अबको आवश्यकता दिगो विकासको अवधारणा – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

अबको आवश्यकता दिगो विकासको अवधारणा

सुमित भण्डारी

विकास यस्तो हुनुपर्छ जहाँ प्रकृतिको विनाश नगरी वर्तमानको आवश्यकताको पुर्ति यस तरिकाले होस् कि भविष्यमा आउने हाम्रा सन्ततिको आवश्यकतालाई पुरा गर्नेको क्षमतामा हानी, असर नहोस् । विकास गर्ने क्रममा तिव्रता आर्थिक वृिद्घको विकासले पर्यावरणिय एवं सामाजिक परिणामलाई जन्म दिन्छ, जो धेरै खतरनाक हुन्छ । यस्तो विकासले वातावरण जैव–विविधता, प्राकृतिक स्रोत साधन तथा वायुमण्डलिय परिस्थितिमा नैसंर्गिक स्वरुपको ठुलो क्षति पु¥याउँछ । प्राकृतिक स्रोत साधनको जथाभावी दोहनले दिर्घकालिन पर्यावरणमा ठुलो असर गर्छ ।
अनियंत्रित औद्योगिकरणले एउटा पर्यावरणिय जैव—विविधतालाई नष्ट गर्छ, वनको विनाश गर्छ, अनि दोस्रो तिर विस्थापनको संकट पनि उत्पन्न गर्छ । यस्तो विकासले सामाजिक तथा आर्थिक परिणाम पनि गंम्भिर बनाउँछ ।

यस किसिमको विकासले समाजमा धनि–गरिबको विचको खाडल अझै फराकिलो हुन्छ । हामी विकास गर्ने क्रममा छौं, कुन मोडलमा जाँदा उपयूक्त हुन्छ । चाईना हाल जो ३०% कार्वनडाइअक्साईड उत्पन्न गरिएको छ, त्यस्तै अमेरिका १५%, भारत ६%, रुस ५०%, इ.यु ९%, जसले गर्दा ओजन लेयरमा छिद्रा भएर अम्लिय वर्षा हुन्छ र वातावरणमा ठुलो हानी गरिराअखको छ । या आफ्नै कुनै एउटा यस्तो विकासको मोडल जुन विश्वका निम्ति उदाहरण होस् । यसका निम्ति देशमा प्रर्याप्त बहस हुनु आवश्यक छ ।

यहि कुराबाट पाठ सिक्दै हामीले दिगो विकासको अवधारणा ल्याउनुपर्छ । दिगो विकास एउटा समग्र अवधारणा हो जो विकासको वहुआयामिक स्वरुपलाई समावेस गर्छ । यो आफ्नो बहुआयामिक अवधारणामा आर्थिक वृद्धिलाई सन्तुलित गर्छ तथा प्रकृतिद्वारा संशाधनको पुनरुत्वादन, मानविय अवस्था (सामाजिक र मानविय विकास) को उन्नतिको प्रमुख स्थान प्रदान गर्दछ । यसले जीवन, मानविय परिस्थिति र मुल्य तथा प्रकृतिको सन्तुलनमा जोर दिन्छ । दिगो विकास जो आफ्नो समग्रतामा सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक संरचनामा मुलभुत परिवर्तनमा जोर दिन्छ जो वर्तमान समाजको पुनरचनाको लागि आवश्यक छ ।

यो यस्तो विकासको अवधारणालाई प्रोत्साहन गर्छ जो वर्तमान तथा भविष्यमा आउने पिँढीको आवश्यकता तथा इच्छालाई पुरा गर्न सकेमा यस किसिमको विकासको अवधारणाले प्रकृति–मनुष्य र मनुष्य–मनुष्यको बीच सृजनात्मक सम्बन्ध तथा दुबैको परस्पर अन्र्तक्रियामा सम्मान तथा सहयोग गर्छ । यस अवधारणा हामीलाई औद्यिगिकरण, मेशिनीकरण, शहरीकरण जस्तो विचारमा पुनर्विचार गर्न बाध्य बनाउँछ । यसको अर्थ पछाडि फर्किने होईन बरु वर्तमान जीवन दृष्टि, जीवनस्तर तथा मुल्यलाई प्रकृतिको साथ जोड्नु पर्छ । दिगो विकास गर्ने क्रममा निम्न कुरालाई ध्यान दिन आवश्यक छ ।

