
१. हार्दिक श्रद्धाञ्जलि होमनाथ दाइ
मेरो प्रजातन्त्रप्रतिको समर्पणलाई ऊर्जा थपेर, त्यो बेलाको सबैभन्दा जोखिमपूर्ण कर्म पत्रकारितामार्फत् समाज रुपान्तरणका लागि उत्प्रेरित गर्ने आदरणीय व्यक्तित्व , जो आफैँ जीवनभर मात्र समाज रुपान्तरणमा मात्र लाग्नु भयो होमनाथ दाइ । चाहे पत्रकारितामार्फत् होस् या संसदीय फाँटमा उदाहरणीय सांसदका रुपमा होस्, उहाँको अभीष्टता मात्र प्रजातन्त्रको सुदृढीकरण र त्यसको फल आम नागरिकले पाउनै पर्छ , अनिमात्र प्रजातन्त्र जनताको तन्त्र हुन्छ भन्ने धारणा व्यक्त गर्नुहुन्थ्यो ।
अब होमनाथ दाइ स्मृतिमा मात्र रहनु हुने भयो हाम्रो । उहाँको दीक्षाबाट दीक्षित भएका म जस्ता धेरै पत्रकारहरुको अभीष्टता मात्र प्रजातन्त्रको पक्षमात्र रह्यो, रहिरहने छ । दाइलाई स्वर्गीय भन्ने लेख्न यी औँलाहरु मानिरहेका छैनन् र पनि कठोर सत्य के हो भने अब दाइ हामीसँग हुनुहुन्न, हामीले पुस २६ गते आर्यघाटमा लगेर शून्यमा समाहित गरेर आएका छाँै भौतिकरुपमा । जाँदा संगै गयौँ तर आउँदा लिएर आउन सकेनौँ किनभने जीवनको सत्य नै प्रकृतिस्थ हुनुमा रहेछ ।
प्रातस्मरणीय वरिष्ठ पत्रकार होमनाथ दाहाल । जन्म १९९८साल कात्तिक २५गते रामपुर,ओखलढुङ्गा । मृत्यु २०८२साल पौष २५ गते मैतीदेवी, काठमाडौँ । पिता जीवनाथ दाहाल तथा माता नीलकुमारी दाहाल । प्रजातन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकार तथा सामाजिक न्यायप्रति सदैव समर्पित एक अथक योद्धा । हामी सबैका आदर्श र आदरणीय व्यक्तित्व । उहाँ राजनीतिकरुपमा नेपाली कांग्रेसको सक्रिय सदस्य हुँदाहुँदै पनि पत्रकारितामा सदैव प्रजातन्त्रका पक्षका सतीसालझैँ डटिरहनु भयो जबकि नेपाली कांग्रेस प्रतिबन्धित थियो र पनि ।
प्रजातन्त्र पुनस्र्थापनाका लागि सदैव समर्पित व्यक्तित्व होमनाथ दाइले पत्रकारहरुको बाटो विराउन लागेको संस्था नेपाल पत्रकार संघलाई सबै पत्रकारहरुसँगको समन्वयमा जुन बाटो देखाउनु भयो, आज पनि त्यो संस्था गरिमामय नेपाल पत्रकार महासंघको रुपमा नेपाली समाजमा अगुवा नागरिक समाजको रुपमा विद्यमान छ । एउटा सशक्त दलको नेता भएर पनि अन्य दलहरुसँग समन्वय गरेर नेपाल पत्रकार संघलाई तटस्थ नागरिक समाजको रुपमा विकास गर्नु सामान्य विशेषता थिएन जुन पूरा गरेर उहाँ सक्रिय राजनीतिमा प्रवेश गर्नुभयो र सांसद, मन्त्रीसमेत हुनुभयो तर उहाँको परिचयमा वरिष्ठ पत्रकार नै रह्यो,रहिरहने छ किनभने उहाँले जीवनको मूलध्येय शब्दमार्फत्, पत्रिकामार्पmत्, प्रजातन्त्र पुनस्र्थापना, त्यसको सबलीकरण र सुदृढीकरणमा आफूलाई समर्पित गर्नुभयो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनलाई मूर्तरुपमा साथ दिन २०२६सालदेखि प्रत्येक हप्ता राष्ट्र पुकार साप्ताहिक पत्रिकाका अक्षरहरुमार्फत् आफूलाई समर्पित गर्नु भएका दाइले कहिल्यै पछाडि फर्कनु भएन, कसैसँग प्रजातन्त्रका विरुद्धमा सम्झौता गर्नु भएन र बीपीको नेपाल आगमनपश्चात् नेपालको राष्ट्रियता, प्रजातन्त्र