नयाँ विकल्पको २४ वर्षः व्यवस्थापकको आ“खाबाट नियाल्दा – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

नयाँ विकल्पको २४ वर्षः व्यवस्थापकको आ“खाबाट नियाल्दा

रिता दवाडी

आजभन्दा २४ वर्ष अगाडी शुरु भएको यस नयाँ विकल्प साप्ताहिकमा मेरो निरन्तरता पनि दुई दशकभन्दा बढी भएछ । तर आजको दिनसम्म आइपुग्न यस नयाँ विकल्प साप्ताहिक र यस सँग आबद्ध व्यक्तिहरुले सजिलो अनुभव कहिल्यै महशुस गर्न पाएका छैनांै । कति कठिन दिनहरु थिए ति । लेटर प्रेसमा कम्पोज गरेर छपाई गर्नुपर्ने, समाचारको अभाव, दक्ष जनशक्तिको अभाव, दिनभरी समाचार लेख्ने बनाउने काम हुन्थ्यो भने रातभरी पत्रिका छाप्ने । त्यसपछि भोलिपल्ट बिहानै बजारसम्म पु¥याउने काम आफैँले गरिन्थ्यो । यस्ता थुप्रै अफ्ठ्यारा स्थितिलाई सहज बनाउँदै हामी आज यो रजत वर्षको शुभारम्भमा आइपुगेका छौं । अहिले र पहिलेको समय फरक भैइसेको छ ।

पहिले साधन, स्रोतको अभावका कारण पत्रिका निकाल्न निकै गाह्रो थियो भने अहिले साधन, स्रोतको कमी छैन । पहिले आठै पेज कालो कलरमा प्रकाशन गर्न पनि दिनभरी र रातभरी लाग्थ्यो भने अहिले रंगिन कलरमा पत्रिका छाप्ने काम पनि केही घण्टामै हुन्छ । हामीले पनि समयसँगै परिवर्तन हुने मौका पायौं र कलरमा पत्रिका प्रकाशन गरिरहेका छौं ।

धेरै आरोह अवरोह खेपेर हामीले पत्रिकालाई निरन्तरता दिनमा कहिल्यै पछि हटेनौं र आफ्नो निरन्तरतालाई टुट्न दिएनौं । त्यसैले आज हामी २५ औं वर्ष मनाउन सफल भैइरहेका छौं । यस नयाँ विकल्प साप्ताहिक प्रकाशन गर्नु भनेको हामीलाई हाम्रो सन्तानप्रति जति दायित्व हुन्छ, त्यतिनै दायित्व पत्रिकाप्रति रहँदै आएको छ ।

हामीले सकेसम्म यसको स्तरोन्नतीका लागि मेहनत गरेका छौं र कुनै कमजोरी नहोस् भन्ने कुरामा छौं । व्यक्तिगत रुपमा मैले के गरें अथवा के गरिन भन्दा पनि नयाँ विकल्पलाई यहाँसम्म ल्याई पु¥याउन सफल भयौं भन्ने कुरामानै गौरवान्वित महशुस भईरहेको छ । यस पत्रिकालाई यहाँसम्म ल्याई पु¥याउन हाम्रो परिवारको पनि निकै ठूलो योगदान रहँदै आएको छ । पहिले बच्चाहरु सानै थिए तर ठूलो भएपछि उनीहरुको ठूलो सहयोग रहँदै आएको छ । हाम्रो परिवारको ठूलो छोरीलाई पत्रकारिता पढ्ने हौसला पनि यही पत्रिकाबाट मिलेको हो । बाबुआमाले यति धेरै संङ्घर्ष गरेर पत्रिका निकालेको देखेर पनि यही विषय रोजिन् र अहिले यस पत्रिकाको सम्पादक पनि उनी नै छिन् । एक हिसाबले सोच्ने हो भनेपनि हाम्रो एउटा मिसन पनि यही थियो पुरा भयो । पत्रिकाले परिवारबाटै सशक्त पत्रकार बनाउन सफल भयौं ।

धेरै टाढाको विषयलाई समेटेर समाचार बनाउने यि साप्ताहिक पत्रिकाहरुमा दुरदर्शिता देख्न पाइन्छ । साप्ताहिक पत्रिका भनेका कुनै पार्टी वा व्यक्ति विशेषको मुखपत्र मात्र नभई डाँडाकाडा, तराई, पहाड, दुरदारज सबै ठाउँ, सबै धर्म, संस्कृति हरेक कुरालाई समेटेर बन्नुपर्छ, त्यही बनाउने प्रयासमा हामी अग्रसर हुँदै आएका छौं । तिनै आवाज विहिनहरुको आवाजलाई बुलन्द पार्न हाम्रो यस विकल्प साप्ताहिकको प्रयास निरन्तर जारी छ ।

