थाँती रहेका काम सम्पन्न गर्न मेरो उम्मेद्वारी – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

थाँती रहेका काम सम्पन्न गर्न मेरो उम्मेद्वारी

सधैं जनताको काममा दत्तचित्त कर्णबहादुर मगर तीनपाटन गाउँपालिकाका प्रमुख हुन् । सिन्धुलीको दुर्गम ठाउँमा फिक्कल गाउँपालिकामा जन्मिएका उनी मिलनसार युवा नेता स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनको पठनपाठन स्थानीय सामुदायिक विद्यालय हुँदै सिन्धुली क्याम्पसबाट सम्पन्न भयो । नेविसंघबाट राजनीतिमा हात हालेका मगर तरुण दल हुँदै अहिले नेपाली कांग्रेसको क्षत्रीय सभापति र तीनपाटन गाउँपालिका अध्यक्षसमेत रहेका पुनः सोही गाउँपालिकाको अध्यक्ष उठ्ने तयारीमा जुटेका छन् । उनै मगरसँग स्थानीय निर्वाचनमा केन्द्रित रहेर विकल्पका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंशः


तपाईं फेरि तीनपाटन गाउँपालकाको अध्यक्षमै उठ्न लाग्नुभएको हो ?

हो । नेपाली कांग्रेस वडा कार्यसमितिको छलफलबाट आएको सिफारिस र आम गाउँपालिकावासीको चाहनाको आधारमा पुनः तीनपाटन गाउँपालिकाको अध्यक्ष उठ्ने तयारी गरिरहेको छु । त्यसको लागि यस गाउँपालिका अन्तर्गत नेपाली कांग्रेसका सबै वडा कार्यसमितिबाट मलाई सर्वसम्मत रुपमा सिफारिस भएको छ । त्यसमा कांग्रेसका सबै अग्रज नेता, कार्यकर्ताको समर्थन रहेको छ । अग्रज नेता, कार्यकर्तामाझ छलफल, बहस भएर मलाई यस गाउँपालिकाको अध्यक्षको लागि सर्वसम्म निर्णय भएको हो । त्यसकै आधारमा म तीनपाटन गाउँपालिकाको अध्यक्ष उठ्ने तयारीका साथ चुनावी अभियान जुटिरहेको छु ।

तपाईं नै दोहोरिएर अध्यक्षमा दावी गर्नुको कारण के हो ?

खासगरी म यो गाउँपालिकाको जनप्रतिनिधिको रुपमा देशमा संघीयता लागु भइसकेपछिको पहिलो जनप्रतिनिधि हु्ँ । त्यसमा मैले चुनावका बेला बाचा गरेका कतिपय कामहरु पुरा गर्न सकेको छुइन होला । त्यो बाचालाई पुरा गर्ने मेरो चाहना हो । जनताका पनि इच्छा, आकांक्षा, चाहनाहरु धेरै छन् । मैले चुनावका बेला गरेका प्रतिवद्धता, एजेन्डा थिए । त्यसलाई परिपूर्ति गर्ने मेरो इच्छा र दायित्व हो भने जनताको आकांक्षा थियो । त्यसलाई पूरा गर्न विभिन्न वाधा अड्चनका कारण पुरा हुने केनन् । त्यसमा पहिलो कारण भनेको सबै नयाँ संरचना भयो । फेरि दुई तिहाई बहुमत नजिकको सरकारको प्रतिपक्षी भएर काम गर्नुपर्ने वाध्यता भयो । आपूm अध्यक्ष भइरहँदा वडा कार्यालयहरु अन्य पार्टीका भएकाले पनि काम गर्न असज भयो । अर्को कोरोना कहरले पनि थालिएका विकास निर्माणका कामहरु ठप्प भए । त्यसकारण मेरो एजेन्डा, चाहना अनुसारका कामहरु अधुरा रहे । मलाई आपूm नेतृत्वमा रहेर ती अधुरा कामहरु परिपूर्ति गर्ने इच्छा छ । त्यसकारण फेरि एकपटक पूर्ण बहुमतका साथ मलाई मौका दिनुहोस् भनेर यहाँका कांग्रेस नेता, कार्यकर्ता, आम जनतासमक्ष अपील गरेको गर्दछु । यहाँका आमनागरिकहरुले मलाई एकपटक बहुमतले जिताएर मौका दिनुभएको खण्डमा मैले एजेन्डाहरुलाई पुरा गर्ने छु ।

त्यसोभए तपाईं पहिलो चुनावी एजेन्डाका बाँकी काम पुरा गर्न फेरि उम्मेदवार बन्नुभएको हो ?

