपरिवेष्ठित मुलुकले सँधै सद्भाव र सहयोगी हातहरु प्राप्त गर्न पाउनुपर्दछ भन्ने आम नेपालीको धारणा नै हो । तथापी यति भनिरहँदा हरेक नेपाली हेपिएर, पेलिएर रहन सक्दैनन भन्ने प्रमाण हामीले विगत नाकाबन्दीमै देखाइदिइसकेका छौं । तर त्यो असंहिष्णुतालाई कोट्याएर पुनः असमझदारीमा बद्ल्नु पर्छ भन्ने भावना दुवै देशले बिर्सेकै राम्रो हुन्छ । नेपालमा भएको राजनीतिक परिवर्तनपछि बहुमतको सरकारले अब झिनामसिना कुरा बिर्सिएर दुई वटै ठूला राष्ट्रहरुसँग सहयोगको अपेक्षा गर्दै राष्ट्र निर्माणमा कम्मर कसेर लाग्नुपर्दछ । आर्थिक समृद्धिलाई जतिसक्दो चाँडो पुरा गर्न कुरा र भाषण भन्दा यथार्थमा लाग्नुनै उपयुक्त हन्छ ।

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७५ बैशाख ३१, ०८: ४६

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७५ बैशाख ३१, ०८: ४६

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७५ बैशाख ३१, ०८: ४६

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...