भारतीय सेनाध्यक्ष पाण्डेको नेपाल भ्रमण सम्पन्न – Naya Bikalpa
May 14, 2024, Tuesday

भारतीय सेनाध्यक्ष पाण्डेको नेपाल भ्रमण सम्पन्न

नयाँ विकल्प,

काठमाडौं – भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले आफ्नो पाँच दिने नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न गरेका छन् । जनरल पाण्डेले नेपाली सेनाको निमन्त्रणामा नेपालको भ्रमण गरेका हुन्। उनले मिति २०७९ भाद्र २२ गते पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको भ्रमण गरे । त्यहाँ उनले भारतीय सेनाका भूतपूर्व सैनिकलाई सम्बोधन गर्नुका साथै वीरता अवार्डका विजेतालाई सम्मान गरे । जनरल पाण्डेकी धर्मपत्नी श्रीमती अर्चना पाण्डेले पनि सो कार्यक्रममा उपस्थित वीर नारीलाई सम्मान गरिन । जनरल पाण्डेले गोर्खा सैनिकको वीरता, साहस र समर्पणको मुक्तकण्ठले प्रशंसा गरे । सोही दिन बिहान उनले नेपाली सेनाको पोखरामा अवस्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गरी त्यहाँ रहेका कर्मचारीसँग अन्तरक्रिया समेत गरे ।

यस्तै अध्यक्ष पाण्डेले भूतपूर्व सैनिक योगदान स्वास्थ्य योजना (ईसीएचएस) अन्तर्गतका पोलिक्लिनिकलाई तीनवटा एम्बुलेन्स (मोबाइल मेडिकल युनिट) हस्तान्तरण गरे। उनलाई गत सोमबार नेपालका सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरेकी थिइन् । नेपाली समकक्षी जनरल प्रभुराम शर्मा लगायत जनरल पाण्डेले नेपालका सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्री एवम् रक्षा मन्त्री श्री शेर बहादुर देउवासँग पनि भेटवार्ता गरे ।  दुई देशबीचको द्विपक्षीय सहकार्य अनुरुप, जनरल पाण्डेले नेपाली सेनालाई साइमुलेटर र हलुका सवारी साधन लगायतका तालिम उपकरण प्रदान गरेका हुन् ।

सम्बन्धित समाचार

सहकारी पीडितलाई न्याय दिन माग गर्दै महिला संघद्वारा प्रदर्शन
सहकारी पीडितलाई न्याय दिन माग गर्दै महिला संघद्वारा प्रदर्शन
  • २०७९ भाद्र २३, १९: ४०

काठमाडौं। नेपाल महिला संघले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवी लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै विरोध...

कांग्रेस सांसदले उठेर विरोध गरेपछि ‘राष्ट्रपतिलाई धन्यवाद’ दिने प्रस्ताव पारित हुन सकेन
कांग्रेस सांसदले उठेर विरोध गरेपछि ‘राष्ट्रपतिलाई धन्यवाद’ दिने प्रस्ताव पारित हुन सकेन
  • २०७९ भाद्र २३, १९: ४०

  काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा लागि मंगलबार प्रस्तुत...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम
यस्तो छ सरकारको नीति तथा कार्यक्रम
  • २०७९ भाद्र २३, १९: ४०

  काठमाडौं। सरकारले काठमाडौंको चक्रपथसहित देशका अध्यधिक सवारी चाप हुने सडकखण्डमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र...