बागमतीमा फोहोर फाल्नेलाई ठाउँको ठाउँ कारवाही हुने संयन्त्र – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

बागमतीमा फोहोर फाल्नेलाई ठाउँको ठाउँ कारवाही हुने संयन्त्र

सधैं परिणामुखी कामको पक्षमा उभिने व्यक्ति हुन् उद्धवप्रसाद तिमिल्सिना । हाल उनी अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष छन् । भोजपुरको भुल्केमा जन्मिएका तिमिल्सिना कर्तव्यनिष्ठ र समाजसेवीका रुपमा चिनिन्छन् । उनी अहिले बाग्मतीलाई ढलमुक्त बनाउने अभियानमा जुटेका छन् । वाग्मती सभ्यता एकीकृत विकास समितिमा केन्द्रित रहेर तिमिल्सिनासँग कालिका महतले गरेको कुराकानीको सम्पादित अंशः

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले के काम गर्दछ ? त्यसको थोरै पृष्ठभूमि बताइदिनुस् त ?

यसको प्रमुख काम ढलमुक्त गर्नु नै हो । त्यसको लागि सुन्दरीजलदेखि चोभारसम्म बागमतीको दायाँबायाँ ढल निर्माण गर्ने । टोलबस्तीबाट आएका जति फोहोरहरू छन् । त्यसलाई ढलमार्फत पठाउने र बागमतीमा स्वच्छ, सङ्लो र सफा पानी बगाउने पहिलो काम यही हो । दोस्रो त्यसरी ढल बनाउँदा बागमतीमा मात्रै बनाएर पुग्दैन ।

बागमतीबाहेक रहेका अन्य सहायक नदीहरूमा पनि ढल निर्माग गर्नुपर्छ । यसरी सबै नदीकिनाराबाट ढल निर्माणका साथै करिडोर बनाइसकेपछि ट्राफिक जाम पनि कम हुन्छ । यसरी ढलको साथै करिडोर, अन्डरपासको सिस्टम बनाउँदा काठमाडौंलगायत उपत्यकाभित्रको ट्राफिक जाम पनि घट्छ । ढल र करिडोर निर्माण गरिरहँदा नदीकिनारा, छेउछाउ रहेका जुन पुराना भइसकेका मठमन्दिरहरू छन् । तिनको संरक्षण र पुनःनिर्माणका कार्यहरू गर्ने । धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसावले स्वच्छ, आकर्षक र राम्रो बनाउने । लगातका योजना रहेका छन् ।

बाग्मतीमा सरसफाइ अभियानमा लाग्नुभएको कति वर्ष भयो ?

यसको स्थापना भएको झन्डै २६ वर्ष हुन लाग्यो । यसमा पूर्व मुख्यसचिव लगायतका टोलीहरूले अभियान्ताहरूको टोलीहरूले २०७० जेठ ५ देखि रुपमा बाग्मतीको सरसफाइ गर्ने एउटा अभियान सुरु गर्नुभएको थियो । त्यसपछि यो अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति पनि उहाँहरूलाई साथ दिएर उक्त अभियानमा सरिक भयो । यहाँका म्यानपावरहरूलाई बाग्मतीको फोहोरमैला व्यवस्थाको काममा अगाडि बढायो । यस संस्थामा म आएका अहिले एक वर्ष भयो । यहाँ आएकोदेखि मैले खासगरी बाग्मतीलाई ढलमुक्त बनाउने अभियानमा काम गर्दै आएको छु ।

पछिल्लो समय बाग्मती नदी आसपासमा अनधिकृत रुपमा घर, टहराहरू बनाइएका बनाएर व्यक्ति तथा विभिन्न नाममा खोलिएका संघसंस्थाहरूले ओगट्ने गरेको पाइयो । त्यसलाई हटाएर ब्युटिफिकेसन बनाउने भन्ने अभियानमा लागिपरेका छौं ।
त्यसको लागि हामीलाई एडीबीले सहयोग गरेको छ । त्यसरी बनाइएका घर, टहराहरू गरेर यो एकहप्ताको बीचमा गुहेश्वरदेखि सुन्दरीजलसम्ममा २५, ३० ओटा भत्कायौं ।

बाग्मती नदी किनाराका जग्गा अनधिकृत रुपमा भोगचलन गर्ने कस्ता व्यक्ति र संस्थाहरू रहेको पाउनुभयो ?

