ऊत्तिकै सान्दर्भिक छ मेलमिलाप दिवस – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

ऊत्तिकै सान्दर्भिक छ मेलमिलाप दिवस

बिपी कोइराला नेपालमा प्रजातन्त्रको स्थापना पछिको नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री थिए । यूग नेता बीपीले तत्कालीन दक्षिण एसियाको राजनीतिलाई हेरेर मुलुकको राष्ट्रियताको रक्षार्थ लिईएको मेलमिलापको राष्ट्रिय नीति  नेपालको सन्दर्भमा महत्वपूर्ण योगदानको रूपमा रहेको छ । यस सद्भावात्मक विचारको कदर स्वरूप हरेक वर्ष पौष १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउने गरिएको छ ।

बीपी प्रधानमंत्री भएकै समयमा २०१७ साल पुस १ गते राजा महेन्द्रबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए, जन निर्वाचित प्रधानमंन्त्री बीपीलगायतका नेतालाई थुने र नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाए ।

त्यसको ८ वर्षपछि २०२५ कात्तिक १४ गते जेलबाट रिहाइ भएपछि आफ्ना सहकर्मी सहित बीपी कोईराला भारतमा निर्वासन जीवन बिताऊन थाले ।

राष्ट्रियता, प्रजातन्त्र र मुलुकको आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुनेछ भनि चालिएको राष्ट्रियता एकता तथा मोलमिलाप नीति अहिले ४५ वर्ष पछि पनि नेपालको सन्दर्भमा अझै ऊत्तिकै सान्दर्भिक छ ।

भारतमा भएको निर्वासन जीवनको ८ बर्ष पछि २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए । त्यसै वर्षदेखि पुस १६ लाई नेपाली कांग्रेसमा आस्था राख्ने सबैले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउँदै आएका छन्।

बिपी त्यसरी भारतमा निर्वासनमा बसेका बेला त्यहाँ कांग्रेस आइकी इन्दिरा गान्धी प्रधानमन्त्री थिइन्। बीपी कोईराला पनि समाजवादी संस्था सोसलिस्ट ईन्टरनेसनलको सदस्य थिए ।भारतका जयप्रकाश नारायण, राममनोहर लोहिया, चन्द्रशेखरसहितका समाजवादी नेताहरु  प्रतिपक्षमा थिए। यही बेला गान्धीले भारतमा आपत्कालीन स्थिति घोषणा गरिन्।

बिपी पनि जयप्रकाशकै समूहमा थिए । त्यसपछि गान्धीको कदम मन नपराएका बिपी कोईराला भारतमा प्रवासीका रूपमा रहनुभन्दा आफ्नै मातृभूमि फर्केर राजा र जनताबीच मेलमिलापको नीति अपनाउनु उचित हुने भन्दै आफ्नै मुलुक नेपाल फर्के। तर मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखे ।

त्यतिबेला नेपालमा बिपीमाथि राजकाजसम्बन्धी ७ मुद्दा अदालतमा विचाराधीन थियो । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए ।

बिशेष गरि तत्कालिन अवस्थामा दक्षिण एशियामा देखिएको राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन  त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेताहरुले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए जुन तात्कालिन राजनीतिमा अत्यन्त महत्वपूर्ण राजनीतिक कदम थियो ।

उत्तिकै सान्दर्भिक छ मेलमिलाप नीति:

मुलुक र जनताको सार्बभौमताको रक्षार्थ राष्ट्रियता, जनताको अभिमतबाट सरकार निर्माण गर्न प्रजातन्त्र र जनताको समान आर्थिक हैसियत निर्माणको लागि समाजवादको मुल लक्ष वनाएर काग्रेस पार्टिको स्थापना गरि प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि अघि सारेको दृष्टिकोण नेपालको राजनीतिक वृत्तमा अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । राष्ट्रीय एकता विना मुलुक निर्माण सम्भव नभएको कुरा विगतमा मुलुकमा भएका घटनाबाट पनि पुष्टि भई सकेको छ ।

राष्ट्रियता, प्रजातन्त्र र मुलुकको आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुनेछ भनि चालिएको राष्ट्रियता एकता तथा मोलमिलाप नीति अहिले ४५ वर्ष पछि पनि नेपालको सन्दर्भमा अझै ऊत्तिकै सान्दर्भिक छ ।

नेपालको सन्दर्भमा  राष्ट्रीयताको जगेर्ना र राष्ट्र निर्माणको लागि मुलुक भित्र राष्ट्रीय एकता र मेलमिलाप अत्यावश्यक सावित भईसकेको छ ।

लेखक नेपाली कांग्रेस नुवाकोटका सभापति हुन ।

सम्बन्धित समाचार

डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
  • २०७८ पुष १४, १९: ०७

काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७८ पुष १४, १९: ०७

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
  • २०७८ पुष १४, १९: ०७

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत काठमाडौं चाबहिल सिटी क्लवका संस्थापक अध्यक्ष एवंम २०२६/०२७ का DG Elect लायन अजय...