पर्वतमा २५ विद्यालय समायोजन – Naya Bikalpa
May 16, 2024, Thursday

पर्वतमा २५ विद्यालय समायोजन

पर्वत। विद्यार्थी संख्या घट्दै गएपछि जलजला गाउँपालिकाले २५ विद्यालय समायोजन गरेको छ । पालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको तह समायोजन गरी नजिकको अर्को विद्यालयमा गाभिएको हो ।

गाउँपालिकाभित्र सञ्चालित आधारभूत र माध्यमिक गरी ४४ विद्यालय मध्ये २५ विद्यालयमा विद्यार्थी संख्या अत्यन्त न्यून भएपछि तह समायोजन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । त्यसमध्ये तीन विद्यालय भने पूरै कक्षा नै समायोजन गरिएको उनले बताए ।

विद्यार्थी संख्या घट्दै गएर कक्षा कोठा नै रित्ता हुन थालेपछि गाउँपालिकाले तह समायोजन गर्ने निर्णय गरेको थियो ।

यही वैशाख १२ गते गाउँ शिक्षा समिति र वडा शिक्षा समितिका संयोजकको संयुक्त बैठकले विद्यार्थी संख्या कम भएका प्रावि तथा आधारभूत विद्यालयको कक्षा समायोजन गरिएको गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिकाका अध्यक्ष आचार्यले बताए ।

सम्बन्धित समाचार

गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
गोतामे गौतम कुल देवता व्यवस्थापन संघको २१ औं साधारण सभा तथा जल भण्डारण ढुंगेधारा गृहको उद्घाटन
  • २०८१ बैशाख १७, १६: २६

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित गोतामथोकमा गोतामे गौतम कुल देवता व्यवस्थापन संघको साधारण, सभा तथा संघको...

प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
प्रेस युनियन कोशी प्रदेशद्वारा एक करोड रुपैयाँको अक्षयकोष स्थापना
  • २०८१ बैशाख १७, १६: २६

  विराटनगर। नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ। कोशी प्रदेशको पर्यटकीयस्थल...

कांग्रेस सांसदले विरोध जनाएपछि राष्ट्रियसभाको आजको बैठक स्थगित
कांग्रेस सांसदले विरोध जनाएपछि राष्ट्रियसभाको आजको बैठक स्थगित
  • २०८१ बैशाख १७, १६: २६

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार नहुँदा राष्ट्रियसभाको विहीबारको...