अमेरिकामा डलर बचाउने ५० काइदाः ‘जाने श्रीखण्ड, नत्र खुर्पाको बिँड’ – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

अमेरिकामा डलर बचाउने ५० काइदाः ‘जाने श्रीखण्ड, नत्र खुर्पाको बिँड’

सानुबाबु सिलवाल
‘जाने श्रीखण्ड, नजाने खुर्पाको बिँड’ भनेजस्तै आफ्नो नियमित ब्यवहार र गतिविधिले तपाईं हाम्रो दैनिक जीवनमा ठूलो फरक पार्दछ र महत्व राख्दछ पनि । तपाईं हाम्रा आर्थिक समृद्धशाली बन्ने, जीवनलाई सरल र सहज ढंगले चलाउने र आफ्नो प्रवृत्तिलाई ब्यवस्थित र सन्तुलित गर्न सके भविष्यमा थुप्रै अप्ठ्यारा आर्थिक कठिनाई र समस्याबाट गुज्रिने अवस्थाबाट बचाउन सक्दछ ।

हामी संसारको समृद्धशाली र अवसर र आर्थिक स्वतन्त्रताको मुलुक अमेरिकामा बसेको भनिए पनि सोचेजस्तो र कल्पना गरेजस्तो छैन यो अमेरिका । कडा परिश्रम गर्नैपर्छ । काम गर्नैपर्छ र श्रम गर्नैपर्छ, जीवन चलाउन र बिल तिर्न । अमेरिकामा श्रमको सम्मान त छ नै । आफ्नो परिश्रमबाट आर्जेको पारिश्रमिक र अर्थ सन्तुलित, ब्यवस्थित र निगरानीपूर्वक चल्न चलाउन सकिएन भने अमेरिकामा रहे पनि हामीले सोचेजस्तो आर्थिक स्वतन्त्रता प्राप्त गर्न सकिँदैन । र, सर्वदा अभावमै जीवन गुजार्नुको अर्को विकल्प छैन पनि ।

आफूले आर्जन गरेको डलर कसरी बचत गर्न सकिन्छ ? कसरी खर्च कटौती गर्न सकिन्छ ? कसरी कम खर्च वा डलरबाट बढीभन्दा बढी सुविधा र सहुलियत प्राप्त गर्न सकिन्छ ? यसका लागि आवश्यक उपायहरू कसरी अवलम्बन गर्ने र कसरी जानकारी प्राप्त गर्ने भन्ने कुराहरू बढी महत्वपूर्ण हुन्छ । त्यसैले मैले खर्च कटौतीका उपायहरू सबैलाई उपयोगी हुनसक्छ भन्ने अभिप्रायले यहाँहरू माझ यो लेख प्रस्तुत गरेको छु ।
कसरी आफ्नो औकातभन्दा बढी वा कमाएको भन्दा कम खर्च गर्ने भन्ने नै सबैभन्दा महत्वपूर्ण कुरा हो ।

कमाउने ५ डलर तर खर्च गर्ने त्योभन्दा बढी हुँदा हाम्रो दैनिक जीवन असन्तुलित र अव्यवस्थित हुन पुग्दछ । आफूले सामान किन्दा अनलाइनबाट खरिद गर्दा सस्तो पर्न आउँछ । त्यसैगरी घरमा टेलिफोन, ईन्टरनेट र टिभीलाई बन्डलको रूपमा एकमुष्ट सेवा लिँदा पैसा निकै सस्तो र सहुलियत हुन्छ । आफ्नो क्रेडिट स्कोरमा सुधार ल्याउने, सहुलियतमा प्राप्त हुने वस्तुहरू किन्दा रिवेटको अवसर हेर्ने, घरमा ग्यासबाट हिटर प्रयोग गर्ने, बेलाबेलामा मोर्टगेज कम्पनीलाई ब्याजदर घटाउन अनुरोध गर्ने, आफ्नो क्रेडिट कार्डमा ब्याजदर घटाउन अनुरोध गर्ने, घरलाई समयपश्चात् रिफाइनान्स गराउने, घरको बीमा लिँदा निजी बीमा कम्पनीलाई निगरानी राख्ने आदि कार्यबाट थुप्रै डलर बचाउन सकिन्छ । त्यसैगरी म्यागेजिन, किताब, डीभीडीहरू खरिद गर्नुभन्दा लाइब्रेरी र रेडबक्स वा रेन्टल सेवाबाट सस्तो पर्न जानेछ ।

त्यसैगरी कार किन्दा अनलाइनबाट सस्तो डिलरहरू हेर्न सकिन्छ । जसबाट पनि केही डलर बचाउन सकिन्छ । बैंकमा चेकिङ खाता खोल्दा शुल्क नलिने बैंक खोज्ने, शुल्क लिन थालेमा अर्को बैंक परिवर्तन गर्न सकिनेछ । बचत खातामा ब्याज पनि आउने हुँदा खाता खोल्नुअघि राम्ररी सोधपुछ गरी निःशुल्क खाता खोल्दा वर्षमा केही डलर बचाउन सकिनेछ । घुम्दा, भ्रमण गर्दा, रिवार्ड कार्डहरू प्रयोग गर्ने, क्रेडिट कार्डको शून्य ब्याजदर र गतिविधिलाई निगरानी राखिराख्ने र सकेसम्म क्रेडिक कार्ड प्रयोगमा कमी ल्याउने गर्नुपर्दछ ।जसले तनावबाट बचाउँछ र डलर पनि जोगाउँछ ।