एकअर्काका पूरक हुन् भन्ने बीपीको नीति र उहाँको राष्ट्रि एकता तथा मेलमिलापको व्याख्याताको रुपमा आपूmलाई स्पष्ट पार्नुभयो जसले गर्दा बीपीको अन्तरङ्ग शिष्यको रुपमा समेत रहनु भएको थियो । हामीले बीपीका सैद्धान्तिक पाटोका बारेमा सिक्ने व्यक्तित्वका रुपमा होमनाथ दाइलाई लिन्थ्यौँ र स्वयं वीपीले होमनाथ दाइसँग यदि तिमीलाई यो समस्या आएको भए के गथ्र्यौँ भनेर सोधेको पनि हामी सुन्थ्यौँ, देख्थ्यौँ । अर्थात् २०३३साल पुस १६गते बीपी, गणेशमानजीहरु निःसर्त नेपाल आगमनपश्चात् राष्ट्र पुकारले नै बीपीका विचारहरुको सम्प्रेपण, व्याख्या र बीपीको राष्ट्र,प्रजातन्त्रप्रतिका धारणालाई विभिन्न कोणबाट पुष्टि गर्नेगरी मिसन पत्रकारिताको जग बसाउनु भएको थियो ।
पत्रिका कतिपटक प्रतिबन्धमा परे होलान् तर त्यो बेलाको सरकारसँग झुक्नु भएन , बरु कानुनी उपचार खोज्दै रहनु भएको थियो । म, कोषराज न्यौपानैजी, पुरुषोत्तम दाहालजीहरुले दाइसँग जे सिक्यौँ, आज पनि हामी त्यही बाटोमा रहेका छौँ । पछि न्यौपानेजी सक्रिय लेखनमा रहे पनि पत्रकारितासँग त्यति रहनु भएन तर पुरुपोत्तम दाहालजी प्राध्यापक भएर पनि आफ्ना खरा टिप्पणी र प्रजातन्त्रका पक्षमा अनवरत लेखेर आज नेपालको तर्कपूर्ण अनि खरो टिप्पणी गर्ने वरिष्ठ पत्रकारको रुपमा हामी पाउँछौँ । म पनि शिक्षण पेसासँग पत्रकारितालाई अनवरत पछ्याई रहेको छु । हामीलाई दाइले भन्नु भएको थियो— हेर भाइहरु, पत्रकारितामा निडर हुनुपर्छ,भयबाट मुक्ति लिनुपर्छ तर सत्य,निष्ठा र जनताका पक्षभन्दा यताउता जानु हुँदैन । राष्ट्र सबैभन्दा माथि हुन्छ, अनि राजनीति तर राजनीति शुद्ध भएन भने राज्य संयन्त्र दूषित हुन्छ , त्यसैले तिमीहरुले न्यायालय र सेनाका बारेमा आलोचनात्मक तरिकाले लेख्नु, तर निन्दा नगर्नू किनभने हाम्रोलागि मानव अधिकारको रक्षाको लागि अन्ततः न्यायालय मात्र सहारा हुनेछ र मुलुकलाई अप्ठेरो परेमा सेनाले नै जोगाउने छ राज्यको अस्मिता । बाँकी कुरामा सत्यमा आधारित भएर सप्रमाण जे लेख्छौ, त्यसको म जिम्मा लिनेछु ।
पञ्चायतकालमा पनि दाइले भन्नुहुन्थ्यो, प्रजातन्त्र विना यो देश रहने छैन, त्यसैले प्रजातन्त्रको पुनस्र्थापनाका लागि लेखिरहने हो, लेखिरहने हो । प्रजातन्त्र पुनस्र्थापनापश्चात् उहाँले जेजे पद लिएको भए पनि उहाँको परिचय भनेको पत्रकार नै हो , त्यो पनि प्रजातन्त्रका पक्षमा अनवरत लेखिरहने, लडिरहने र यो वृद्धावस्थामा पनि हामीलाई प्रजातन्त्रका पक्षमा लेखिरहनका लागि उत्प्रेरित गरिरहनु हुन्थ्यो । उहाँले संसदभित्र पनि असल र अनुशासित सांसदको भूमिका निर्बाह गर्नुभयो र राज्य व्यवस्था समितिको सभापति हुँदा उदाहरणीय कामहरु गरेर पछिका सभापतिहरुलाई अमिट बाटो तयार गर्नु भएको थियो भन्ने सांसदहरु छन् । छोटो समयका लागि कृषि तथा सहकारी मन्त्री हुँदा पनि उहाँले गरेको कार्य सम्पादनलाई कसैले औँलो ठड्याएन ।
