प्रचण्ड र काजीको चीन भ्रमणमा प्रतिष्पर्धा – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

प्रचण्ड र काजीको चीन भ्रमणमा प्रतिष्पर्धा

काठमाडौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठबीच चीनसँग कसले राम्रो सम्वन्ध बनाउने भन्दै चीन भ्रमणको प्रतिष्पर्धा हुन थालेको छ ।

प्रवक्ता श्रेष्ठले नेकपाको शीर्ष नेताहरुको बैठकपछि आफ्नो नेतृत्वमा चीनको भ्रमण गर्न उच्च स्तरिय प्रतिनिधिमण्डल चीन जाने कार्यक्रम सार्वजनिक गरेका थिए । तर त्यसको केही दिन पछि नै अध्यक्ष प्रचण्डले नारायणकाजीको भन्दा ठीक पछि चीन भ्रमणको तयारी सार्वजनिक गरेका छन् ।

प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्ने र त्यसको एक सातापछि मात्र असोज एक गतेदेखि एकहप्ता लामो चीन भ्रमण बताएका छन् । पार्टी पदाधिकारीको हैसियतमा पार्टी प्रवक्ता समेत रहेका नारायणकाजीले भने सात सदस्यीय नेकपाको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भदौ २७ देखि असोज ३ गतेसम्म भ्रमण गर्ने सूचना सार्वजनिक गरिसकेका छन् ।

प्रवक्ताबाट राजिनामा दिएको भनिए पनि उनको राजिनामा स्वीकृत अझै भएको छैन । नेकपाको एकीकरण पछि प्रचण्ड पहिलो पटक विदेश भ्रमणमा निस्कन लागेका हुन् । प्रचण्डको भ्रमणलाई पहिले आफ्नो देशमा गराउनको लागि काठमाडौंमा रहेका भारतीय र चिनिया दूतावास सक्रिय भए पनि प्रचण्डले पहिले भारतको भ्रमण गर्ने निर्णय गरेका छन् ।

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७५ श्रावण २८, ०८: ३६

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

ओलीले राजीनामा नदिए हटाउने तयारी !
ओलीले राजीनामा नदिए हटाउने तयारी !
  • २०७५ श्रावण २८, ०८: ३६

काठमाडौं । छ महिनाअघि ११ औं महाधिवेशनबाट शक्तिशाली बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि सचिवालय बैठकमै नेतृत्वबाट हट्न दबाब बढेको...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७५ श्रावण २८, ०८: ३६

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...