वसन्तपुरमा विधिवत चीर ठड्याइयो – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

वसन्तपुरमा विधिवत चीर ठड्याइयो

काठमाडौं । फागू पूर्णिमा सुरुवातको संकेत स्वरुप बिहीबार वसन्तपुरमा विधिवत चीर ठड्याइएको छ ।शुभसाइतमा रंगीचंगी कपडाको टुक्रा झुन्ड्याएर चीर ठड्याइएको हो ।

हनुमानढोका दरबार दक्षिणतर्फ छत्र आकारमा रंगीचंगी कपडाका टुक्रा झुन्डाएर सिंगारिएको चीर ठड्याइएको हो । मानन्धर समुदायद्वारा फाल्गुन शुक्ल अष्टमीका दिन चीर गाड्ने चलन छ । चीर गाड्दा हनुमानढोकामा गुरुजूको पल्टनले हर्ष बढाइँ गरी सलामीसमेत दिएका थिए ।

प्रत्येक वर्ष फाल्गुण शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै मुलुकभर होलीको माहोल सुरु हुन्छ । वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रूपमा लिइन्छ ।

पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै वसन्त ऋतु आरम्भ भएको मानिन्छ ।

सम्बन्धित समाचार

डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
  • २०७८ फाल्गुन २६, १३: ३३

काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७८ फाल्गुन २६, १३: ३३

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
  • २०७८ फाल्गुन २६, १३: ३३

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत काठमाडौं चाबहिल सिटी क्लवका संस्थापक अध्यक्ष एवंम २०२६/०२७ का DG Elect लायन अजय...