हाम्रो प्रयास–विवाद भएको क्षेत्रमा सहमति गरेर अधिवेशन होस् भन्ने हो – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

हाम्रो प्रयास–विवाद भएको क्षेत्रमा सहमति गरेर अधिवेशन होस् भन्ने हो

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संसदको सार्वजनिक समितिका पूर्व सभापति रामकृष्ण यादव पार्टीलाई जनमुखी उत्तरदायी र सशक्त बनाउन नेतृत्व परिवर्तनको पक्षमा हुनुहुन्छ ।

पार्टीको १४औ महाधिवेशन अन्तर्गत हाल क्षेत्र र जिल्लाको अधिवेशन सम्पन्न भएर प्रदेश अधिवेशन भइरहँदा प्रदेश नं. २ मा भने सबै जिल्लाको अधिवेशननै हुन सकेको छैन । यिनै समसामयिक विषयमा केन्द्रीत रहेर हाम्रा विशेष संवाददाताले गरेको कुराकानीको सम्पादीत अशंः

२ नं. प्रदेशको कुरा गर्दाखेरी त्यहाँ अधिवेशन हुन सकेन नि किन ?
केही दिन अगाडि मात्रै छ वटा प्रदेशमा मतदान भयो । २ नं. प्रदेशको कुरा गर्ने हो भने त्यहाँ क्रियाशिल सदस्यता देखीनै विभिन्न ठाउँहरुमा विवाद उत्पन्न भएको थियो । त्यो कारणले गर्दा वडा अधिवेशनमै क्रियाशिल सदस्यता विवाद समयमा टुङ्गो नलाग्दा सबै ठाउँको निर्वाचन समयमा हुन सकेन । हामीले २ नं. प्रदेशको समुद्घाटन कार्यक्रम धेरै राम्रोसँग सम्पन्न गरेका थियौ ।

त्यसपछि निर्वाचन समितिले जुन कार्यतालिका निकालेको थियो, त्यो कार्यतालिका अनुसार सात वटा निर्वाचन क्षेत्र एउटा सिङ्गो सर्लाही जिल्ला सप्तरीको एउटा निर्वाचन क्षेत्र, महोत्तरीको एउटा निर्वाचन क्षेत्र, रौतहटको एउटा निर्वाचन क्षेत्र र केही जिल्लामा निर्वाचन भइसकेता पनि त्यहँँको महाधिवेशन प्रतिनिधिहरुको नामावली निर्वाचन समितिसँग आइ नपुगेको कारणले केन्द्रीय कार्य समितिका हामी सबै पदाधिकारीहरु बसेर आफैं जिल्लाका सभापतिहरु बसेर आठ वटा निर्वाचन क्षेत्रलाई र एउटा सिङ्गो जिल्लालाई पछाडि पारेर अगाडि बढ्ने कि सबैलाई सहभागी गराउने भन्ने कुरानै हाम्रो महत्वपूर्ण चिन्ताको विषय बनेको छ । सर्लाहीमा आज हुने कुरा छ ।

यस्तैगरी विभिन्न ठाउँमा विभिन्न किसिमको विवाद उत्पन्न भएको छ । प्रदेश अधिवेशन हामीले आजनै शुरु गरिदियौ भने लगभग तीनसय पचास जना मतदाताले प्रदेश नं. २ को अधिवेशनमा भाग लिन पाउँदैनन् । त्यसकारणले गर्दा हामी सबै जनाको भनाइ के छ भन्दा सहमतिको आधारमा अधिवेशन गरौं भन्ने छ । उनीहरुलाई बाइपास गरेर जाँदा राम्रो सन्देश जाँदैन ।

अहिलेसम्म मतदाता नामावली पनि प्रकाशन भएको छैन । कुन निर्वाचन क्षेत्रबाट, कुन जिल्लाबाट कति क–कसको नाम आएको छ, कसको नाम आएको झन् पहिला त्यो नाम सार्वजनिक गर्नुप¥यो । पार्टीप्रति आस्था बढाउने हो भने सबैलाई समेटेर सबैको सहभागितामा अधिवेशन सम्पन्न भएको राम्रो हुन्छ । केन्द्रीय महाधिवेशन पनि एकदम नजिक आएको छ । त्यसै कारणले गर्दा सातवटा निर्वाचन क्षेत्रलाई हामीले बाइपास गरेर अगाडि बढ्यौ भने नराम्रो सन्देश जान्छ ।

हिजोसम्म पाँचवटा जिल्लाको मात्रै नामावली आएको थियो । तीनवटा जिल्लाको नामावली आउन अझै बाँकी छ । तीन वटा जिल्लाको नामावली नआएपछि ति जिल्लालाई थातीराखेर पन्छाएर अधिवेशन ग¥यौ भने त्यो अधिवेशनको महत्व कस्तो किसिमको हुन्छ होला ? त्यो अधिवेशनप्रति आमजनताको आकर्षण घट्छ कि बढ्छ भन्ने सबैले बुझ्नुपर्ने कुरा हो ।

हाम्रो भनाई के छ भन्दा निर्वाचन समितिबाट नामावली आइपुग्छ भने आज र भोलीमा अधिवेशन गर्न सकिन्छ । २४ गते केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह छ । २५ गते नोमिनेशन छ । यहाँ पनि पन्ध्र सोह्र जना केन्द्रीय सदस्य हामीहरु छौं । २ नं. प्रदेशको अधिवेशनको बारेमा कन्फर्म गर्नसक्ने अवस्था छैन । सर्लाही जिल्लामा न पालिकाको निर्वाचन भएको छ, न क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।

