काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्याय सेवा आयोगले न्यायपरिषदका सचिव देवेन्द्रराज ढकाललाई बढुवा गरेको छ । बुधबार बसेको आयोगको बैठकले ढकाललाई मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो ।
अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि उक्त पद खाली भएको थियो । उक्त रिक्त पदमा ढकाललाई नियुक्त गरिएको हो ।
न्याय सेवा आयोगले सर्वोच्च अदालतका सहरजिष्ट्रार विमल पौडेललाई रजिष्ट्रारमा बढुवा गरेको छ । त्यस्तै आयोगले न्याय सेवाका ५ जना सहसचिवको पनि सरुवा गरेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता एवं मुद्दा महाशाखा प्रमुख भद्रकाली पोखरेल न्यायपरिषदमा सरुवा भएका छन् भने, न्याय परिषदका सहसचिव मानबहादुर कार्की उच्च अदालत पाटनको रजिष्ट्रारमा र उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेल सर्वोच्च अदालतमा, फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेती सर्वोच्च अदालतमा र सर्वोच्च अदालतमा रहेका सूर्यवंश शर्मा कँडेल फैसला कार्यान्वयन महानिर्देशकमा सरुवा भएका छन् ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...