आजदेखि दशैंका लागि नयाँ नोट बजारमा उपलब्ध – Naya Bikalpa
May 14, 2024, Tuesday

आजदेखि दशैंका लागि नयाँ नोट बजारमा उपलब्ध


काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ ।

बैङ्कले दसैंतिहारका लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा वाणिज्य र विकास बैङ्कहरूबाट सटही सुविधा उपलब्ध गराउन सुरु गरेको हो ।
पहिलो दिन ८ वटा वाणिज्य बैङ्कहरूलाई २० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गरिएको राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले जानकारी दिएका छन् ।

यस्तै विकास बैङ्कहरूलाई आजै राष्ट्र बैङ्कले करिब ३० करोड रुपैयाँ बराबरको नयाँ नोट उपलब्ध गराउनेछ । अन्य बैङ्क तथा वित्तीय संस्थाहरूलाई यसै गरी क्रमशः नयाँ नोट उपलब्ध गराउँदै जाने नेपालले रातोपाटीलाई जानकारी दिए ।

सर्वसाधारणले सिधै भने यही भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् । एक पटकमा एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिए पनि दोहोर्‍याएर साट्न आउनेलाई समेत कुनै रोक तोक नहुने नेपालले बताए ।

बैङ्कमा पर्याप्त पैसा भएकैले बजारको मागका अनुसार नयाँ नोट सटहीको सुविधा प्रदान गर्न लागिएको नेपालको भनाइ छ । यस वर्षका लागि राष्ट्र बैङ्कले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको व्यवस्था गरेको छ । तर, अपुग भए थप रकमको समेत व्यवस्था गर्न सकिने नेपालले बताए ।

सर्वसाधारणले नयाँ नोट सबै बैङ्क तथा वित्तीय संस्थासँगै राष्ट्र बैङ्कका सातै प्रदेशका शाखा कार्यालय तथा काउन्टरहरूबाट साट्न पाउनेछन् । यस वर्ष पनि बैङ्कले ५, १०, २०, ५० र १०० रुपैयाँका खुजुरा नोटका सुकिला नोट उपलब्ध गराउनेछ ।

सम्बन्धित समाचार

शंकरदेवमा क्याम्पस  प्रशासन र स्ववियूको मिलेमतोमा लाखौं अनियमितता
शंकरदेवमा क्याम्पस प्रशासन र स्ववियूको मिलेमतोमा लाखौं अनियमितता
  • २०७९ भाद्र २३, १३: ३३

काठमाडौं। काठमाडौंको मुटुमा रहेको शंकरदेव क्याम्पसमा क्याम्पस प्रमुख र स्वतन्त्र विद्यार्थी युनियनका सभापतिको मिलेमतोमा लाखौं रुपैयाँ अनियमितता गरेको खुलेको छ।...

दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
  • २०७९ भाद्र २३, १३: ३३

काठमाडौं। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रबी लामिछानेको संलग्नता रहेको गुनासो आएपछि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले माग पुरा...

संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
  • २०७९ भाद्र २३, १३: ३३

काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरे गृहमन्त्री रवी लामिछानेको राजीनामा नमाग्ने निष्कर्षमा पुगेको छ। एमाले...