जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न ८० अर्ब खर्च लाग्छ : अर्थमन्त्री डा. महत – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न ८० अर्ब खर्च लाग्छ : अर्थमन्त्री डा. महत

ललितपुर । अर्थमन्त्री डा. प्रकाश शरण महतले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।

ललितपुरमा मंगलबार आयोजित जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावित क्षेत्रको पुन निर्माण सम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा भौतिक संरचना निर्माणका लागि करिब ७५ देखि ८० अर्ब रुपैयाँ रकम खर्च हुने बताएका हुन् ।

भौतिक संरचना पुनर्निर्माणका लागि सरकारले १० अर्ब रकम छुट्याएको उल्लेख गर्दै उनले सरकारले थप एक करोड रुपैयाँ छुट्याउन लागेको पनि बताउ । अपतकालीन कोषले थप २ करोड रुपैयाँ छुट्याएको मन्त्री महतले उल्लेख गरे ।

तत्काल सेल्टरका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको उनको भनाइ छ । सो रकम छिटो नै स्थानीय तहमा पुग्ने जानकारी उनको भनाइ छ । हालको स्रोतले भौतिक संरचना पुनर्निर्माणको लागि अपुग भएको उनले बताए ।

जाजरकोट केन्द्रबिन्दु बनाएर गत कार्तिक १७ गते ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०८० पुष १८, १५: २०

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०८० पुष १८, १५: २०

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०८० पुष १८, १५: २०

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...