त्यति मात्रै होइन । त्यसबेला कांग्रेसको अल्पमतका कारण धेरै काम गर्न वाधा अड्चन आए । अबको कार्यसमिति कांग्रेसको पूर्ण बहुमतसहित नेतृत्वमा आउने उद्देश्यले मैले आफ्नो उम्मेदवारी हुने प्रतिबद्धता जाहेर गर्न चाहन्छु । गाउँपालालिका, नगरपालिकाको काम गर्ने सफल बनाउने बडी भनेको वडा कार्यसमितिहरु हुन् । त्यसमा हामी अल्पमतमा थियौं । त्यो भइरहँदा कतिपय विकास निर्माणका काममा वाधा प¥यो । राजनीतिक रुपले अलमल भयो । त्यसकारण यसपटक पूर्ण बहुमतको अध्यक्ष भएर जनताका इच्छा, आकांक्षा अनुसार काम गर्ने मनोबल लिएर दोहोरिएर अध्यक्षको तयारी गरिरहेको छु ।

यसपालि चाहीं तपाईंको नेतृत्वमा बहुमत आउने आधार के त ?

यसपालि नेपाली कांग्रेसको नेतृत्वमा बहुमत आउने विभिन्न आधार छन् । पहिलो कुरा त नेपाली कांग्रेसको देशैभर लहर चलेको छ । त्यसको प्रभाव तीनपाटन गाउँपालिकामा पनि छ । धेरै साथीहरु अन्य पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गर्नुभएको छ । अर्को विभिन्न समस्याका बाबजुद पनि छोटो समयमा मैले गरेका कामले यहाँका आम गाउँपालिकावासीहरु प्रभावित हुनुहुन्छ । यी आधारमा नेपाली कांग्रेस एक्लैले सानदार चुनाव जित्न सक्ने माहोल छ । यतिबेला फरक–फरक ढंगले उम्मेदवारी दिने हो भने बहुमतका साथ चुनाव जित्न सक्छौं । त्यति हँदाहुँदै पनि सत्तगठबन्धनका दलहरुसँग केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन गर्ने निर्णय केन्द्रले गरिसकेको छ । त्यसकै आधारमा तीनपाटन गाउँपालिका अन्तर्गत सबै वडातहसम्म हामी गठबन्धनमै जाने छौं । त्यसको लागि नेपाली कांग्रेस, माओवादी र समाजवादी दल मिलेर जाने निर्णग गरेका छौं । नेपाली कांग्रेसले अध्यक्षको नेतृत्व गरेर सबै वडा तहसम्म जाने तयारी गरेका छौं । त्यसले हामी पूर्ण बहमुतका साथ चुनाव जित्छौं र अधुरा काम र आगामी दिनमा गरिने थप नयाँ योजनासहित अगाडि बढेको छु ।

त्यहाँ कांग्रेस, समाजवादी र माओवादी केन्द्रको मात्रै तालमेल हो ?

हो, केन्द्रमा पाँचवटा पार्टीको गठबन्धन भएपनि यहाँ कांग्रेस, माओवादी केन्द्र र समाजवादी गरी तीनवटा पार्टीको मात्रै प्रभाव छ । त्यसमा हामी तिनै दलले आपसी छलफल गरी चुनावी तालमेल गर्ने निर्णय भइसकेको अवस्था छ । उहाँहरुले नेपाली कांग्रेसको नेतृत्व स्वीकारेर चुनावमा जाने निर्णय गरिसक्नुभएको छ । त्यसमा मैले फेरि दोहोरिएर अध्यक्षको टिकट लिइरहँदा उहाँहरु एकदमै खुुसी हुनुहुन्छ ।

तपाईंहरुले तिनै दल एकढिक्का भएर चुनावी तयारीमा लागिसक्नुभएको हो ?