२ नं. प्रदेशमा कस्तो किसिमको गठबन्धन बन्दै छ ? विमलेन्द्र निधि र तपाईहरुको बिचमा सहकार्य हुन्छ कि हुँदैन अथवा पार्टी सभापति शेरबहादुर देउवाको उम्मेद्वारलाई तपाईहरु सहयोग गर्न सक्नुहुन्छ कि हुँदैन तपाई के भन्नुहुन्छ ?
हामी अहिले कसैको गुट उपगुट भन्दा पनि सातवटा प्रदेशमध्ये २ नं. प्रदेश नेपाली काँग्रेसको इतिहासमा धेरै महत्व राख्ने प्रदेश हो । २ नं. प्रदेश संगठनात्मक दृष्टिकोणले हिजो जुन किसिमको परिणाम तीन तहको निर्वाचनमा पाएका थियौ, त्यो बेला संगठन अलि कमजोर रुपमा नै देखिएको थियो । नेपाली काँग्रेस पार्टीलेनै मुलुक चलाउन सक्दछ र प्रदेश चलाउन सक्दछ ।

प्रदेशमा पनि अहिलेसम्म प्रदेशको नाम तोक्न सकिरहेको छैन । प्रदेश नं. २ मा सहमतिको आधारमा गुट र उपगुटभन्दा माथि उठेर राम्रो नेताको चयन गरेर संगठनलाई बलियो बनाउनको निम्ति विस्तार गर्नको निम्ति र आउने तिन तहको निर्वाचनको सामना गर्नका निम्ति र प्रदेश नं. २ मा राम्रो संगठन भएपछि केन्द्रमा पनि नेपाली काँग्रेसको सरकार सहजै रुपमा बनेको विगतको इतिहास छ ।

तपाईहरुको बिचमा सहमति हुनसक्न्े सम्भावना छ र सर्वसम्मत रुपमा नेतृत्व चयन हुन सक्छ त प्रदेश नं. २ मा तपाईलाई के लाग्छ ?
हाम्रो बिचमा सर्वसम्मत रुपमा उम्मेद्वार चयन गर्ने कुरा पनि चलिरहेको छ । निर्वाचनको कुरा त छँदै छ । आठवटा निर्वाचन क्षेत्रको नामावली नआएको कारणले निर्वाचन रोकिएको छ ।

आम दाजुभाई दिदीबहिनीको चिन्ता बढिरहेको छ । ऐतिहासिक पहिलो पटक प्रदेश अधिवेशन हुँदैछ । सात÷आठ वटा निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुलाई बाइपास गरेर अधिवेशन ग¥यौ भने अधुरो किसिमको प्रदेशको अधिवेशन हुन जान्छ ।

नकारात्मक सन्देश जान्छ । हाम्रो प्रयास बाँकी रहेका सात÷आठवटा निर्वाचन क्षेत्रको प्रतिनिधिहरुलाई पनि सहभागी गराउ र सहमतिको आधारमा पनि अगाडि बढौं भन्ने कुरामा हाम्रो छलफल भइरहेको छ ।

अब केन्द्रीय महाधिवेशनमा तपाईहरुको भुमिका के रहन्छ त ? तपाईहरुले साझा उम्मेद्वार तय गर्न सक्नुहुन्छ ?
केन्द्रीय महाधिवेशनमा पनि हामो प्रयास त रहन्छ तर प्रजातान्त्रिक प्रक्रिया हो । एउटा आमसहमतिको कुरा भने अर्को निर्वाचनको कुरा छ । वास्तवमा अहिलसम्म जसले अवसर पाउनु भएको छैन ।

ठुलो त्याग, तपस्या र बलिदानको इतिहास बोकेका हाम्रा आदरणीय नेताहरु पनि हुनुहुन्छ पार्टीमा । पार्टी सभापति शेरबहादुर देउवाले अब त्यसलाई फराकिलो बनाइदिनुपर्छ । किनभने उहाँले धेरै पटक मुलुकको नेतृत्व गरिसक्नुभएको छ । सबै कुरा उहाँले अनुभव गरिसक्नुभएको छ ।

त्यसकारणले मलाई लाग्दछ कि अब उहाँले अभिभावकको भुमिकामा आएर उहाँले सर्वसम्मतिको बाटो देखाइदिनुपर्छ । सहमति धेरै टाढाको कुरा होइन । सहमति, सहकार्य अनुसारनै महाधिवेशन सम्पन्न गर्न सकिन्छ । यदि सहमति, सहकार्य भएन भने निर्वाचनको प्रक्रिया छँदैछ ।

सम्बन्धित समाचार

डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
  • २०७८ मंसिर २०, १४: ३३

काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...

सुकुमबासी समस्या समाधान र कांग्रेसको अकर्मण्यताबाट उब्जेको ठाडो प्रश्न
सुकुमबासी समस्या समाधान र कांग्रेसको अकर्मण्यताबाट उब्जेको ठाडो प्रश्न
  • २०७८ मंसिर २०, १४: ३३

१.सुकुमबासी समस्याको शान्तिपूर्ण समाधान सुकुमबासीको परिभाषा लगाउँदा कतै घरबास र आफ्ना नाममा जीवन गुजार्न कुनै प्रकारको सम्पत्ति नभएका व्यक्तिलाई भनिन्छ...

ललितपुर कांग्रेसमा जरा अभियानको तीव्रता, ७१ वटै वडामा प्रतिनिधि खटाइयो
ललितपुर कांग्रेसमा जरा अभियानको तीव्रता, ७१ वटै वडामा प्रतिनिधि खटाइयो
  • २०७८ मंसिर २०, १४: ३३

ललितपुर । नेपाली कांग्रेस ललितपुरले यही १ गतेवाट ललितपुरमा पार्टी संगठन सुद्धीकरण तथा संगठन विस्तारको लागि जरा अभियान अन्तर्गत जिल्ला,...