नीजिकरण रणनीति हो, सत्य तथ्य जो अभिलेखीकरण छ – Naya Bikalpa
April 19, 2024, Friday

नीजिकरण रणनीति हो, सत्य तथ्य जो अभिलेखीकरण छ

२०५० साल पुस १९ गते तत्कालिन नेपाली कांग्रेसको सरकारले निजीकरण ऐन लागू गरेको थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस सरकारले निजीकरण नीति ल्याएको हो । तर २०५० सालमा नीजिकरण ऐन आउनुअघि केही सार्वजनिक संस्थान निजीकरण भइसकेका थिए ।

पंचायती कार्यकालमा स्थापना भएका सरकारको सहभागीताले खोलिएका उद्योग व्यवसाय घाटा भएका कारण सरकारी अनुदानले चलाउन पर्दा र दातृ निकायको सुझाबले नीजिकरण गर्दै जानुपर्ने परिस्थिति सृजना भएअनुसार आर्थिक वर्ष २०३५÷०३६ मा तत्कालीन अर्थमन्त्री भेषबहादुर थापाले ल्याएको बजेटमा उद्योगहरुले प्राविधिक कठिनाइका कारण उत्पादन बढाउन नसकेको स्विकार गरेर बिकल्प खोजेको त्यस बेलाको नीति कार्यक्रममा प्रष्ट छ । त्यसैगरी आर्थिक वर्ष २०३९÷०४० को बजेटमा तत्कालिन अर्थमन्त्री डा. यादवप्रसाद पन्तले सार्वजनिक संस्थानको व्यवस्थापन खर्च घटाउने र कार्यकुशलता र कार्य दक्षता बृद्धि गर्ने कुरा उल्लेख गरेको तथ्य पाइन्छ ।

निजीकरणको ३ दशक बितिसक्दा सबै सरकार र राजनीति दलले यसको प्रयोग र नीतिगत कार्यान्वयन गरिसकेका छन् । यद्यपी, कांग्रेसलाई मात्रै निजीकरण गरेको एकतर्फी आरोप लाग्ने गरेको छ र आरोप लगाइन्छ । सरकारी संस्थानलाई निजीकरण गर्ने घोषणा भने पञ्चायत कालमा नै भएको थियो । २०४८ सालअघि नै २ वटा सरकारी सार्वजनिक संस्थान चण्डेश्वरी कपडा उद्योग र नेपाल चिउरी घ्यू उद्योग निजीकरण भएको तथ्य हाम्रो सामु घाम जतिकै छर्लङ्ग छ ।

सार्वजनिक संस्थानहरुको व्यवस्थापन खर्च घटाउन एकै उद्देश्य र कार्य क्षेत्र भएका विभिन्न संस्थानहरुलाई एकीकरण गर्ने, सरकारी क्षेत्रमा संचालन गर्न र आवश्यक नदेखिएका संस्थानहरुलाई निजी क्षेत्रमा पठाउने उद्देश्य रहेको डा. पन्तको आर्थिक वर्ष २०३९÷४० को बजेटमा उल्लेख गरिएबाट नीजिकरणको सान्दर्भिकता र बाध्यता प्रष्ट देखिन्छ । डा.पन्तले सो बजेटमा संस्थानलाई व्यवसायिक ढंगले चलाउनको लागि नेपाल टिम्बर कर्पोरेशन, इन्धन संस्थान, वन पैदावार विकास समितिलाई गाभेर एउटा संस्थान र नेपाल विद्युत कर्पोरेशन र पूर्वाञ्चल विद्युत कर्पोरेशनलाई एकीकरण गर्ने निर्णय गरेका हुन ।

