उम्मेदवार मनाेनयन दर्ता समय सकियाे – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

उम्मेदवार मनाेनयन दर्ता समय सकियाे

काठमाडौं । निर्वाचन अायाेगले उम्मेदवार मनोनयन दर्ताको लागि तोकिएको समयसीमा सकिएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ताका विहान १० बजे देखि ५ बजेसम्मको समय तोकेको थियो ।

निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन उम्मेदवार मनोनयनका लागि समय छुट्टयाएको पनि पहिलो दिन थोरै दलहरुले मात्रै मनोनयन दर्ता गराएका थिए । दोस्रो दिन केही भिड भएपनि सो समय अपरान्ह ५ बजेसम्म सकिएको छ ।

उम्मदवारी मनोनयनको समय सकिएसँगै निर्वाचन आयोग देशैभरको विवरण संकलनमा जुटेको छ । मनोनयनपछि आयोगले वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको जनाएको छ ।

निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सम्बद्ध दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गरेको छ भने निर्वाचन आचारसंहिता उल्लंघन भएका उजुरी आए तुरुन्त कारवाही गरिने जनाएको छ ।

सम्बन्धित समाचार

डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
डा. शेखरका कारण कांग्रेसमा कोइरालाहरुको विरासत गुम्दै
  • २०७९ बैशाख १२, १७: ३३

काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७९ बैशाख १२, १७: ३३

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
नेपाली लायनिजमको ईतिहासमा चावहिल सिटीको गौरबपूर्ण कार्यलाइ अभूतपुर्व सफलता
  • २०७९ बैशाख १२, १७: ३३

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत काठमाडौं चाबहिल सिटी क्लवका संस्थापक अध्यक्ष एवंम २०२६/०२७ का DG Elect लायन अजय...