राजाको भूतसँग तर्सिने दिन गए – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

राजाको भूतसँग तर्सिने दिन गए

मोहम्मद वाहिद अलि

आरसिसि घरहरु औलामा गन्न सकिन्थ्यो । ति पनि आधा अधुरा आरसिसि । उ बेला स्याङ्गजालाई बजार भन्ने आधार भनेको टुडिखेल, राजाको सालिक र सरकारी कार्यालयहरु मात्र थियो भन्दा गलत नहोला। राजाको सालिक मेरो घरको आगन देखि प्रष्टै देखिन्थ्यो। त्यसैले राजाको सालिक संग भावनात्मक सम्बध केहि बढी छ। त्यसो त टुडिखेल र सरकारी कार्यालयहरु संग भावनात्मक सम्बन्ध उतिकै थियो। किनकि, राजाको सालिक, टुडिखेल र सरकारी कार्यालयका छत, कुना, काप्चा, चौरमा खेलेर हाम्रो बाल्यकाल बितेको थियो ।

राजाको सालिकको इतिहास फर्केर हेर्दा, सिद्धार्थ राजमार्ग २०२२ साल सुरु भई २०२८ सालमा सम्पन्न भएको थियो। यसै सिद्धार्थ राजमार्ग मध्य खण्डमा रहेको स्याङ्गजा बजार, स्याङ्गजा जिल्ला सदरमुकामको केन्द्रमा राजा सालिक थियो। जुन राजमार्ग सम्पन्न भए संगै स्थापना भएको थियो। जसमा राजा महेन्द्रको पूर्ण कदको सालिक सहितको सानो बगैचा थियो। बजारको व्यापारिक केन्द्रका रुपमा रहेको यो चोक सुरुवाती समयमा राजाको सालिक भनेर प्रचलित थियो ।

राजाको सालिक काठमान्डौको व्यापारिक केन्द्र ईन्द्रचोक र पोखराको व्यापारिक केन्द्र पृथ्वी चोकको सिको गर्दै यस चोकलाई मध्य समयमा महेन्द्र चोक नाम दीईयो । यो नाम लामो समय टिक्न सकेन । अन्तिम समयमा यस चोकलाई शहिद चोक भन्न थालियो । मुलुकमा पञ्चायतकालभरि कुनै न कुनै किसिमको आन्दोलन चलिरहेको थियो । सशस्त्र संघर्षदेखि सत्याग्रहसम्म । त्यस बखत पनि यस सालिकको वरिपरी राजा विरोधी नारा कमै सुनिन्थ्यो ।

तर यहि राजाको सालिक वरिपरी धेरै पुर्व प्रधानमन्त्रीहरुको पुत्ला दहन भने हुने गर्दथ्यो। ६३ सालको १९ दिनसम्म चलेको शान्तिपूर्ण जनआन्दोलनले २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो । त्यो बेला राजाको सालिक पहिलो निसाना बन्यो। गद्दीमा भएका तत्कालिन राजा ज्ञानेन्द्रले आफ्नो गद्दी जोगाउन सकेनन। परलोक भएका राजा महेन्द्रले आफ्नो सालिक कसरि जोगाउने । आन्दोलनकारीले सालिकको टाउको खसाले । सालिकले धेरै क्षेती व्यहोर्नु प¥यो । त्यस पश्चात शहिद चोक नामले पूर्णता पायो ।

राजाको सालिकको विभिन्न अवस्था र राजनीतिक परिवर्तन संगै नाम हरु फेरिदै गए। तर राजाको सालिकको अवस्था उस्तै थियो । ज्ञानेन्द्र सरकारको प्रत्यक्ष शासनका बेला तत्कालिन मेयर जयनारायण श्रेष्ठले यस सालिक लाई पुनर्निमार्ण गरेका थिए । जुन बेला सालिक वरिपरिको ढकमक्क फुलबारी बनाइएको थियो। त्यहि बेला लगाइएका बिरुवा बढेर टाउको खसेको सालिकको लाज छोपिरहेको थियो ।
स्याङ्गजा पहाडी जिल्ला भएकाले राजमार्ग नागबेली भएर बनेको छ ।

त्यसो त आधिखोला आधिखोला भ्यालीको समथर भूभाग यहाँ नभएको होइन । लामो इतिहास बोकेको यो राजमार्ग लाई नागबेली अवस्थामा पहाडको मध्य भाग बाट लैजानुका विविध कारणहरु थिए । यस राजमार्ग तत्कालिन कम स्रोत साधन प्रयोग भएकाले होला राजमार्गको कुनै पनि भाग समथर भेटिदैन । हेर्दा समथर पिच देखिएता पनि सडकमा कतै कोल्टे, कतै जम्पिंग त कतै ठुला खाल्डाहरु मात्र भेटिन्छन । राजमार्गका अन्य स्थानहरु लाई छोडौ यस्तो भब्य राजाको सालिक वरिपरी को भूभाग पनि मिलेको अवस्थामा छैन । सालिक वरिपरीको सडक उकाली आराली अवस्थामा छ ।