पूर्वअर्थसचिव रामेश्वर खनालले २०४८ सालमा निजीकरण नगरेको भए सरकारको दायित्व थपिने बताउँछन् । खनालले बारम्बार उल्लेख गरेका लेख बिचार यथेष्ट पढन पाईन्छ । उनले केही वर्षअघि नेपाल म्यागेजिनमा लेखेको लेखमा सरकारले निजीकरण नगरेको भए ती प्रत्येक संस्थान जनकपुर चुरोट कारखाना, नेपाल औषधि लिमिटेड, बुटवल धागो कारखाना र नेसनल ट्रेडिङ लिमिटेडको जस्तो हालतमा पुग्न सक्ने र उल्टै सरकारी कोषमाथि भार बन्न सक्ने आधार देखाएका थिए । जुन मूल्यमा निजीकरण गरिएको थियो त्योभन्दा बढी पैसा आउने भन्ने प्रश्नमा भने गर्न सकिने मत खनालको थियो । तर आज नीजिकरण थाती राखिदा रहेका उपरोक्त सार्वजनिक सस्थानहरु सडेर फयाकिएको उनले बताए ।

आगामी वर्षमा यसले निरन्तरता पाउने उल्लेख समेत गरेको तथ्यले पनि सरकारहरु सो बाटोमा जानैपर्ने निर्दिष्ट गरेको छ । आर्थिक वर्ष २०४४÷४५ मा ल्याएको बजेटमा तत्कालिन अर्थराज्यमन्त्री भरतबहादुर प्रधानले सरकारी संस्थानहरुको शेयर निजी क्षेत्रलाई बिक्री गर्दै लैजाने र यो नीतिको कार्यान्वयनमा तीव्रता ल्याइने घोषणा गरेका थिए । सामाजिक कल्याणसँग सम्बन्धित संस्था बाहेक अन्य सबै संस्थानलाई आफ्नो सेवाको उचित तथा व्यवसायिक मूल्य निर्धारण गर्नमा बढी स्वायत्तता प्रदान गरिनेछ भनेर नीजिकरणमुखी खुल्ला बजारमुखी रणनीति प्रत्याभूत गरेका हुन् । यो नीति संस्थानहरुको कार्य क्षमतामा वृद्धि ल्याउने तर्फ विशेष जोड दिइएको हो । यो विषय मन्त्री प्रधानले ल्याएको बजेटमा घोषणा गरिएको छ ।

त्यस्तै पूर्वअर्थसचिव रामेश्वर खनालले २०४८ सालमा निजीकरण नगरेको भए सरकारको दायित्व थपिने बताउँछन् । खनालले बारम्बार उल्लेख गरेका लेख बिचार यथेष्ट पढन पाईन्छ । उनले केही वर्षअघि नेपाल म्यागेजिनमा लेखेको लेखमा सरकारले निजीकरण नगरेको भए ती प्रत्येक संस्थान जनकपुर चुरोट कारखाना, नेपाल औषधि लिमिटेड, बुटवल धागो कारखाना र नेसनल ट्रेडिङ लिमिटेडको जस्तो हालतमा पुग्न सक्ने र उल्टै सरकारी कोषमाथि भार बन्न सक्ने आधार देखाएका थिए । जुन मूल्यमा निजीकरण गरिएको थियो त्योभन्दा बढी पैसा आउने भन्ने प्रश्नमा भने गर्न सकिने मत खनालको थियो । तर आज नीजिकरण थाती राखिदा रहेका उपरोक्त सार्वजनिक सस्थानहरु सडेर फयाकिएको उनले बताए ।

अर्थशास्त्री डा. विश्व पौडेलले सरकारी संस्था निजीकरण गर्दा केही संस्थामा प्रक्रियागत कमजोरी भएपनि निजीकरणको प्रक्रिया गलत भन्ने धारणा राजनैतिक आरोपको लागि मात्र लगाइएको बताउँछन् । सार्वजनिक संस्थान निजीकरण नभएको भए संस्थानका कर्मचारीलाई पाल्नको लागि मात्र सरकारले ठूलो धनराशि खर्च गर्नुपर्ने बताउँछन् अर्थशास्त्री पौडेल । बाबुराम भट्टराई प्रधानमन्त्री बन्दा हेटौंडा कपडा उद्योग चलाउने प्रयास भएपनि सफल नभएको स्पष्ट छ । सेयर बजारमा सिमेन्ट उद्योगमा सूचिकृत शिवम् सिमेन्टको मूल्य अहिले प्रतिकित्ता १५ सय पुगेको छ । पछिल्लो ३ आर्थिक वर्षमा शिवम् सिमेन्टले लगानीकर्तालाई १५ प्रतिशतभन्दा बढी लाभांश दिएको छ ।

