प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदै – Naya Bikalpa
May 16, 2024, Thursday

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदै

काठमाण्डौ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । समूह ‘ए’ का त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र मधेस प्रदेशबीच खेल हुनेछ । आर्मी र कर्णालीको खेल मूलपानी मैदानमा तथा पुलिस र मधेस प्रदेशको खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुने बताइएको छ ।

समूह ‘ए’ बाट एपिएफ ४ खेलमा ७ अङ्कका साथ सेमिफाइनलमा पुगेको छ । यो समूहमा गण्डकी ४ खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ । आर्मी ३ खेलमा ४ अङ्कका साथ तेस्रो स्थानमा छ भने आज आर्मीले कर्णालीलाई हराउन सके सेमिफाइनलमा पुग्नेछ । हारेमा गण्डकी प्रदेश सेमिफाइनलमा पुग्नेछ ।

समूह ‘बी’ मा नेपाल पुलिस क्लब ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थान उक्लिएको छ । पुलिस एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । आजको खेलले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ । मधेस ३ खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ भने उ पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

सम्बन्धित समाचार

अदालतले सफाई दिएसँगै क्यानले गर्यो सन्दीपलाई फुकुवा
अदालतले सफाई दिएसँगै क्यानले गर्यो सन्दीपलाई फुकुवा
  • २०७९ कार्तिक २२, ०८: १२

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ...

पेट्रोलको मुल्य लिटरमै ७ रुपैयाँले घट्यो
पेट्रोलको मुल्य लिटरमै ७ रुपैयाँले घट्यो
  • २०७९ कार्तिक २२, ०८: १२

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले...

क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट पाए बलात्कार मुद्धामा सफाई
क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट पाए बलात्कार मुद्धामा सफाई
  • २०७९ कार्तिक २२, ०८: १२

काठमाडौं। नेपालका प्रसिद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएको छन्। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...