
१. नेपाली कांग्रेसको गतिशीलताप्रति चासो
२०८२साल भदौ २३ र २४गतेको नवयुवाहरुको आह्वानमा भएको जेनजी आन्दोलनप्रति विभिन्न तरिकाले व्याख्या गर्ने काम भइरहेको छ । झन त्यो आन्दोलनको दोस्रो दिन भएका घटनाले मुलुक नयाँ मोडमा उभिएकै हो । भदौ २४गतेको घटनाको बेलामा यो देशको प्रधानमन्त्रीका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्थ्यो र गृहमन्त्री को थियो भन्ने स्पष्ट छैन किनभने भदौ २३गते नै तत्कालीन गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेका थिए । यसो हेर्दा २४गते कुनै नयाँ गृहमन्त्री देखिँदैन, २३गते राजीनामा दिइसकेकाले लेखकले पनि कमान्ड समालेको देखिँदैैन । तर जेजे हुनुपथ्र्यो, नहुनुपथ्र्यो , सबै कुरा भयो ।
मुलुकमा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामाथि धाबामात्र बोलिएन, आगजनी गरेर ती संस्थाहरुको प्रतीकका रुपमा ठडिएका भवनहरु खरानी खरानी बनाइयो, वर्तमान अवस्थामा र विभिन्न कालखण्डको समयमा सत्तामा रहेका, वर्तमान समयमा महत्वपूर्ण सरकारी ओहोदामा या पदमा समेत रहेका व्यक्तिहरुको घर जलाइयो, सम्पत्ति नष्ट गरियो र कतिपय नेताहरुमाथि आक्रमण हुने शङ्कामा नेपाली सेनाले संरक्षण गरेको देखियो । यसमा नेपाली राजनीतिमा ५पटक प्रधानमन्त्री हुनुभएका र सत्तामा सहभागी मुख्य दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र तत्कालीन परराष्ट्र मन्त्री आरजु देउबा राणामाथि कुटपिट भयो, रक्ताम्य हुने गरी पिटिएको मात्र होइन, अस्पताल लैजानका लागि जलेको घरको परिसरबाट लैजान दिइएको थिएन, हेलिकप्टर बस्न पनि दिइएको थिएन । अर्थात् झन्डै नमारेको मध्ये चाहिँ देउबा दम्पति परेका थिए ।
अरुलाई त सेनाले बेलैमा सुरक्षाका घेरामा राखेको पाइयो । देउबा दम्पतिलाई राती साँढे दसबजेमात्र , अस्पताल लान सकियो हेलिकप्टरमार्फत् । त्यसपछि धेरै समयसम्म उहाँहरुको उपचार गरिएको थियो ,त्यो पनि सेनाको अस्पतालमा र सेनाको सुरक्षामा नै ।
भदौ २२गतृेसम्म २०८३साल मंसिरमा महाधिवेशन गर्न चुपचाप रहेका महामन्त्रीहरु सक्रिय भए र त्यही बेलामा एउटा कुरा आयो, यो नेतृत्वले नेपाली कांग्रेस धान्न सक्दैन, यो नेतृत्वको नाममा तोकिएको फागुन २१को निर्वाचनमा जान सकिँदैन, मत आउन सक्दैन, त्यसैले बदलिँदो परिवेशमा नयाँ नेतृत्व चाहिन्छ भन्ने माहौल देशभर बन्यो, बनाइयो । बेलामा निर्वाचनका तयारी नगर्ने को हो , को हुन् , अवरोधका लागि कोको जिम्मेवार छन् भन्ने कुरा नेपाली कांग्रेसको इतिहास लेख्नेहरुको जिम्मामा छोडौँ तर हाम्रो विचारमा सम्पूर्ण कार्यसमिति नै यसमा उत्तरदायी हुनुपथ्र्यो , मात्र सभापति र उहाँका समूहलाई मात्र दोष दिएन कोही पनि कार्यसमितिका सदस्यहरु पन्छिन सक्दैनन् । ४५दिनसम्मको अनावश्यक वादविवादपछि पुसमा नियमित महाधिवेशन गर्ने गरी मिति तोकिएको छ र पनि कांग्रेसका मतदाताहरु के कुरामा स्पष्ट हुन सकेका छैनन् भने को नेतृत्वमा आयो भने, सभापति भयो भने, महामन्त्रीहरु भए भने नेपाली कांग्रेसको गुमेको प्रजातान्त्रिक छवि फेरि जोगिएला ? सबैभन्दा बढी त गुटहरुको राज्य छ, भ्रातृसंस्थाहरुको सांगठनिक अवस्था नाजुक अवस्थामा छ ।
