नेकपा (माओवादी केन्द्र) विघटन भएको छैन ः नेता किराँती – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

नेकपा (माओवादी केन्द्र) विघटन भएको छैन ः नेता किराँती

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीले एमाले र माओवादीबीचको एकता गलत भएको बताएका छन् । शुक्रबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै किराँतीले पुजींवादी गणतन्त्र स्थापनासम्म आईपुग्दा सकारात्मक भूमिका खेलेका पुष्पकमल दाहाल (प्रचण्ड) समूह हाल आएर माक्र्सवाद–लेलिनवाद–माओवादको विचार, वल प्रयोगको सिद्धान्त आधारित राजनीतिक कार्यदिशा र पहिचान मुद्दा परित्याग गरि नव–प्रतिक्रियावादि कित्तामा पलायन भएको आरोप लगाए ।
झण्डै आठ महिनाको लामो प्रयासपछि बिहीवार नेपालकै दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले ऐतिहाँसिक पार्टी एकता घोषणा गरेको भोलिपल्टै किराँतीले पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् । उनले केपी ओली र प्रचण्ड सरकारद्वारा विप्लव नेतृत्वको नेकपा र वैद्य माओवादीमाथि समेत फाँसीवादी दमन तथा भारतसम्म निर्लज्ज रुपमा आत्मसमर्पण गरेको समेत आरोप लगाए ।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय भेला आयोजक समिती प्रचण्ड समूहको वैचारिक रुपमा पुँजीवादी आदर्शवाद, राजनीतिक रुपमा संसदीय आत्मसर्मपणवाद, सांस्कृतिक रुपमा चरम उपभोक्तावाद तथा नेपालको बाहृय र आन्तरिक राष्ट्रियताको प्रश्नमा नव–प्रतिक्रियावादमा पलायन भएको किराँतीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । अबका कामहरु कसरी बढाउने भन्ने एक पत्रकारको प्रश्नमा उनले, ‘राष्ट्रिय भेला आयोजक समितिले साउन ७ गतेदेखि १२ जिल्ला संयोजन र २६ सम्पर्क समिती गठन गर्ने र सर्वहारा वर्गको सेवामा आफ्नो पार्टी सँधै सर्मपित भैरहने र समाजवादी व्यवस्था लागु गर्ने कुरामा जोड रहने प्रतिकृया दिए ।’
विज्ञप्तिमार्फत नेता किराँतीले माओवादी केन्द्रको पुनर्गठनमा जुट्न समेत सबैमा आग्रह पनि गरेका छन् । एमाले र माओवादी केन्द्रको २०७४ असोज १६ गतेको निर्णय र सात बुँदे काण्डदेखिनै प्रचण्ड नेतृत्वको माओवादीसँग आफूहरुले सम्बन्ध विच्छेद गरेको स्पष्ट पार्दै उनले दुई लाइन संघर्षको लागि आठौं महाधिवेशनको माग गर्दा उल्टै निश्काशन गरिएको आरोप समेत लगाएका छन् । नेता किराँतीले एमाले र माओवादी केन्द्रले दुवै पार्टी विघटन् भएको भनेर घोषणा गरेपनि माओवादी केन्द्र विघटन नभएको स्पष्ट पार्दै विचार, भावना र ईतिहासको एकीकृत निरन्तरताको लागि नेकपा (माओवादी केन्द्र) पूर्नगठन अभियानमा जुट्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७५ जेष्ठ ७, ०६: १८

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

ओलीले राजीनामा नदिए हटाउने तयारी !
ओलीले राजीनामा नदिए हटाउने तयारी !
  • २०७५ जेष्ठ ७, ०६: १८

काठमाडौं । छ महिनाअघि ११ औं महाधिवेशनबाट शक्तिशाली बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि सचिवालय बैठकमै नेतृत्वबाट हट्न दबाब बढेको...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७५ जेष्ठ ७, ०६: १८

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...