नेपालको राजनीति परिवर्तन सँगसँगै सामाजिक कुरीति, संस्कार परिवर्तन हुन नसकेको अवस्थामा आफ्नी जेठी कन्या शिखा किरण र ज्वाई धिरज भट्टराईलाई विवाह नामक उपन्यास उपहार दिएर सामाजिक परिवर्तन गराउन शिक्षण पेशाबाट आउनुभएका वरिष्ठ पत्रकार रामरिझन यादवद्वारा सम्पादीत तथा विभिन्न लेखक, समालोचक, राजनीतिक व्यक्तित्वद्वारा लिखित विवाह सामाजिक उपन्यास हालै प्रकाशमा आएको छ ।
चार खण्डमा विभाजित उक्त पुस्तक पूर्व प्रधानमन्त्रीदेखि नेपालका विशिष्ट राजनैतिक व्यक्ति, पत्रकार, लेखकले नेपालको वैवाहिक विवाह सम्बन्धमा लेखिएको यस पुस्तक ३३५ पृष्ठ लामो रहेको छ । उक्त, पुस्तकमा लेख्ने लेखकहरु सामाजिक अभियन्ता एवम् बौद्धिक व्यक्तित्व भएको हुँदा यस पुस्तक अध्ययन गर्दा सबैका लागि लाभदायिक देखिन्छ ।
उक्त पुस्तकमा लेखकहरु निम्ननुसार रहेका छन्ः
सम्पादनः रामरिझन यादव, आमुखः डा. भाष्कर गौतम रहेका छन् भने वैवाहिक सम्बन्धको बदलिँदो अर्थराजनीतिक÷सिके लाल, मानवजातिलाई उन्नत बनाउने कोसेढुङ्गा÷डा. बाबुराम भट्टराई, सामाजिक विकासमा अन्तरजातीय विवाह÷प्रदीप गिरी, अन्तरजातीय विवाहः सत्ययुगदेखि कलियुगसम्म÷मोदनाथ प्रश्रित, अन्तरजातीय विवाहको रसायणशास्त्र÷प्रो.डा.राजेन्द्र विमल, अन्तरजातीय विवाहको चिरफार÷प्रो. चैतन्य मिश्र, वैवाहिक सम्बन्धको सामाजिक आधार÷मोहनविक्रम सिंह, अन्तरजातीय विवाहको दार्शनिक पक्ष÷स्वनाम साथी÷किरण गौतम, यथार्थको कसीमा वैवाहिक अनुभव÷श्याम श्रेष्ठ, विवाहको बदलिँदो रुप÷डी.आर. पोखरेल, अन्तरजातीय विवाहको नेपालीपन÷लीलामणि पोखरेल÷शशि श्रेष्ठ, विवाह र सत्ता÷राजेन्द्र महर्जन, विवाहः जीवनको संस्थागत प्रारम्भ÷रामचन्द्र झा., अन्तरजातीय विवाहः एक संक्षिप्त विश्लेषण÷नरेन्द्रजंग पिटर, विवाहः एक संस्था, एक राजनीति÷युग पाठक, अन्तरजातीय विवाहको सामाजिक पक्ष÷सोमत घिमिरे, विवाह, प्रेम र मानवीय आयाम÷रोशन जनकपुरी, मानिस आफैंमा एउटा जाति हो÷कृष्ण पहाडी, लक्ष्मीरामको अन्र्तकथा÷हिसिला यमि, हाम्रो विवाहको कथा÷प्रदीप नेपाल, अन्तरविवाह भित्रको सामाजिक रुपान्तरण–गंगा श्रेष्ठ÷बन्दना सुवेदी, जातको गन्ध÷रणेन्द्र वराली, विवाहको स्वरुप र संकल्प÷बेव दाहाल, अन्तरजातीय विवाहः अनुभव र दृष्टिकोण÷वृषचन्द्र लाल, विवाहको केन्द्रीय तत्वः प्रेम र दिगोपन÷धीरेन्द्र प्रेमर्षि, अन्तरजातीय विवाहका रंग÷मदन अर्याल÷निशा शाह, शिव र पार्वतीको भेलेनटाइन÷डा. बद्रीविशाल पोखरेल, सुखी वैवाहिक जीवनमा समाज र राज्यको भूमिका÷कल्पना धमला, युद्धकालीन विवाहः एक विश्लेषण÷अनिल शर्मा, अन्तरजातीय विवाह र साँस्कृतिक रुपान्तरण÷डा. सोम खतिवडा, अन्तरजातीय विवाहः उत्साहित सपना, कष्टकर यात्रा÷बबिता बस्नेत, हाम्रो प्रेम विवाह÷मनोज मुक्ति÷ज्योति महर्जन, अन्तरजातीय विवाहको अनुभूति÷सीता पोखरेल÷विश्वनाथ शाह, वनफूलहरु फूल्दै जाऔं÷राजबहादुर कुवर, जातिपर्थाभित्र बिमार अन्तरजातीय विवाह राजकुमार रजक, नेपालमा अन्तरजातीय विवाह विश्लेषण÷डा. डिल्ली प्रसाई, मधेशी समुदायमा अन्तरजातीय विवाह÷रीता सिंह, नमूना अन्तरधार्मिक विवाह÷रामरिझन