युवाहरु जो क्रान्तिकारी र रुपान्तरणका लागि ज्यानसमेत दिनेवाला हुन्, ती युवाहरु सैद्धान्तिकरुपमा पनि संगठित छैनन्, अर्थात् सबै सांगठनिक अवयवहरुमा खिया लगाएर बसेकाहरु ढसमस्स कुर्सी कुरेर बसेका देखिन्छन् । सायद त्यही भएर होला, नेपाली कांग्रेसको अवस्था चलायमान देखिँदैन र पनि जति दलहरु वैकल्पिकरुपमा आएका भनिन्छन्, सबैको केन्द्रमा नेपाली कांग्रेस नै छ र मुलुक प्रजातन्त्रका पक्षमा नै उभिने हो भने नेपाली कांग्रेसको सैद्धान्तिक धार नै समाउनु पर्छ । त्यसैले वैकल्पिक शक्तिको उदय भनेको कांग्रेसको विकल्प हो जसले कांग्रेसको नीति विस्थापित गर्नेछ । र प्रजातन्त्रको विनिर्माण गर्नेछ । अनि त्या विकृत प्रजातन्त्रले मुलुकलाई कुन भड्खालोमा लैजाने छ भन्ने अनुमान पनि गर्न सकिँदैन ।
त्यसैले झट्ट सुन्दा अचम्म लाग्न सक्छ, के होला र त्यस्तो भनेको जस्तो लाग्न सक्छ, नेपाली कांग्रेसबाट गएका जति पनि प्रभावशाली र इमान्दार नेताहरुलाई एकताबद्ध गराउन सकेमात्र प्रजातन्त्रप्रतिको आस्था र विश्वास बढ्न सक्छ । युवाहरुलाई स्वार्थी राजनीतिमा बानी पारेर हामी अहिले स्वच्छ राजनीति र सैद्धान्तिक प्रतिबद्धताको कुरा गर्न थालेका छौँ । खोइ निर्मम समीक्षा गरेका र हामीले ? नेपाली कांग्रेसले ४५दिनसम्म हावामा तरबार चलायो र एकदिन एकछिनमा निर्णय गर्नसक्ने कुरालाई समयको बरबाद गरेर बस्यो । अब एकताबद्ध कांग्रेसको चाहना मतदातालाई छ, नत्र मतदाताले पो विकल्प खोज्नेछन् । सायद नेपाली कांग्रेसको सिद्धान्तलाई हुबहु सारेर, नयाँ राजनीतिको मियो ठड्याउन थाल्दा कांग्रेस आपसमा विवादमा अल्झिएको छ । लाग्छ, नेपाली कांग्रेसको महाधिवेशन पुसमा सुरु हुनेछ र फागुन या चैतमा सम्पन्न हुनेछ । कुनै तयारी देखिँदैन, गुट र उपगुटमात्र सल्बलाएको देखिन्छ, नेपाली कांग्रेस कतै देखिँदैन । बरु दल नरहोस्, मचाहिँ हुनैपर्छ भन्ने अहमत्याईँको मात नेपाली कांग्रेसमा चढेको धेरै बर्ष भइसकेको छ र पनि चेत आएको देखिँदैन ।
एकताबद्ध कांग्रेसले मात्र सैद्धान्तिक र व्यावहारिक प्रजातन्त्रको नेतृत्व गर्न सक्छ र त्यसको अभ्यासले मात्र मुलुक प्रजातन्त्रको रक्षार्थ उभिन सक्छ । एकता मात्र होइन, सबै दलहरुलाई प्रजातन्त्रप्रति प्रतिबद्ध गराउन सक्नुपर्छ र मात्र भोलिका दिनमा पनि निर्विकल्प प्रजातन्त्रवादी शक्तिको रुपमा देखिन सक्छ ।