सुकुम्बासी, भूमिहीनका नाममा विभिन्न मान्छेहरू बस्ने । सामाजिक कामको नाममा विभिन्न संस्थाहरू राख्ने । कुनैलाई जेष्ठ नागरिक भवन भन्ने । कुनैलाई किरियापुत्री भवन भन्ने । महिलाहरूको हकहित र संरक्षण भवन भन्ने नाममा भोगचलन गरेको पाइयो । तिनीहरूलाई नगरपालिकाहरूले सहयोग पनि गर्ने ।

व्यक्तिगत रुपमा पनि पैसा उठाउने गर्ने गरेको देखियो । त्यसरी मठमन्दिर, खोलाकिनाराका जग्गा अधिकरण गरेर बनाइएका घर, टहराहरू भत्काउने अभियान जारी छ । हामीले यसरी बनाइएका घर, टहराहरू खोजिखोजी भत्काउँदै जाने योजना बनाएका छौं ।

अहिलेसम्म हामीले गोकर्णदेखि गुहेश्वरीसम्म लगभग क्लियर गरिसकेका छौं । नदीको बीच भागबाट दायाँबायाँको कति क्षेत्रफल खोलाको जग्गा हुन्छ ? यसलाई कसरी मापन गर्ने ? यति नै भनेर अहिले ठ्याक्कै डाटामा भन्न सकिँदैन । ठाउँ–ठाउँका डाटाहरू बेग्लाबेग्दै छन् ।

नदीको माथिल्लो भेकमा अलि कम छ । तलतिर जाँदै गर्दा अलि बढी छ । शान्तिनगर यरियामा आइपुग्दा मान्छेहरूले च्यापेर घर बनाइसकेकाले निकै साँघुरो भएको छ । त्यसको ठाउँ अनुसारको मापदण्ड तोकिएको छ । त्यसैले अहिले यति नै भन्ने अवस्था नभएको हो ।

त्यसरी २०७० साल अगाडि मिचिएका जग्गालाई कसरी फकाउने त ?

त्यसपछि के÷कसरी मिचिए, मासिए त्यसलाई पनि खोजतलास गर्ने र अबदेखि एक इन्चि जग्गा पनि तलमाथि हुन नदिने गरी एकदमै प्लान बनाएर लागेका छौं । त्यसैगरी सुन्दरीजलदेखि पशुपतिनाथसम्म ढलमुक्त बनाउने भनेर योजनाबद्ध ढंगले लागिपरेका छौं । खासगरी अभियानकै रुपमा लिएका छौं । त्यो अभियानलाई नतिजामुखी बनाउने काम गर्दैछौं ।त्यसको लागि एकदमै वैज्ञानिक ढंगले योजना बनाइरहेका छौं । त्यसपछि यो बाग्मतीलाई कस्ता बनाउने भनेर एउटा परामर्श दाता छनोट गरेर १० वर्षभित्रमा बाग्मतीलाई कस्तो बनाउने भनेर लागेका छौं । सबै काम रिजल्टओरियन्टेड हुनेगरी गर्दै छौं । आगामी १० वर्षभित्रमा यसको उद्देश्यअनुसारको काम सम्पन्न गरेर हस्तान्तरण गर्ने भनेर पशमर्शदाता छनोट गरेर एक्सन प्लानको जिम्मेवारी दिँदैछौं । शनिबार एक, दुईवटा प्लाटिक टिप्दैमा सोचेजस्तो सरसफाइ हुँदैन, त्यसको लागि जनचेतना चाहिन्छ भन्नेहरू पनि छन् नि तिनलाई के भन्नुहुन्छ ? तपाईंले उठाएको कुरा ठीक हो । कसैको घरमा बसेर, टेलिभिजन हेरेर आपूm केही नगर्ने गर्नेको टिकाटिप्पणी गर्ने बानी हुन्छ । त्यस्ता व्यक्तिको भनाइका पछाडि लागेर हिड्ने फूर्सद पनि छैन र उनीहरूको भनाइको उत्तर दिनुपर्ने जरुरी पनि छैन । उहाँहरूले त्यसो भनिरहँदा शनिबार दुई घण्टामा ती अभियान्ताहरूले टनकाटन फोहोर उठाएर पठाएको उदाहरणहरू छन् पहिलो कुरा ।