मुस्किलले घन्टामा दुई र चार वटा गाडीहरु गुड्ने यो राजमार्गको बिचमा यसरि राउण्डअबाउट बनाउनुको उदेश्य तत्कालिन अवस्थामा ट्राफिक व्यवस्थापन गर्न पक्कै थिएन। पक्कै पनि यो राउण्ड अबाउट राजाको सालिक निर्माण गर्ने उदेश्यले बनाइएको थियो । तर बजारवासी केटाकेटिलाई भने यो राउण्डअबाउट फन पार्क जस्तै भएको थियो। राजाको सालिकको एकातर्फ कम ओरालोमा हामी बच्चा–बच्चीहरुको तिन पांग्रे साइकल हुइकिन्थ्यो । अर्को तर्फ हुईकिदा जोगाउन कठिन हुने हुदा उता चाही दुईपांग्रे ब्रेक वाला साइकल दाईदिदिहरु कुदाउनु हुन्थ्यो । शनिबारको दिन भने सालिक वरिपरी फन पार्क भन्दा रमाइलो हुने गर्दथ्यो ।

राजाको सालिकको धेरै विशेषता थिए । राजनीतिक पार्टीहरुको कोण सभा, विरोध सभा र टायर पुत्ला जलाउने ठाउँ थियो । प्रतिभा भएकाहरुले जादु देखाउने, सडक नाटक देखाउने, विभिन्न संस्कृतिक कार्यक्रम देखाउने ठाउँ थियो । साना व्यापारीहरुले पानीपुरी, चनाचटपटे बेच्ने। किसानीहरुले सिजनका तरकारी फलफुल बेचबिखन गर्ने ठाउँ थियो । फुटपाते व्यापारीको निम्ति राजाको सालिक रत्नपार्क नै थियो ।
मेरो मानसपटलमा राजाको सालिक संगका केहि रोचक यादहरु बाकि छन् । उभिएको राजाको सालिक । अनि राजाको नाकमा टक्क अडिएको चश्मा । घाम, पानि, असिना, हावा, हुरीले केहि प्रभाव नगर्ने ।

यो कस्तो अनौठो चश्मा। कहिले काही ठुलो हावाहुरी आएर सकिए पछि म सालिकको चश्मा हेर्न जाने गर्दथे। चश्मा राजाको कान समाएर नाकमै अडिएको देख्थे । म सोचमग्न हुन्थे। किन कि मेरो अपरिपक्क बाल मस्तिष्कले त्यो चश्मा वास्तविक हो भन्ने सोच्दथ्यो । उमेर बढ्दै गयो त्यो चश्मा पनि सालिक जस्तै अवास्तविक हो भन्ने थाहा भयो। त्यस बेला सालिकको कलाकारिताले प्रभाव पार्न थाल्यो। यो कुनै शासकको सालिक हो भनेर कसैले नबुझाएको ले होला सालिक प्रति घृणा भाव कहिले पैदा भएन ।

जब राजा, सालिक र शासन बारे बुझ्ने अवस्थामा पुगे तथापी यस निर्जीव सालिकले हाम्रो वर्तमान अवस्थालाई केहि असर गरेको छ भन्ने लागेन। त्यसोत सालिक र वरपरका बगैचले बजारको सौन्दर्यता बढाएको छ भन्ने लाग्दथ्यो। हरेक बिहानी त्यहाँ फुलेका फुलहरु बजारवासीको मस्तिस्कमा सकारात्मक प्रभाव पारेको छ भन्ने लाग्दथ्यो । अहिलेको अवस्था बाट हेर्दा ति सबै सोचहरु राजावादी सोच लाग्ने गर्दछ। त्यो बेला सारा नेपाल राजावादी थियो । “हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ” भन्ने नारा नलगाउने कमै थिए । घर घरमा राजा रानीको फोटो स्वस्फुर्त टाँग्ने गर्थे । राजारानीका गान गाउदै धेरै पटक स्कुलबाट र्याली मा हिडेको थियौ। यी सबै कारण होला राजाको सालिक संग वैरी भाव नआएको ।

राजाको सालिक अब इतिहास बनेको छ । ट्राफिक व्यवस्थापनका निम्ति यो सालिक र यहाको बगैचा पूर्णरुपमा हटाउने काम भएको छ । वर्तमान अवस्थामा विकासको अपरिहार्य छ । यसो भनिरहदा इतिहास बोकेका संरचनाहरु वास्तबमा विकासका बाधक हुन् कि होइनन अध्ययन गरिनु पर्दछ । यदि ति संरचना बाधक छन भने पनि उच्चित व्यवस्थापन हुनु पर्दछ। इतिहास भनेको अर्को पुस्तालाई चासो र अध्ययनको बिषय हुने गर्दछ । यसरि ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको सालिकहरु हटाउदा सांस्कृतिक पहिचान मेटिने गर्दछ । त्यसैले सबै को ध्यान पुग्न जरुरि छ ।

विभिन्न राजनीतिक घटनाक्रम पार गर्दै वर्तमान हाम्रो देश ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ भएको छ । देश विकास र समृद्धितर्फ अगाडी बढ्ने अवस्था सिर्जना भएको छ । अब पनि हामी राजा महाराजा र उनीहरुको राजनीतिक व्यवस्थाको भुतहरु संग तर्सिरहनु हुदैन । यदि तर्सिएको अभिनय गरिन्छ भने त्यो केवल प्रतिसोध मात्र हुने छ । ९धबजष्मकथबलनवब२नmबष्।िअयm०

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७५ जेष्ठ २८, ०९: ४६

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७५ जेष्ठ २८, ०९: ४६

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७५ जेष्ठ २८, ०९: ४६

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...