म यस क्षेत्रको नेपाली कांग्रेसको नेता भएको कारण पनि गठबन्धनका साथीहरु सँगै लिएर जानुपर्छ भन्ने मेरो विचार हो । त्यसमा उहाँहरु एकदमै खुसी हुनुहुन्छ । पार्टीका आ–आफ्ना सिद्धान्त, विचार भए तापनि चुनावी गठबन्धनमा हामी एकढिक्का भएर अध्यक्षलगायत सम्पूर्ण टिम जिताउन मरिमेटेर लागिपर्ने छौं । त्यसको नेतृत्व अध्यक्ष उम्मेदवारको हैसियतले मैलु लिनुपर्छ । उहाँहरु मेरो नेतृत्व स्वीकारेर जान राजी हुनुहुन्छ । हामी सानदार बहुमतका साथ सबै वडा तहदेखि तीनपाटन गाउँपालिकामा विजयोन्मुख छौं ।

दोहोरिएर उठिरहँदा पहिला के के गर्नुभयो र आगामी नयाँ एजेन्डा के के छन् ?

मैले अहिलेसम्म गरेका कामको कुरा गर्नुपर्दा अगाडि भनेको छु । पहिला गाउँपालिका भवन थिएन । अहिले गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न हुने क्रममा पुगेको छ । त्यसैगरी विभिन्न वडा कार्यालय भवन निर्माणका क्रममा छन् । बाँकी वडा कार्यालयहरु भवन आगामी दिनमा निर्माण गर्ने हो । बाटोघाटो, पुलपुलेसालाई व्यवस्थित गर्ने हो । प्रायः सबै वडामा बाटो पुगिसकेको छ । त्यसलाई पीच गर्ने व्यवस्थित गर्ने, साँघुरा बाटोलाई फराकिलो बनाउने । सामुदायिक विद्यालय दक्ष जनशक्ति उत्पादनको लागि मर्यादित, व्यवस्थति र विश्वसनीय बनाउने हो । नयाँ योजनाको कुरा गर्नुपर्दा अहिले देशमै खड्किएको विषय कृषि उत्पादन हो । तीनपाटन गाउँपालिकामा कृषियोग्य जमीन र सिंचाइको लागि पानीको सुविधा भएकाले कृषि उत्पादनमा जोड दिने हो । त्यसको लागि व्यवसायिक कृषि योजना ल्याउने । किसानहरुलाई प्रोत्साहन दिनका लागि विभिन्न कृषि कार्यक्रमहरु ल्याउने । आधुनिक कृषि योजना भित्र्याउने । अर्गानिक खेतीलाई प्रोत्साहन गर्ने । त्यसको लागि पशुपालनमा जोड दिने । स्थानीय कृषि उत्पादन बिक्रीवितरणका लागि बजार व्यवस्थापन गर्ने । सीपमुलक र व्यवसायिक शिक्षालाई जोड दिने । स्वास्थ्य हरेक वडामा स्वास्थ्य चौकी र औषधोपचारका लागि दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गर्ने हो ।

पाँच वर्षे कार्यकालमा गाउँपालिका भवन पनि सम्पन्न गर्न सकेनन् भन्ने गुनासो छ नि ?

गाउँपालिका भवन निर्माणको काम द्रुत गतिमा भइरहेको छ । कोरोना कहरका कारण एक वर्षजति ढिलासुस्ती भयो । त्यसताका झन्डै डेढवर्ष जस्तो काम ठप्प भयो । निर्माण सामाग्री ल्याउन गाह्रो भयो । जनशक्ति अभाव भयो । अब फेरि हामी निर्वाचित भएर आइसकेपछि ४, ५ महिनापछि त्योबाट गाउँपालिकाको सेवा प्रवाह गर्दछौं ।

स्थानीय तह सर्वसाधारण मैत्री भएनन्, प्रभाव र दबाबमा मात्रै काम हुन्छ भन्ने गुनासो छ नि के भन्नुहुन्छ ?

ज्हासम्म सेवा प्रवाहका कुरा छन् त्यसमा भन्नुपर्दा विवाह दर्ता, मृत्यु दर्ता, सिफारिस, बसाइँसराइँ जस्ता काम सर्वसुलब ढंगले अगाडि बढाएका छौं । यी कामहरु जनताका जीवन जोडिएका र सम्वेदनशील भएकाले अझ चुस्त, दुरुस्त, छिटो, छरितो बनाउन लागिपरेका छौं । तीनपाटन गाउँपालिकामा ११ वटा वडा कार्यालयहरु छन् । तिनै वडाबाट विवाह, मृत्यु, बसाईंसराईं, सिफारिस लगायत कामहरु हुन्छन् । त्यस्ता कामहरु छिटोछरिता ढंगले गरिदिन वडा–वडा कार्यालयलाई निर्देशन गरेका छौं । पटक–पटक वडा अध्यक्ष, सचिवहरु राखेर मिटिङ गरेर जनताको सेवा प्रभावहलाई चुस्तदुरुस्त राख्न सुझाइरहेका हुन्छौं । त्यसकारण अरु ठाउँमा के–कस्तो छ भन्न सकिँदैन । तीनपाटन गाउँपालिकामा मेरो काम समयमा भएन भनेर गुनासो आएको छैन । र, आगामी दिनमा त्यस्ता गुनासाहरु आउन दिनेवाला पनि छैनौं ।