दोस्रो हाम्रा कर्मचारीहरूले हरेक फोहोर उठाएर पठाउने गरेका छन् । अर्को हामीले यो एक्सन खप्लानमा बाग्मतीमा सीसी क्यामेरा राखेर जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्नेसमेतको अधिकार माग सरकारसँग गरेका छौं ।त्यो अधिकार हामीलाई प्राप्त भइसकेको छैन । किन भने बाग्मतीमा फोहोर फाल्नेलाई ठाउँकोठाउँ कारबाही हुने संयन्त्र हुनुपर्छ । त्यो भयो भने मात्रै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास भन्ने नाम जस्तै काम गर्न सक्छौं । यसमा मुख्य कुरा नगरपालिका र वडाहरूले अपनत्व लिनुपर्ने हो । त्यसअन्तर्गत फोहोरमैला व्यवस्थापनलाई त्यो अधिकार पनि छ । त्यसमा हामीले हेर्दा अलिकति कमजोरी भएको जस्तो लाग्छ । त्यसमा उहाँहरूका पनि विभिन्न खाले लिमिटेसनहरू होलान् त्यसको बारेमा म टिकाटिप्पणी गर्न चाहन्न । तर, बाग्मती सरसफाइका लागि अभियानन्ताहरूले धेरै ठूलो योगदान गर्नुभएको छ । उहाँहरूले चलाउनुभएको यो अभियानले समाजमा जनचेतना जगाउने काम भएको छ । खासगरी बाग्मती कोरिडोरलाई व्यवस्थित गर्दा ढलको पनि व्यवस्थापन गर्ने त्यसको लागि टोलसुधार समितिलाई जागरुक गराउने काम पनि हामीले गरेका छौं । यसरी सम्बन्धित क्षेत्रका नागरिकहरूलाई यो अभियानमा सामेल गराउने काममा पनि हामी लागिपरेका छौं ।

जसरी हिजो गुहेश्वरीमाथिका ढलहरू बाग्मतीमा मिसाउने काम हुन्थ्यो अहिले त्यहाँका वडाहरूले त्यसलाई हटाएका छन् ?

सम्बन्धित वडाहरूले त्यो काम अभैm पनि गर्न सकेका छैनन् । बाग्मतीमा सोभैm ढल मिसाउने काम अहिले पनि भइराखेको छ । कुन–कुन ठाउँबाट ढल पसिरहेको छ भनेर पत्ता लागिसकेको छ । कपिय ठाउँमा खोजरी कार्य पनि जारी छ । त्यसरी बाग्मतीमा सोझै ढल मिसाउने काम यो आर्थिक वर्षभित्र बन्द गराउने छौं । त्यसको लागि मास्टर प्लान बनाएर अगाडि बढेको अवस्था हो ।

जति प्लाटिक टिपेपनि ढल मिसाएपछि पानी कसरी सफा हुन्छ, त्यसमा अधिकार सम्पन्न बाग्मती सभ्यताको पनि ध्यान गएन भन्ने गुनासो छ नि ?