यादव, कानुनको दृष्टिमा अन्तरजातीय विावाह ÷सुरेन्द्र महतो, अन्तरजातीय विवाहको सामाजिक÷राजनीतिक महत्व÷दीपक चौधरी, अन्तरजातीय विवाहका प्रभाव÷कुन्ता शर्मा, म वस एक मान्छे हुुँ÷उषा तितिक्षु, लोकसंस्कृतिमा अन्तरजातीय विवाह÷मनोहर लामिछाने, प्रेम अन्तरजातीय विवाहको खुड्किलो÷निभा शाह रहेका छन् । त्यसैगरी, अन्तरविवाहः एक चर्चा÷गोपाल ठाकुर, अन्तरजातीय विवाहः रिश्ता जाति और वर्गका÷नरेन्द्रकुमार मधुकुमारी, जन्म से विवाह का कोई रिश्ता नही÷प्रभार कुमार, अन्तरजातीय विवाह ? समय की माग÷पंकज रंजित त्यसैगरी, त्चबखभििभचक या वयगचलभथ या तजयगकबलमक mष्ििभक ÷डा. महेश मास्के, ःबचचष्बनभ ब् तचकलकदयचमभच ष्लकतष्तगतष्यल ÷डा. वीरेन्द्र मिश्र, ज्गmबल कयअष्भतथ अयmष्लन ागिि अष्चअभि÷प्रशान्त सिंह, ज्यलयगच पष्ििष्लन बलम यिखभ व्ष्जबम÷मृदुल दास विवाहकः निर्णय प्रक्रियामे मिथिलाक स्त्री÷रमेशरञ्जन, विवाहः आत्मनिर्णयक अधिकार÷अमरेन्द्र यादव लगायतका लेखहरु समाविष्ट रहेका छन् ।
सम्पादकले उक्त पुस्तकमा भनेका छन् ‘प्रायः सबै आमाबुबाको शेषपश्चात् उनले छोेडेको धनसम्पतिको रुपमा रहेको नासोमाथि उत्तराधिकारीको आधिपत्य कायम हुन्छ । चलनचल्तीमा आएको सामाजिक व्यवहार यही हो र म त्यसको अपवाद बन्न सक्दिन । कुरा यति मात्र हो कि केही नयाँ र केही फरक मात्र देखाउन चाहेको छु ता कि वर्षौवर्षदेखि रुढिग्रस्त जड्ताले जकडिएको हाम्रो परम्परावादी समाजलाई नौलोपनको आभास तथा अनुभूति होस् ।
त्यसैले तपाईँको हातमा रहेको पुस्तकको म कुनै लेखन होइन । अघि नै मानिसकेको छु कि आधारभूत रुपमा सम्पादक पनि होइन । सारभूत रुपमा भन्ने हो भने सङ्कलक मात्र हुँ । यसको मूलकारण के हो भने यस विधाको न त म ज्ञाता हुँ न विशेषज्ञ । बाल्यकालदेखि नै जिज्ञासु मन, विद्रोही स्वभाव र प्रतिकूल परिस्थितिमा पनि केही राम्रो गर्ने अठोटले मलाई सामाजिक रुपमा एनार्किस्ट बनायो । समयक्रमले विज्ञानको प्राध्यापनबाट तोडफोड र तोडमोडको साहित्य (जसलाई पत्रकारिता भनिन्छ ।) तर्फ आकर्षित ग¥यो । यो विधिको विडम्बना नै हो कि जुन विदाको विषयगत र संस्थागत ज्ञान हासिल गर्न जीवनमा सबैभन्दा बढी ऊर्जा खर्च गरियो, त्यो आज मेरो निवृत्तिभरणका लागि सहायक सिद्ध हुन सकेन ।
तर कहिल्यै नसोचेको र कहिल्यै नपढेको विदा आज जीवनयापनको माध्यम भएको देख्दा धेरैलाई आश्चर्य लागेको छ । यो पुस्तक त्यही तोडफोड साहित्यबाट प्राप्त गरेको चक्षु ज्ञानको सुखद् परिणाम हो । आज जेठी कन्या शिखाकिरण र हुने ज्वाईं धीरज भट्टराईलाई यो पुस्तक उनीहरुको बिहेको शुभअवसरमा उपहारस्वरुप प्रदान गरिरहँदा मलाई घोकन्ते ज्ञानभन्दा पारिवारिक परिधि र समाजबाट प्राप्त गरेको बुद्धि र विवेक ठूलो हुन्छ भन्ने अनुभूति भएको छ ।’
काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत काठमाडौं चाबहिल सिटी क्लवका संस्थापक अध्यक्ष एवंम २०२६/०२७ का DG Elect लायन अजय...
ललितपुर । नेपाली कांग्रेस ललितपुरले यही १ गतेवाट ललितपुरमा पार्टी संगठन सुद्धीकरण तथा संगठन विस्तारको लागि जरा अभियान अन्तर्गत जिल्ला,...