रारा क्षेत्रमा रिसोर्टका लागि अष्ट्रेलियन लगानी भित्रियो – Naya Bikalpa
May 16, 2024, Thursday

रारा क्षेत्रमा रिसोर्टका लागि अष्ट्रेलियन लगानी भित्रियो

काठमाडौं। मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ ।

आइतबारबाट सुरूभएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो ।

लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडकाका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरे ।

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा करिब ४० करोड बराबर लगानी गरिने शाहले जानकारी दिए ।

डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनिसकेको शाहले बताए ।

सम्बन्धित समाचार

शेखर कोइराला भन्छन्– ओली संसद विघटन गर्ने वाटो खोज्दैछन्
शेखर कोइराला भन्छन्– ओली संसद विघटन गर्ने वाटो खोज्दैछन्
  • २०८१ बैशाख १७, १६: ०७

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभालाई विघटनको स्थितिमा पु¥याउन खोजेको आरोप लगाएका छन्।...

प्रधानमन्त्रीसँग टेलीफोनमा कुरा गरेपछि प्रतिनिधिसभाको बैठक ५ घण्टा सारे सभामुखले
प्रधानमन्त्रीसँग टेलीफोनमा कुरा गरेपछि प्रतिनिधिसभाको बैठक ५ घण्टा सारे सभामुखले
  • २०८१ बैशाख १७, १६: ०७

  काठमाडौं। प्रतिनिधि सभाको विहीबार विहान ११ बजे बस्ने भनिएको बैठक पाँच घण्टापछि अर्थात अपराह्न चार बजेका लागि सारिएको छ।...

सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन नेकपा एसको माग
सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन नेकपा एसको माग
  • २०८१ बैशाख १७, १६: ०७

काठमाडौं। नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ। नेकपा एसको आठौं केन्द्रीय...