तपाईंले उठाउनुभएको कुरा ठीक हो । किन भने अहिलेसम्म कुनै काम भएनन् भनेर नै यो ढलमुक्त बाग्मती बनाउने नयाँ काम थालेका छौं । ढल भएको ठाउँमा व्यवस्थित गर्ने र नभएका ठाउँहरूमा व्यवस्था गरी क्लियर गर्दै जाने भनेर योजना बनाएको छु । त्यसको साधनस्रोतको व्यवस्था पनि गरिएको छ ।

नपुग स्रोतको लागि माननीय मन्त्रीज्यूसँग कुरा गर्दा उहाँले ‘तपाईं काम गर्नुहोस् म नपुग स्रोतको व्यवस्था मिलाइदिन्छु’ भन्नुभएकाले जोडतोडका साथ काम भइरहेको छ । यही रफ्तारमा काम गर्ने हो भने यो आर्थिक वर्षभित्रमा ढलमुक्त बाग्मती भएरै छाड्छ ।

त्यसोभए अब बाग्मतीमा ढल तथा फोहोरमैला मिसाउनेलाई कडा कारबाही गर्नेगरी अगाढि बढ्नुभएको छ हो ?

हो, यसपटक मैले सुन्दरीजलदेखि पशुपतिसम्मको योजना बनाएको छु । अर्को साल त्यसलाई बढाएर पशुपतिबाट हनुमन्ते दोभानसम्म पुर्‍याउने योजना छ । यो वर्ष चाहिं सुन्दरजलबाट पशुपतिसम्मको भागमा ढलमुक्त, सोच्छ, सुन्दर, सफा बाग्मती बनाउँछौं । अब तपाईंहरूले खोजेजस्तो सग्लो, सोच्छ, सफा र सुन्दर पानी बागमतीमा देख्न पाउनुहुन्छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमा भएका मेसिनको काम के हो ?

त्यो ट्रिटमेन्ट प्लान्ट हो । त्यसको काम चाहिं जोरपाटी, बौद्ध, चाबहिल, नयाँबस्तीलगायतका जति पनि ढलहरू छन् । त्यहाँबाट आउने फोहोर पानीलाई त्यो मेसिनमा ल्याएर हालिन्छ । त्यसले ढलबाट आउने ठोस र तरल छुट्ट्याउने काम गर्दछ । त्यसपछि त्यो ठोस वस्तु निकालिन्छ र फोहोर पानीलाई ट्रिटमेन्ट प्लान्टमार्फत सफा गरेर बाग्मतीमा पठाउने काम गर्दछौं । त्यो प्रतिविधिको व्यवस्था अरु तीन, चार ठाउँबाट पनि गर्दै छौं ।

त्यसको लागि धोबीखोला र विष्णुमति खोलाको लागि जग्गाको खोजी गरिरहेका छांै । ट्रिमसेन्ट प्लान्ट सबै ठाउँमा बनाइसकेपछि मत्रै बाग्मतीलगायत उपत्यकाका सहायक नदीका पानी सफा हुने हो । त्यो अभियानमा अहोरात्र खटिरहेको छु । हामीले देखिने गरी काम गरेको चाहीं हाम्रो अफिस पछाडिको ट्रिटमेन्ट प्लान्ट हो ।

तपाईंहरूको ढलनिकास बाहेक अर्को काम के हुन्छ ?

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको ढलनिकास अर्को काम भनेको नदी छेउमा कोरिडोर खोल्ने । ट्राफिक जामलाई निकास दिने । नदीकिनारालाई ब्यूटिफिकेसन गर्ने । अहिले हामी गुहेश्वरीदेखि गोकर्णको बीचमा एडीबीको सहयोगमा धमाधम काम गरिरहेका छौं ।

पशुपतितलका तिलगंगादेखि तीनकुनेहुँदै हनुमन्तसम्मका ठाउँमा हेर्दा पनि देखिन्छ । नदीकिनारामा थप्रै ब्युटिफिकेसनका कामहरू भइरहेका छन् । ती ठाउँमा बोटविरुवाहरू हुर्किएर ठूला–ठूला भएका छन् । जसले शहरलाई हरियालीमा परिणत गरेको छ । बाग्मती नदीमा सुन्दरता थपिएको छ ।