२. र अन्त्यमा, निर्वाचन , धेरै जेनजी र सुरक्षाको प्रबन्ध
हामी चाहन्छौँ, मुलुकको सेना कुनै पनि विवादको घेरामा नपरोस् । यदि सेना पनि राजनीतिक विवादमा प¥यो भने कुनै पनि संस्थाप्रति विश्वास रहने छैन । जानेर नजानेर यो जेनजी आन्दोलनमा सेनाको भूमिकाका बारेमा विवाद जन्मेको छ र त्यसलाई सेनाले संयमित भएर प्रतिक्रियासमेत दिएको छ । परिस्थिति कस्तो जटिलरुपमा अघि बढिरहेको छ भने कसलाई कति विश्वास गर्ने भन्ने विश्वासको संकट बढेर गएको छ ।
आन्दोलनको जगमा जे भए पनि अहिले भएको परिवर्तनको जस पाउन धेरै जेनजी समूह देखिन थालेका छन् र विशेष परिस्थितिमा बनेको सरकार र घोषणा गरिएको आम निर्वाचनका बारेमा पनि अन्यौल कायम छ भनेर जेनजी समूहहरु नै सरकारविरुद्ध देखिन थालेका छन् । उनीहरुमध्ये कति समूह राष्ट्रपति, प्रधानमन्त्री र सरकारसँग करार गर्न चाहन्छन्, यी यी कुराहरु हुने भएमात्र निर्वाचन हुनसक्छ । कोही प्रधानमन्त्रीको सरकारी निबासमा पर्चा टाँसेर राजीनामा दिन अल्टिमेटम दिन्छन् त कोही गृहमन्त्री ओमप्रकाश अर्याललाई राजीनामा दिनका लागि दबाब दिइरहेका छन् । दलहरु बिस्तारै निर्वाचनतर्फ होमिन थालेका त छन् तर अझै संसद पुनस्र्थापनाको झिनो आशामा देखिन्छन् । तर दलहरुका देखिएको तीब्र ध्रुवीकरण र हुँडलिने अवस्थाले राजनीति अरु तरलतातर्फ मोडिएको छ । जसरी पनि पुराना दलहरुको वर्चस्व समाप्त गर्ने सिलसिलामा लागेका नयाँ दलहरु तर उनीहरुको विकल्पका रुपमा देखिन चाहन्छन् अर्थात् दलहरुको स्वरुपको नमुना ती पुराना दलहरु नै हुन्, अब तिमीहरुको पालो गयो, अब हाम्रो पालो भनेर भनेको जस्तो बुझिन्छ ।
अनि सेना परिचालनका लागि राष्ट्रपतिबाट स्वीकृति पाए पनि प्रहरीहरु अझै लयमा आएका छैनन् किनभने अपराधीहरु बाहिर छन् र हतियार बाहिरै छन् । अनि सबै निर्वाचनका लागि तयारी भएका दलहरु सुरक्षाको बारेमा स्पष्ट छैनन् र डर मानेका छन् गाउँगाउँ जान । मतदानको दिनको अवस्थाका लागि सबै गम्भीर छन् र मतपेटिकाको सुरक्षाको पनि उस्तै डर देखिन्छ । अनि संसद पुनस्र्थापना हुँदा थेग्न सक्ने नसक्ने के हो ,त्यो पनि स्पष्ट छैन । निर्वाचनका लागि तयारी भएका दलहरुको डर नै आफ्नो सुरक्षाको हो जसका बारेमा भित्र बाहिर सबैले शंकाको दृष्टिले हेरेका छन् ।
काठमाडौं । विघटित प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका चर्चित नेता डा. सुनिल शर्माले पार्टीभित्र देखिएको विवाद विशेष महाधिवेशनमार्फत समाधान हुने...
नेपाली कांग्रेस यतिबेला इतिहासको संगिन मोडमा उभिएको छ, हुन त नेपाली कांग्रेस आफैमा लोकतान्त्रिक पार्टी हो । इतिहासलाई निहालेर हेर्ने...
संसद जनप्रतिनिधि हुन । नेता मात्र नभएर कानुन निर्माता पनि हुन साच्चै भन्नुपर्दा देशको भाग्य निर्माता मानिन्छन् । किनकी, हजारौँको...