बुटवल । राष्ट्रियसभा सदस्य निर्वाचनको लागि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशबाट ६ जनालाई सिफारिस गरेको छ ।
६ जनामा तीन पुरुष र तीन महिला छन् । पार्टी प्रदेश कमिटीको सचिवालय बैठकले पाल्पाका झपेन्द्र जीसी, कपिलवस्तुका सफर अलि मिया र शारदा शर्मा, बर्दियाकी कृष्णकुमारी गुरुङ, दाङकी तुलसा केसी र बाँकेकी एकमाया विश्वकर्मालाई सिफारिस गरिएको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए ।
नेकपा एमालेका कुमार दशौंदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको पदावधि सकिन लागेकाले लुम्बिनी प्रदेशबाट २ सीटमा निर्वाचन हुँदैछ ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...