पुराना मठमन्दिरहरूको जिर्णोद्धार गर्ने कामहरू पनि भएका छन् । भरखरै मात्र हामीले १५ ओटा पुराना मठमन्दिरहरू पुनःनिर्माण गरेर गुठी र सम्बन्धित निकायले हस्तान्तरण गरेका छौं । त्यसैगरी थापाथली, त्रिपुरेश्वर, कालीमाटीहुँदै कीर्तिपुरसम्मका २०७२ सालको भूकम्पले ध्वस्त बनाएका पुराना मठमन्दिरहरू पुनःनिर्माण गरेर हस्तातरण गर्ने काम भएका छन् । अन्य पुराना कलाकीर्तिले सिंगारिएका पुरातात्विक र ऐतिहासिक मठमन्दिरको जीर्णोद्धार गर्ने काम पनि भइरहेका छन् । त्यसैले ढलनिकासबाहेक हामीले गर्ने काम यी पनि हुन् ।

धेरै काम गरेको बताउनुभयो, के भएदिए यी काम गर्नलाई अझ सहज हुन्थ्यो जस्तो लाग्छ ?

हामीलाई कामको जिम्मेवारी अनुसार बलियो ऐनको खाँचो छ । काम गर्नलाई एउटा बलियो कानुनको अभाव छ । दोस्रो नेपाल सरकारले २०७२ सालदेखि तपाईं हामीले तिरेको करको १० प्रतिशत बाग्मती सभ्यताको नाममा उठाएको छ । त्यो पैसा अहिलेसम्म हामीलाई नदिएका कारण स्रोत पुगेको छैन । त्यसरी संकलन भएको पैसा अहिले अर्बौं रुपैयाँ भइसकेको छ । त्यो पैसा हामीलाई नेपाल सरकारले निर्वाध रुपमा दिनुपर्छ । २०७५ साल अगाडिको अर्थमन्त्रालयमा छ । त्यसपछिको प्रदेशअन्तर्गतको अर्थमन्त्रालयमा थन्किएर बसेको छ । हामी दिनृुको सट्टा उहाँहरूले रकमान्तर गरेर चलाउनुभएको छ । त्यसरी संकलन भएको पैसा हामीलाई तुरुन्त चाहियो भन्ने मेरो भनाइ हो । त्यो भयो भने हामीले प्लान गरेका सबै काम गर्न सक्षम हुन्छौं ।

अर्को व्यक्तिले अधिकरण गरेका जग्गामा बनेका घर, टहरा भत्काउँदा सांघातिक हमलासमेत हुने गर्दछन् । त्यसको लागि कडा कानुनसहित सुरक्षाको व्यवस्था हुनुपर्छ । अस्तिमात्रै गोकर्ण यरियामा अनधिकृत घर, टहरा भत्काउने क्रममा हामीमाथि विभिन्न हमलाहरू भएका थिए । त्यसरी बस्नेले घर, टहरा भत्काउने क्रममा ढुंगामुढादेखि कुट्नपिट्समेत पछिपरेनन् । त्यसबेला अनेक गरेर कन्मिन्स गराइयो, प्रहरी, प्रशासन लगाएर सम्झाइयो । यो ठाउँ छोड्नुहोस् तपाईंहरूलाई अर्को ठाउँमा व्यवस्था गर्छौं भनेर छलफल, वार्ता गरियो । त्यसकारण हामीले निर्धक्कसँग काम गर्नको लागि बलियो कानुन चाहियो भनेर माग गरेका हौं ।

सम्बन्धित समाचार

डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
  • २०७८ माघ १८, १४: २९

काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७८ माघ १८, १४: २९

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

सुकुमबासी समस्या समाधान र कांग्रेसको अकर्मण्यताबाट उब्जेको ठाडो प्रश्न
सुकुमबासी समस्या समाधान र कांग्रेसको अकर्मण्यताबाट उब्जेको ठाडो प्रश्न
  • २०७८ माघ १८, १४: २९

१.सुकुमबासी समस्याको शान्तिपूर्ण समाधान सुकुमबासीको परिभाषा लगाउँदा कतै घरबास र आफ्ना नाममा जीवन गुजार्न कुनै प्रकारको सम्पत्ति नभएका व्यक्तिलाई भनिन्छ...