क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश – Naya Bikalpa
May 16, 2024, Thursday

क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालत आदेश दिएको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेको थुनचेक बहस सकिएपछि अदालतले पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन् ।

शुक्रबार दुबै पक्षको बहस सकिएको हो । बहस सकिएसँगै अदालतले आदेश दिएको हो। आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेकी थिइन्।
गत भदौ २१ मा काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा उनीविरुद्ध नाबालिगमाथि बलात्कार गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनी २० असोजमा पक्राउ परे । जाहेरीमा सन्दीपले ती किशोरीलाई भदौ ५ गते राति होटेल काठमाडौं इनमा लगेर बलात्कार गरेको उल्लेख थियो ।

होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११ः५५ बजे होटेल प्रवेश गरेको पुष्टि भयो । बिहान ६ः४५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको थियो ।

सम्बन्धित समाचार

ओलीलाई देउवाको प्रश्न– गिरिबन्धु टिस्टेटका वारे आफू निर्णय गर्दै दोष कांग्रेसलाई किन?
ओलीलाई देउवाको प्रश्न– गिरिबन्धु टिस्टेटका वारे आफू निर्णय गर्दै दोष कांग्रेसलाई किन?
  • २०७९ कार्तिक १८, १५: २०

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टि–इस्टेटको जग्गाको सट्टाभर्ना नेपाली कांग्रेसको सरकारको पालामा नभएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी...

रबीलाई बोल्न दिने प्रधानमन्त्रीको प्रस्तावमाथि कांग्रेस नेताहरु छलफलमा
रबीलाई बोल्न दिने प्रधानमन्त्रीको प्रस्तावमाथि कांग्रेस नेताहरु छलफलमा
  • २०७९ कार्तिक १८, १५: २०

काठमाडौं। उपप्रधानमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गर्दै संसद अबरुद्ध गर्दैै आएको नेपाली कांग्रेसले लामिछानेलाई...

सहकारी वैंकका अध्यक्ष उप्रेती रहेको हाम्रो सहकारी कार्यालयमा आगलागी
सहकारी वैंकका अध्यक्ष उप्रेती रहेको हाम्रो सहकारी कार्यालयमा आगलागी
  • २०७९ कार्तिक १८, १५: २०

काठमाडौं। राष्ट्रिय सहकारी वैंकको अध्यक्ष समेत अध्यक्ष भएको हाम्रो वहुउद्देश्यीय सहकारी संस्थाको ललितपुर कुपन्डोलस्थित एक सहकारीमा आगलागी भएको छ। तत्कालीन...