तीनपाटन गाउँपालिकामा नेपाली कांग्रेसबाट तपाईं बाहेक अरुबाट अध्यक्षमा दावी भएन ?

चुनावका बेला पदको दावी गर्नु स्वाभाविक कुरा राजनीतिक पार्टीमा । कांग्रेसका अन्य नेताहरुबाट पनि दावी आइरहँदा सबै साथीहरुबाट कर्णबहादुर मगर नै चाहिन्छ । यहाँको सुशासनका, विकास निर्माणका अधुरा कामहरु परा हुँदैनन् । नयाँ विकासका योजनाहरु पछाडि पर्दछन् । पहिला थाँती रहेका कामहरु पूर्ण रुपमा अगाडि बढ्दैनन् भन्ने भएपछि मलाई पार्टीले सर्वसम्मत रुपमा निर्णय गरेको अवस्था हो । नेपालका विवादरहित जनप्रतिनिधिमा कम मध्येमा म पनि पर्छु ।


दलित, महिला, पिछडा वर्गको स्तरोन्ततिको लागि कस्तो योजना ल्याउनुभएको छ ?

तीनपाटन गाउँपालिकाभित्रका दलित, महिला, पिछडा र लोपोन्मुख समुदायलाई राज्यले सेवा, सुविधामा कुनै कन्जुस्याइँ भएको छैन । उनीहरुका बालबालिकाको लागि छात्रवृत्तिको व्यवस्था गरेका छौं । त्यो अभैm पर्याप्त छैन त्यसको लागि आगामी दिनमा अभैm कोटा बढाएर पढ्न चाहने, सीप सिक्न चाहने र कृषि उपार्जनको लागि आगामी दिनमा थप अवरहरु दिइने व्यवस्था गरिँदै छ ।

अन्त्यमा त्यहाँका नागरिकलाई के भन्न चाहनुहुन्छ ?

तपाईंको मिडियामार्फत तीनपाटन गाउँपालिकाका वासिन्दालाई के भन्न चाहन्छु भने यो पाँच वर्षे कार्यकालमा मैले जे÷जति काम गरेँ त्यो पर्याप्त छैन भन्ने लाग्छ । मेरो एजेन्डामा परेका धेरै कामहरु अधुरा छन् । त्यसलाई सम्पन्न गर्नका लागि, अन्यमा परेका जनतालाई न्याय दिनका लागि, सुशास र समृद्धिका लागि अब एक पटक मलाई मतदान गरेर अवसर दिनुहोस् भन्न चाहन्छु । नेपाली कांग्रेसबाट सर्वसम्मत रुपमा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेर आइरहँदा यहाँहरुले पक्कै पनि हिजो मैले गरेका कामका आधारमा, व्यवहारका आधार मलाई बहुमतसहित विजय बनाउनुहुन्छ भन्नेमा विश्वस्त छु । मलगायत मेरो टिमलाई बहुमतसहित जिताउनु हुने छ भन्नेमा ढुक्क छु । त्यसको लागि फेरि पनि यस गाउँपालिकाका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आमा, बुबाहरुमा आर्दिक आग्रह गर्दछु ।

सम्बन्धित समाचार

डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
  • २०७९ बैशाख ५, १३: ०९

काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७९ बैशाख ५, १३: ०९

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

सुकुमबासी समस्या समाधान र कांग्रेसको अकर्मण्यताबाट उब्जेको ठाडो प्रश्न
सुकुमबासी समस्या समाधान र कांग्रेसको अकर्मण्यताबाट उब्जेको ठाडो प्रश्न
  • २०७९ बैशाख ५, १३: ०९

१.सुकुमबासी समस्याको शान्तिपूर्ण समाधान सुकुमबासीको परिभाषा लगाउँदा कतै घरबास र आफ्ना नाममा जीवन गुजार्न कुनै प्रकारको सम्पत्ति नभएका व्यक्तिलाई भनिन्छ...