किफायती बानी ब्यवहारबाट पनि हाम्रो दैनिक जीवनमा ठूलो राहत पुग्दछ । घरमा फ्लोरसेन्ट बत्ती प्रयोग गर्ने, पानीको प्रयोगमा किफायती गर्ने, फोहोर कम्पनीलाई हप्ताबाट अर्धमासिक सेवामा लैजाने, घरमा प्रयोग नहुने कोठाको भेन्टिलेसन बन्द गरी तातो र चिसो लगाउँदा उठ्ने खर्चमा कमी गराउने । त्यसैगरी कार–गाडी प्रयोग खरिद तथा प्रयोग गर्दा सकेसम्म प्रयोग गरिसकेको किन्ने र लामो समयसम्म चलाउने ।

बीमा किन्दा प्रिमियम नकिन्ने, जसबाट थुप्रै डलर जोगाउन सकिनेछ । कार, सम्पति वा घरको बीमा किन्दा सकेसम्म डिटक्टेबल मूल्य बढाउँदा सानातिना क्षतिहरू आफैंले ब्यहोर्दा बीमा बढ्ने भएमा त्यस्तो बीमा हटाइदिने । त्यसो गर्दा खराव बीमा रेकर्ड रहने अवस्थाबाट बच्न सकिनेछ । त्यसैगरी क्षतिको बीमा र अवस्था हेरेर र बुझेर मात्र बीमाबाट भुक्तानी दाबी गर्दा भविष्यमा बीमाबाट लाग्ने अतिरिक्त शुल्क वा मूल्यबाट बच्न सकिनेछ ।

त्यसैगरी सेलफोन प्रयोग गर्दा वा गरिएको छ भने घरको जमीन लाइन फोन हटाइदिने र किफायती बन्ने । इन्टरनेट सेवा कम चलाउने । टीभीका अनावश्यक च्यानलहरू हटाइदिने । सेलफोन किन्दा परिवारको अन्य सदस्यलाई समेत हुनेगरी सस्तो ‘परिवार योजना’अन्तर्गत लिँदा सस्तो र किफायती हुन्छ । सकेसम्म प्रिपेड फोन प्रयोग गर्दा धेरै नै सस्तो पर्न जान्छ । त्यसैगरी विवाह, भोज, ब्रतवन्ध वा अन्य जमघट तथा समारोहको उपहारमा सीमित, सहुलियत, आवश्यक र किफायती ढंगले आफूलाई सीमावद्ध गर्दा ठूलो समुदायमा बस्ने मानिसहरूलाई धेरै राहत पुग्न सक्छ । घरमा सकेसम्म शाकाहारी बन्दा किफायती बन्न सकिन्छ । मासु, मसला वा अन्य सौखिन खाना कटौती गरी स्वस्थ खानातर्फ जोड दिँदा धेरै खर्च कटौती हुन पुग्दछ ।

आफू सकेसम्म स्वस्थ रहने, स्वस्थ रहनका लागि हरदम प्रयास गर्ने । जसबाट डाक्टरकहाँ धाउने, औषधि किन्ने आदि खर्चबाट बच्न सकिनेछ । हेल्थ क्लबको सदस्यता नलिने, काममा जाँदा घरबाटै खाना लैजाने, बाहिर खाने बानीमा कमी ल्याउँदा बढी स्वस्थ हुनुका साथै किफायती पनि हुन्छ । धुम्रपान गर्दै नगर्ने र रक्सी सेवन गर्ने बानी भएमा त्यसलाई कमी गर्न सके स्वस्थ हुनुका साथै बीमामा कमी र पैसा जोगाउन सकिनेछ । जीवन बीमा किन्दा समयसीमा जीवन बीमाबाट अतिरिक्त शुल्कबाट बच्न सकिनेछ ।

त्यसैगरी स–साना बस्तुहरू किन्दा वारेन्टी अफर स्वीकार नगर्दा राम्रो हुन्छ । सामान किन्दा सस्तो वा संख्यात्मकभन्दा बढी गुणात्मक सामान खरिद गर्नुपर्छ । गुणात्मक सामान किन्दा बढी मूल्य परे पनि अन्ततोगत्वा यसबाट खर्चमा कमी आउँछ । गुणात्मक किन्दा एक पटक चिन्ता हुन्छ भने सस्तो किन्दा सधैं चिन्तित हुनुपर्छ । सामान किन्दा रिवेट, एउटा किन्दा अर्को सित्तैमा वा दुई वटा किन्दा अर्काे सित्तैमा लगायतका अफरहरु हेर्न सकिन्छ ।

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
नीति तथा कार्यक्रमको सही कार्यान्वयनमा बजेट केन्द्रित होला या लोकरिझ्याईँमा मात्र रमाउला ?
  • २०७४ माघ १५, ०९: ५३

१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...

नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
नयाँ नजिर बस्यो—नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको संसदमा जबाफ दिन प्रधानमन्त्री नै चाहिँदैन…
  • २०७४ माघ १५, ०९: ५३

१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...

शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
शक्ति पृथकीकरणको सिद्धान्तमा आउने असन्तुलनको परिणाम कति भयावह हुने हो ?
  • २०७४ माघ १५, ०९: ५३

  १. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...