नेपाली उद्योगहरु मारमा – Naya Bikalpa
May 14, 2024, Tuesday

नेपाली उद्योगहरु मारमा

काठमडौं । भारत सरकारले धान र चामलको निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएकोमा बारा र पर्सा औद्योगिक करिडोरका चामल तथा धानसम्बन्धी कारोबार गर्ने व्यवसायीले त्यसको प्रत्यक्ष मार नेपाली बजारमा पर्ने बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गर्दै भारतले हाल जारी गरेको पत्रअनुसार भन्सार दरको चामल र धान निर्यातमा २० प्रतिशत भन्सार दर कायम गरेका कारण उद्योग, उपभोक्ता र राष्ट्रको अर्थतन्त्रमा असर पर्ने बताएका छन् ।

भारतले पछिल्लो समय लिइरहेको निर्णय नेपालका उद्योग व्यवसाय, उपभोक्ता र नेपाली बजारका लागि न्यायोचित नभएको उद्योगीहरु बताउछन।

चामल उद्योगी सुरेश रुगङ्टाले चामल र धानमा लगाइएको भन्सार शुल्कले उद्योगी भन्दा प्रत्यक्ष रूपमा उपभोक्ता बढी मारमा पर्न सक्ने बताए

। अध्यक्ष गुप्ताले चामल मिल बन्द हुने अवस्थामा पुग्न सक्नेतर्फ अवगत गराउँदै यसको समाधानका लागि नेपाल सरकारले पहल गर्न आवश्यक रहेको बताए ।

नेपालले भारतबाट वार्षिक ७ ८ अर्ब बढीको चामल आयात गर्दै आएको छ । गत वर्ष मात्रै भारतबाट नेपालमा साढे ५ लाख मेट्रिकटन धान, ५ लाख २० हजार मेट्रिकटन चामल र ५० हजार मेट्रिक टन कनिका आयात गरिएको तथ्यांक छ ।

देशभर करीब २ हजार ५०० चामल उद्योग छन्, जसमध्ये आधा जति बन्द अवस्थामा छन् । रहेका उद्योगले विभिन्न कारणले शतप्रतिशत क्षमतामा चल्न सकेका छैनन् ।

नेपालका उद्योगले ४० प्रतिशत चामल उत्पादन गर्दै आएका छन् । बाँकी चामलका लागि भारतमाथि निर्भर हुनुपर्ने अवस्था रहेको उद्योगीको भनाइ छ ।

सम्बन्धित समाचार

शंकरदेवमा क्याम्पस  प्रशासन र स्ववियूको मिलेमतोमा लाखौं अनियमितता
शंकरदेवमा क्याम्पस प्रशासन र स्ववियूको मिलेमतोमा लाखौं अनियमितता
  • २०७९ भाद्र २५, ०९: २४

काठमाडौं। काठमाडौंको मुटुमा रहेको शंकरदेव क्याम्पसमा क्याम्पस प्रमुख र स्वतन्त्र विद्यार्थी युनियनका सभापतिको मिलेमतोमा लाखौं रुपैयाँ अनियमितता गरेको खुलेको छ।...

दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
दाहाल र ओलीसँगको बैठकपछि लामिछाने भन्छन् ‘पहिले मलाई बोल्न दिनुपर्छ’
  • २०७९ भाद्र २५, ०९: २४

काठमाडौं। सहकारी ठगी प्रकरणमा गृहमन्त्री रबी लामिछानेको संलग्नता रहेको गुनासो आएपछि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले माग पुरा...

संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
  • २०७९ भाद्र २५, ०९: २४

काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरे गृहमन्त्री रवी लामिछानेको राजीनामा नमाग्ने निष्कर्षमा पुगेको छ। एमाले...