शेयर बजारमा झिनो अंकको गिरावट, एक अर्ब ४ करोडमाथिको कारोबार – Naya Bikalpa
May 14, 2024, Tuesday

शेयर बजारमा झिनो अंकको गिरावट, एक अर्ब ४ करोडमाथिको कारोबार

काठमाडौं । नेप्से साताको कारोबारको पाँचौं दिन बिहिबार झिनो अंकले घटेको छ । आज नेप्से २.१३ अंकले घटेर एक हजार ९ सय ३७ दशमलब ७४ विन्दुमा रोकिएको छ । आज नेप्सेमा एक अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ११७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६१ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । ग्लोबल आइएमर्ई लघुवित्त वित्तीय संस्था र मल्टीपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्य ४ प्रतिशत भनदा बढीले बढेको हो ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ । यसको आज १३ करोड १० लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएको छ ।

सम्बन्धित समाचार

कांग्रेस सांसदले उठेर विरोध गरेपछि ‘राष्ट्रपतिलाई धन्यवाद’ दिने प्रस्ताव पारित हुन सकेन
कांग्रेस सांसदले उठेर विरोध गरेपछि ‘राष्ट्रपतिलाई धन्यवाद’ दिने प्रस्ताव पारित हुन सकेन
  • २०७९ भाद्र २३, १६: १२

  काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा लागि मंगलबार प्रस्तुत...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम
यस्तो छ सरकारको नीति तथा कार्यक्रम
  • २०७९ भाद्र २३, १६: १२

  काठमाडौं। सरकारले काठमाडौंको चक्रपथसहित देशका अध्यधिक सवारी चाप हुने सडकखण्डमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र...

भूमिहिन ५ लाखलाई सरकारले जग्गा दिने
भूमिहिन ५ लाखलाई सरकारले जग्गा दिने
  • २०७९ भाद्र २३, १६: १२

काठमाडौं। सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक...