काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले पूजा चौधरीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उनी रौतहटकी हुन् । २०७९ मा भएको चुनावमा उनी रौतहट क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (१) मा स्वतन्त्र उम्मेदवार केशव रायसँग पराजित भएकी थिइन् ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको आइतबारको बैठकले चौधरीलाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...