एक वरिष्ठ पत्रकार, निष्छल, निष्कलङ्क, प्रजातन्त्रका अथक योद्धा र असल सांसदको रुपमा प्रस्तुत भएर एक आदर्श नागरिकको हैसियत बनाउन सफल दाइको देहावसानले नेपाली पत्रकारितामा अपूरणीय क्षति भएको छ र हाम्रालागि एकजना गुरु गुमाएका छौँ । मैले आफ्नो पत्रकारिता , थाहै नपाई सुरु गरेको रहेछु २०३४सालमा राष्ट्र पुकारको पँ्रतिबन्ध खुलेपछि । त्यसो त म त्यो भन्दा पहिले पनि पत्रिकाहरुमा जनकपुरमा लेख्थेँ तर अनवरत होइन । अहिले दाइको प्रेरणाले अझै लेखिरहने विचार छ किनभने समाजलाई आफ्ना धारणा दिने असल माध्यम भनेको नै पत्रकारिता रहेछ । श्रद्धेय होमनाथ दाइप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्छु ।
उहाँको आत्माले चिरशान्ति पाओस् । आदरणीय सुधा भाउजुलाई परेको यो बज्रपातमा उहाँमा यो सहने शक्ति प्राप्त होस् । उहाँ स्वयं पनि अस्पतालको आइ सि युमा हुनुहुन्छ, उहाँको स्वास्थ्यलाभको कामना गर्दछु । दाइका छोराहरु , मेरा प्यारा भतिजाहरु डाक्टर सुधांशु दाहाल र हिमांशु दाहालहरु र बुहारी, नाति नातिनाहरु र अन्य परिवारहरुमा पनि यो पीडा सहने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु । नयाँ विकल्प साप्ताहिकका तर्पmबाट पनि दाजुमा श्रद्धाञ्जलि तथा भाउजु, छोरा बुहारीहरु र नातिनातिनाहरुमा समवेदना व्यक्त गर्न चाहन्छु ।
२. नेपाली कांग्रेसको भविष्य
मैले यी हरफहरु लेख्दासम्म नेपाली कांग्रेसको विधानको १७.२ले अधिकार प्रयोग गरेर सुरु भएको विशेष महाधिवेशन स्थलमा हालसम्मका सभापति शेरबहादुर देउबाजी आउनु भएको छैन जसले कार्यवाहकका रुपमा उपसभापति पूर्णबहादुर खड्काजीलाई दिएर पनि निर्वाचन आयोगमा आफ्नै हस्ताक्षरले मनोनयन गरिरहनु भएको अवस्था देखिन्छ । विधानअनुसार भएको महाधिवेशनलाई केन्द्रीय समितिले अपनत्व लिएर आउने जुनसुकै परिणामलाई पनि स्वीकार गर्ने प्रजातान्त्रिक प्रणाली अपनाउन सके नेपाली कांग्रेस एक ढिक्का रहने देखिन्छ तर दास मनोवृत्तिका विरुद्धमा उठेका पाइलाहरु र हातहरु विना परिणाम अब विश्राम लिनु पनि हुँदैन तर हजारौँको सहादतबाट र लाखौँको रगत पसिनाको परिश्रमबाट बनेको एउटा प्रजातान्त्रिक समाजवादी संस्थाको अवसान नहोस्, आपसमा यदुवंशी नासिएझैँ ननासियून् भन्ने लाखौँ मतदाताहरुको पुकार सुनियोस् भन्ने कामना गरौँ । नियतिको लेखा त मान्ने चलन हामी पूर्वीयहरुको छँदैछ नि । नेपाली उखानमा भनेझैँ जे हुन्छ, असलै हुन्छ । जे होला असलै होला । विज्ञेषु किमधिकम् । अति सर्वत्र बर्जयेत् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देउवाका निकै नजिक निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको दोधारे चरित्रका कारण पछिल्लो समय नेपाली कांग्रेसभित्रको...
१. सर्वोच्चको आदेश पालना नेपाली कांग्रेसको आन्तरिक तथा घरायसी विवाद अदालतसम्म पुगेको थियो । २०८२ साल मंसिरभित्र गर्नुपर्ने नियमित अधिवेशन...
काठमाडौं । नेपाली कांग्रेसका दुई खेमामध्ये कुन चाहिँ आधिकारिक भन्ने विषयमा सर्वोच्च अदालतले आफ्नो निर्णय सुनाउँदै गगन थापा नेतृत्वको कार्यसमितिलाई...