प्रकृति तथा मानव बीचको नातालाई पुर्नव्याख्या गर्नु आवश्यक छ । मानवतालाई प्रकृति प्रति जिम्मेवारीको प्रत्याभूति गराउनु पर्छ । विकासको विभिन्न साँझदारीको विच परस्पर संवाद तथा निर्णय प्रक्रियामा भागीदारी गराउनुपर्छ । यस्तो उत्पादनको व्यवस्था जो वातावरणलाई एकात्मक तथा पुःउत्पादन क्षमतालाई हानी नपु¥याओस् । आर्थिक वृद्धिमा प्रकृतिको पुनःउत्पादन क्षमता एवं संशाधन सिमितताको दृष्टिले पुनः विचार गर्नुपर्छ । विकास गर्ने क्रममा सामाजिक समताको प्राप्ति हुनुपर्छ । जसमा सबै स्तरबाट सबै कुराको विविधताको सम्मान, विकासमा सबै नागरिकलाई साझेदारी तथा प्रकृतिको साथ सौहाद्र एवं शान्तिपूर्ण सहअस्तित्व सामिल गर्नुपर्छ ।

विकास गर्दै जाँदा आर्थिक विकासमा पर्यावरणिय तथा समग्रतामुलक चिन्तन समावेश गर्नुपर्छ । यसले दर्शाउँछ कि प्रकृतिको विनाश गरेर गरिने विकास उपयूक्त छैन तथा मानव अस्तित्वको लागि पनि चिन्ताजनक हो । यसकारण प्राकृतिक संशाधनलाई उचित संरक्षण एवं प्रवद्र्धन गर्नमा जोड दिनुपर्छ । विकास गर्ने क्रममा हामीले विकास प्रक्रियाको नीति निर्माणमा सबै मानवलाई यस्तो जीवन स्तर उपलब्ध गराउनु पर्छ जो समानता तथा न्यायमा आधारित हुन्छ । विकासको यस्तो अवधारणा जो प्रकृतिको पुनः उत्पादन क्षमताको सम्मान गरोस् ।

दिगो विकासको रणनिति ः
नागरिकको प्रभावशाली नीति— निर्माण सहभागितामुलक राजनीतिक व्यवस्था हुनुपर्छ । आत्मनिर्भर एवं टिकाउ आधारशिलाको टिकाउँ विकास गर्नेखाँलको अर्थव्यवस्था हुनुपर्छ । वातावरणको सम्मान गर्ने, उत्पादन व्यवस्था, व्यापार र आर्थिकको टिकाउ तरिकाको प्रोत्साहित गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था, लचिलो र बदलावको इच्छुक प्रशासनिक व्यवस्था, आर्थिक व्यवस्थालाई यस्तो दिशामा मोड्ने जसले गर्दा आम मानिसको आवश्यकताहरु पुरा होस् । आम नागरिकहरुको अति आवश्यक आवश्यकताहरु गाँस, कपास, स्वास्थ्य, शिक्षा अनिवार्य रूपले प्राप्त गरुन । उर्जाको नवीन टिकाउ श्रोतहरुको विकास गर्ने जसले वर्तमान सिमित संशाधनमा दवाब कम होस् ।

निर्णय प्रक्रियामा वातावरण एवं विकासमा एकसाथ विचार गर्नुपर्छ । हामीले विकसित भइसकेको र विकसित भईरहेका देशबाट पाठ सिक्नु जरूरी छ । यस किसिमको विकास मोडेलमा जाँदा यसले समृद्धि त बनाउँछ, तर विश्वकै वातावरणमा अतुलनिय क्षति पु¥याउँछ  । अतः प्रकृतिको धनि तथा सम्पूर्ण श्रोत साधनले भरिएको नेपाललाई प्राकृतिक रूपले विकसित र समृद्ध बनाएर विश्व सामू एउटा नमूना प्रस्तुत गर्न सक्छौँ ।

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७५ जेष्ठ २१, १०: ५४

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७५ जेष्ठ २१, १०: ५४

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७५ जेष्ठ २१, १०: ५४

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...