सरकारले २ वटा सिमेन्ट उद्योग चलाएको छ । पूर्णसरकारी लगानीमा उदयपुर सिमेन्ट र हेटौडा सिमेन्ट संचालनमा छन् । अर्थमन्त्रालयको निकाल्ने पहेँलो किताब अनुसार आर्थिक वर्ष २०७५÷७६ मा उदयपुर सिमेन्ट १९ करोड ६३ लाख रुपैयाँले र हेटौंडा सिमेन्ट १ करोड रुपैयाँले घाटामा छ । जसमा उदयपुरको सन्चित नोक्सान ४५ करोड र हेटौडाको ५५ करोड छ ।
सिमेन्ट बिक्रीभन्दा दुवै संस्थानको प्रशासनिक खर्च बढी छ । हाल सरकारले संचालन गर्ने १० वटा उद्योग कुनैपनि नाफामा नभएको देखिन्छ ।

जनताले तिरेको कर सार्बजनिक सस्थानको घाटा पूर्ति र कर्मचारी पालनमा सधै खर्चिने हो भने त्यसबाट उपलब्धि हुन नसकेको यथार्थ मनन् नगरी सरकारी सार्बजनिक सस्थानहरु काँग्रेस सरकारले बेचेर खाएको भन्ने आरोप लागेको हो । यो आरोपको पछाडी तथ्य केलाउँन जरुरी छ

२०७३ सालमा नेपाली कांग्रेसबाट उद्योगमन्त्री बनेका नविन्द्रराज जोशीले नेपाली कांग्रेसको समाजवाद धारणाअनुसार सामजिक संस्थानको रुपमा सन्चालन गर्ने प्रयास स्वरुप नेपाली औषधि लिमिटेड चलाउने प्रयास गरे । कांग्रेसले निजीकरण गरेको र सरकारी उद्योगलाई सकाएको आरोपबाट मुक्त गराउन जोशीले औषधि उद्योग चलाउने प्रयास गरेका हुन तापनि यो खासै सफल हुन सकेन । सो उद्योगको अर्थमन्त्रालयले निकाल्ने सार्वजनिक संस्थानको वार्षिक स्थिति प्रतिवेदनमा नेपाल औषधि उद्योगको सन्चित नोक्सान नै १ अर्ब ६३ करोड रुपैयाँ छ ।

त्यस्तै बाबुराम भट्टराई प्रधानमन्त्री बन्दा हेटौंडा कपडा उद्योग चलाउने प्रयास भएपनि सफल भएन । जनताले तिरेको कर सार्बजनिक सस्थानको घाटा पूर्ति र कर्मचारी पालनमा सधै खर्चिने हो भने त्यसबाट उपलब्धि हुन नसकेको यथार्थ मनन् नगरी सरकारी सार्बजनिक सस्थानहरु काँग्रेस सरकारले बेचेर खाएको भन्ने आरोप लागेको हो । यो आरोपको पछाडी तथ्य केलाउँन जरुरी छ ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा दार्चुलाको गलैनाथ माविको भवन शिलान्यास
भारतीय सहयोगमा दार्चुलाको गलैनाथ माविको भवन शिलान्यास
  • २०७९ बैशाख ६, १४: १८

काठमाडौं। दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको भवन शैल्यशिखरका मेयर बिजय सिंह धामी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त...

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन
साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन
  • २०७९ बैशाख ६, १४: १८

पोखरा । गजलकार एवं गीतकार प्रकट पंगेनीको निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा...

समयको गणना हो साल, जुन नयाँ वर्षको रुपमा प्रत्येक वर्ष पात्राको पानामा देखिन्छ…
समयको गणना हो साल, जुन नयाँ वर्षको रुपमा प्रत्येक वर्ष पात्राको पानामा देखिन्छ…
  • २०७९ बैशाख ६, १४: १८

१. नयाँ वर्ष फेरि सुरु भयो २०८१ । गयो २०८० साल नेपाली पात्रोमा । यस्ता धेरै पात्राका पानाहरु परिवर्तन हुँदै...