काठमाडौं । अघिल्लो सेयर कारोबार दिन आइतबार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । आइतबार २६ अंकले घटेको नेप्से आज ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा कायम भएको छ ।यसदिन ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ताको किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँको कारोबार भएको छ ।
७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सिंगटी हाइड्रो पावर,मोदी इनर्जी,त्रिशूली जल विद्युत,मु्क्तिनाथ कृषि कम्पनी,नेपाल वेयरहाउस कम्पनी, हिमालयन रिइन्स्योरेन्स र तेह्रथुम पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । यसदिन नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको ५.४६ प्रतिशतले सेयर घट्यो ।
सोनापुर २१ अर्ब बढीको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो । यसैगरी माउन्टेन इनर्जीको १९ करोड,हाथवेको १६,एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १४ र नेफ्राको ११ करोड बढीको सेयर कारोबार भयो ।
कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को सूचक सकारात्मक देखिए । यसदिन म्युचुल फण्डको मूल्य भने ०.०१ प्रतिशतले घट्यो ।
२१२ कम्पनीको मूल्य बढ्दा २९ वटाको घट्यो भने ५ को स्थिर रह्यो ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...