
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी बाढीका प्रभाव र समाधानका विषयमा २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।
केन्द्रीय कार्यालयमा बसेको बैठकमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका चुनौतीबारे विस्तृत छलफल भएको जनाइएको छ ।
बैठकले तत्काल खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने, राहत वितरणलाई व्यवस्थित गर्ने, अस्थायी आवासको व्यवस्था गर्ने र प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा तथा पूर्वाधार पुनःसञ्चालनलाई प्राथमिकता दिने निर्णय गरेको छ ।
साथै, दीर्घकालीन समाधानका लागि सुरक्षित आवास योजना, जोखिम मूल्याङ्कन, राष्ट्रिय जलवायु तथा विपद् कोष स्थापना, पूर्वसूचना प्रणाली सुदृढीकरण र द्रुत प्रतिकार्य टोली गठनलाई समेत प्रस्तावमा समेटिएको छ ।
यसैगरी, अन्तर्राष्ट्रिय जलवायु न्यायको पक्षमा पहल र राष्ट्रिय एकता सुदृढ गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त...
काठमाडौं : रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेशमन्त्री आदमले...