यस पत्रिकासँग मेरो दुई दशक बढीको सम्बन्धको आधारमा मैले नेपाली सञ्चार जगतलाई पनि निकै नजिकबाट नियाल्ने मौका पाएको छु । राजनैतिक परिस्थिति बदलिन्छ, सरकार परिवर्तन हुन्छ र त्यसको प्रमुख पनि परिवर्तन भैइराखेका हुन्छन् । यस्तो बदलिंदो अवस्थामा आफ्नो अडानलाई कायम राखेर निरन्तर रुपमा अघि बढ्न पक्कै पनि सहज छैन । तर म निकै गर्भका साथ भन्न सक्छु कि यस नयाँ विकल्प साप्ताहिक पत्रिकाले न त कहिले ढुलमुले नीति देखायो न त कहिले व्यवसायिकताबाट विचलित भयो । सँधै लोकतन्त्रको पहरेदारको रुपमा उभिएको छ, सँधै आवाज विहिनहरुको आवाजको रुपमा अघि बढेको छ, सँधै गहन विषयलाई उठाएको छ ।

रजत वर्षको शुभारम्भसम्म आइपुग्दाको समय हेर्ने हो भने पक्कै पनि आमूल परिवर्तन भैइसकेको छ । आफ्ना पाठक वर्ग, उनीहरुको रुची, बजार प्रतिस्पर्धाको अवस्था, मिडियाका प्रकार, संख्या, मिडियाकर्मी, प्रविधि लगायतका विषयहरुका कारण नेपाली पत्रकारिता जगतको स्वरुप नै परिवर्तन भैइसकेको छ । तर ती सबै चुनौतिका बाबजुद हामी समय सापेक्ष बनेका छौं । आफ्ना समाचार, त्यसका सामाग्री देखि लिएर पत्रिकाको स्तर उन्नती हामीले गर्दै आएका छौं ।

लेटर प्रेसबाट सुरु भएको पत्रिका आज रंगिन कलरमा प्रकाशन हुँदै आएको छ । यस पत्रिकाको स्तरोन्नतीको लागि हामीले हाम्रा बच्चाहरुका लागि जति मेहनत गरेका छौं त्यति नै मेहनत पत्रिकाको लागि पनि गरेका छौं । त्यसैले त हामी धधध।लबथबदष्पबउिब।अयm मार्फत डिजिटल संस्करणमा समेत आइसकेका छौं । अनलाइलाई व्यवसायिक तथा निष्पक्ष ढंगबाट अगाडी बढाई रहेका छौं ।

हो, कुनै पनि कुरा व्यवस्थित बनाउन मनग्य स्रोत, साधनको आवश्यक पर्छ । तर सीमित स्रोत र साधन र आयआर्जन नभए पनि पत्रिकाको गुणस्तरमा हामीले कहिल्यै सम्झौता गरेनौं । त्यसैले पनि होला हामीले हाम्रा पाठक वर्ग, शुभचिन्तकहरुबाट सँधै माया पाइराख्यौ जुन हाम्रो लागि प्रेरणाको स्रोत बनेको छ । हामीले पाएका त्यही प्रेरणाका कारण नै आज पनि रातभरि पत्रिका छाप्छौं, तयार पार्छौ र भोली पल्ट सबेरै आफैं गाडीमा पत्रिका बोकेर बजारसम्म पु¥याउँछौं । आफैं पत्रिका बोकेर बजार जाने कुरा गर्न मलाई कुनै हीनताबोध हुँदैन । किनभने मैले यस साप्ताहिकका पत्रकार, संवाददाता तथा रिपोर्टरहरुले दिनभरी र प्रेसम्यानहरुले रातभरी गरेको मेहनत देखेको छु । बजारसम्म पत्रिका पु¥याउन कति लगन र मेहनत चाहिन्छ भन्ने कुराको व्यवस्थापकको रुपमा म प्रत्यक्षदर्शी हुँ ।

टेबलमा राखिदिएको चिया हिँउ जस्तो चिसो हुँदा पनि खान नभ्याएको पत्रकारको मेहनताको कदर गर्नु नै व्यवस्थापकको धर्म हो र त्यसैले म कुनै पनि हालतमा पत्रिका छापेर बजारसम्म पु¥याउन सँधै सक्रिय हुने गर्छु । हाम्रो सानो तर इमान्दार मेहनती टिम छ जुन परिवार जत्तिकै छ । त्यसैले पनि यस नयाँ विकल्प साप्ताहिकसँग हामी सबैको आत्मियता जोडिएको छ । यस पत्रिकालाई अबका दिनहरुमा पनि निरन्तरता दिन र समय सापेक्ष बनाउन हाम्रा पाठकवर्गहरुको सुझाव र सहयोग हाम्रा लागि महत्वपूर्ण । त्यसैले हामी तपाईहरुको सल्लाह र साथको अपेक्षा सँधै गरिरहने छौं ।

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७५ असार ४, १०: २५

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७५ असार ४, १०: २५

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७५ असार ४, १०: २५

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...